Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए । स्वाइन फ्लुका बिरामी हेर्न डराउँछन् स्वास्थ्यकर्मी स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचार गर्न डराउन थालेका छन् । त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वाइन फ्लुविरुद्धको भ्याक्सिन (भ्याक्सिन ग्रिप) लगाइएको छैन, जब कि १० भन्दा बढी ‘इनफ्लुएन्जा…

Read More

पोखरा : नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ। नेपालले इनर्जी बैंकिङ र सीमापार विद्युत् व्यापारसम्बन्धी विषय प्रमुखताका साथ उठाएको थियो। दुवै सम्झौतामा बिहीबार सहमति हुने भएको छ। ऊर्जा, सिंचाइ तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरेले नेपालले उठाएका प्रमुख मुद्दामा भारत सहमत भएको र बिहीबार हुने सचिवस्तरीय बैठकले अन्तिम टुंगो लगाउने बताए। घिमिरेका समकक्षी तथा भारतीय विद्युत् सचिव अजय भिल्लले पनि उक्त कुरालाई पुष्टि गरे। भारतीय विद्युत् सचिव भिल्लले आफ्नो देशको उद्देश्य नेपालसित भारतीय विद्युत् प्रसारण लाइनलाई एकाकार गराउनु रहेको बताए। ‘नेपाल–भारतको ग्रीड सिन्क्रोनाइसन (आबद्ध) गर्नु अहिलेको मुख्य कार्य हो,’ सचिव…

Read More

जनकपुरधाम : प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन्। छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो। त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि सारेको छ। यो कार्यक्रम सुरु भइसकेको मन्त्रिपरिषद् कार्यालयका सचिव टिकामणि न्यौपानेले जानकारी दिए। ६ वटा बैंक तथा २ वटा बिमा कम्पनीले प्रस्ताव हालेका…

Read More

हेटौँडा: गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो । इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी एक हजार ७०० शत्रु मारिएको दिन हो । २५६ वर्षअघि भएको सो युद्ध नै नेपाल(गोरखा)को विदेशीबीच भएको युद्ध हो । माघ १० गते बिहीबार विजयोत्सव मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पटकको विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निम्तो दिइएको छ । मकवानपुरगढी देशका सय पर्यटकीय…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोदन गाउँपालिकाको कार्यालयमा प्राविधिक शाखामा कार्यरत दुई प्राविधिक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इञ्जिनीयर कपिल अर्याल र सबइञ्जिनीयर लक्ष्मण ढुङ्गानाले एक सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिने भन्दै रु ८० हजार घुस लिएको आयोगले आरोप लगाएको छ । उनीहरुलाई घुस लिँदालिँदै पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुलाई बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले आजै हेटौँडा उपमहानगरपालिका–४ का अब्दुल्ला देवान र बाँके कोहलपुरका नवराज थापाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले…

Read More

सोलुखुम्बु: हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ । आज रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ । आज सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन । दर्जनाँै जीप तथा मालवाहक…

Read More

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ । प्रदेश कार्यालय स्थापना भएपछिको आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास गर्नुभयो । सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन कर्मचारीलाई अनुरोध गर्दै मुख्यमन्त्री पौडेलले असन्तोषका कुरा सुन्न नपर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । पौडेलले कार्यलयलाई थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने तथा आगामी दिनमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस…

Read More

काठमाडौँ : प्रविधिको विकाससँगै समयसापेक्ष भन्सार व्यवस्थालाई सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ६७औँ भन्सार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘भन्सार सहजीकरण, वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानामा हुने चोरी पैठारीलाई व्यवस्थित गर्नुपर्ने सुझाउनुभएको हो । विभागका महानिर्देशक तोयम रायाले दक्ष जनशक्तिका साथै प्रविधिको व्यवस्थापन गरी भन्सार व्यवस्थापनमा देखिएका चुनौती समाधान गरिने र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । विभागका निर्देशक मुक्तराम आचार्यले भन्सार जाँचपासमा जोखिम व्यवस्थापन गर्नका लागि भइरहेका प्रयासबारे जानकारी गराए । महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायीलाई भन्सार छुटाउन विभिन्न प्रकारका समस्या आउने गरेकाले त्यसलाई सहज…

Read More

काठमाडौँ: वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन…

Read More

खलङ्गा: जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ । हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको छ । सडकमा हिउँ जमेपछि कर्णाली राजमार्ग तथा नाग्म रारा सडकमा यातायात सेवा बन्द भएको छ । चिसो बढेकाले सर्वसाधारण घरभित्र आगोको साहारमा रहेको चन्दनाथ नगरपालिका एकका बासिन्दा रामप्रसाद नेपालीले बताए । जुम्ला–सुर्खेत, नेपालगञ्ज हवाई उडान मौसमका कारण अवरुद्ध छ । मङ्गलबारदेखि हवाई उडान नभएको सीता एयरका कर्मचारी अशेष भण्डारीले बताए । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।…

Read More