Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन् । प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी/कामदारहरुको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए । उनकाअनुसार राहतको…

Read More

काठमाडौँ । देशभरका प्रमुख नदीमा हाल पानीको बहाब सतर्कता तहभन्दा तल रहे पनि वर्षा जारी रहेकाले बहाब बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित तिनका सहायक नदी तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल छ। तर विभिन्न स्थानमा भइरहेको वर्षाका कारण यी नदीमा पानीको सतह क्रमशः बढ्न सक्ने अनुमान गरिएको छ। यसैगरी, कोसीदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाब उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप,…

Read More

काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधार पुनर्निर्माणलाई तीव्रता दिइएसँगै धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने रसुवाका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी आएको भोलिपल्टदेखि नै पुनःविद्युतीकरणको काम अघि बढाएको थियो। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। नुवाकोटका सम्पूर्ण क्षेत्रमा भदौ २४ गतेसम्म विद्युत् सेवा सुचारु गरिएको थियो भने धादिङमा त्यसअघि नै विद्युत् आपूर्ति पुनःस्थापित गरिएको थियो। बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा भने करिब ९० प्रतिशत…

Read More

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४०७ जनाको शव फेला परेको छ भने काठमाडौँमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । ती शवलाई पहिचान प्रक्रिया पूरा…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकोनेतृत्वमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक आज बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्न लागेको रास्वपा प्रवक्ता जगदीश खरेलले बताएका छन् । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले जानकारी सदिए ।

Read More

काठमाडौंः नेपाल ट्रक यातायात व्यवसायी महासंघको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे जानकारी गराएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ, महासचिव बद्रीप्रसाद चौलागाईं, नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटालगायतको टोलीले सोमबार पूर्वाधार विकास मन्त्रालयमा मन्त्री लम्सालसँग भेट गरेको हो। भेटका क्रममा ढुवानी व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष विश्वनाथ खनाल, वरिष्ठ उपाध्यक्ष तथा नेपाल सडक बोर्डका नवनियुक्त सदस्य अरुण श्रेष्ठलगायतको पनि उपस्थिति थियो। भदौ १० गते रसुवाको टिमुरेमा आएको भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी गराउँदै महासंघले बाढीपछि विभिन्न निकायसँग समन्वय…

Read More

काठमाडौँ: सरकारले अर्थतन्त्रमा देखिएको शिथिलता र भोटेकोशी बाढीबाट भएको ठूलो भौतिक तथा मानवीय क्षतिका कारण थप दबाबमा परेको अर्थतन्त्र तथा पुँजी बजारलाई चलायमान बनाउन २१ बुँदे तत्कालीन सुधार तथा पुनरुत्थान कार्ययोजना घोषणा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधार, संस्थागत लगानी विस्तार, ऋणपत्र बजार विकास, मार्जिन कारोबार, गैरआवासीय नेपालीको सहभागिता, कर सुधार तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनालगायतका विषय समेटिएका छन् । सरकारले बजारमुखी मूल्य प्रणालीमा आधारित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) व्यवस्था लागू गर्न क्षेत्रगत योग्यता, मूल्य अन्वेषण र शेयर बाँडफाँट प्रणालीमा सुधार गर्ने भएको छ । जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा…

Read More

काठमाडौं: बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो। नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो। सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गत २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक–मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ।…

Read More

काठमाडौँ: एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको छ । सम्पन्न यस कार्यबाट विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भएको अनुरोध बमोजिम एमसिए–नेपालले विद्युुत् प्रसारण लाइनको यस १८ किमि खण्डको निर्माण कार्यलाई तीव्रता प्रदान गरेको थियो र निर्धारित समयसीमाभित्रै उक्त कार्य सम्पन्न गरेको छ । प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित न्यू बुटवल सबस्टेसनमा आज…

Read More

काठमाडौं: आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाडौंमा हुन लागेको सिजी प्रपर्टी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पोले सुलभ मूल्यदेखि भारी छुटसम्मका विकल्प अघि सारेको छ । एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र ५ हजार १ मै टोकन बैना गर्न सकिने अफर सार्वजनिक गरिएको छ । काठमाडौं नजिकै तीन बेडरुम सहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिँदैछ । असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी डेभलपर्सहरूले घर तथा जग्गा खरिदलाई सहज बनाउन विभिन्न सुविधा अघि सारेका हुन् । एक्स्पो…

Read More