Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विश्वभर हवाई यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यात्रु सङ्ख्या बढेसँगै यसका चुनौती पनि चुलिदै गएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०१७ मा विश्वव्यापी नियमित उडानका यात्रु आवागमन अघिल्लो वर्षको तुलनामा सात दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । हवाई ट्राफिक आवागमनका दृष्टिले एशिया प्रशान्त क्षेत्र विश्वकै सर्वाधिक हवाई यात्रु आवागमन हुने क्षेत्रमा परेको छ । जसले कूल हवाई ट्राफिकको ३४ प्रतिशत अंश ओगटेको छ । त्यस्तै हवाई ट्राफिक वृद्धिका दृष्टिले यस क्षेत्रमा सन् २०१६ को तुलनामा सन् २०१७ मा सर्वाधिक अर्थात १० दशमलव ७ प्रतिशत वृद्धि भएको छ । नेपालमा पनि…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले आगामी दश दिनभित्र एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने गरी प्रतिवेदन दिन कार्यदललाई संयुक्त रुपमा निर्देशन दिनुभयो । कार्यदलले केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला कमिटीका अध्यक्ष एवम् सचिवको चयन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति र जनवर्गीय सङ्गठनको एकताका विषयमा सुझाव दिनेछ । यस्तै प्रदेश कमिटी गठन गर्दा देखिएका केही असन्तुष्टिलाई समेत सम्बोधन गर्न कार्यदललाई जिम्मा दिइएको छ । नेकपाको हालै सम्पन्न स्थायी समितिको बैठकले…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाहीस्वरुप जरिवाना गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो । लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरी धितोपत्रसम्बन्धी ऐनको व्यवस्था उल्लङ्घन गरेकाले जरिवाना गरिएको बोर्डको भनाइ छ । प्रवक्ता गिरीका अनुसार एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल लिमिटेडलाई रु ३५ हजार र एनआईसी एशिया क्यापिटललाई रु २५ हजार जरिवाना गरिएको…

Read More

काठमाडौँ:  नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा त्यसबाट २२३ भन्दाबढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका छन् । आज सार्वजनिक गरिएको मिडिया प्रतिवेदनअनुसार सन् २०१३ मा ५९, २०१४ मा २७, २०१५ मा ८३, २०१६ मा २५ र २०१७ मा ६७ घटना भएका थिए । प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बढेर जानुमा पत्रकारविरुद्ध हुने हिंसासम्बन्धी दण्डहीनता कायममै रहनु, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कानून तथा नीति बन्नु, पत्रकारमाथि हातोत्साह, आधारहिन आरोप, स्वस्थ आलोचनामाथि प्रहार, मिडिया नीति तथा कानून…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक फरक रसिद भेटिएको छ । बस्नेतले काटेको रसिद नम्बर २१९७४ विसं २०७३ असार २६ र विसं २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले…

Read More

काठमाडौँ: साताको दोस्रो कारोवारको दिन सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ अंकले घटेर एक हजार १८७ दशमलव २८ अंकमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ अंकले घटेर २५२ दशमलब १७ अंकमा झरेको छ । आइतबार नेप्से १० दशमलव ६२ अंकले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा पुगेको थियो । आज कूल १६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड ३ लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भएका छन् । आइतबार नेप्सेमा…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६७४ रहेको छ । स्टकमा आजै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २१७ रहेको छ । पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १५९ मा मूल्य समायोजन भएको…

Read More

काठमाडौँ: सरकारले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने अठोट व्यक्त गरेपनि भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा ल्याउन नसक्दा कृषि क्षेत्रमा आशालाग्दो प्रगति हुनसकेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तीन वर्ष अघि जारी गरेको भू–उपयोग नीतिमा खेतीयोग्य र गैरखेतीयोग्य जमीनको वर्गीकरणलाई कार्यान्वयन गर्न नसक्दा कृषिमाथिको परनिर्भरता बढेको हो । सरकारले २०६९ को भू–उपयोग नीतिलाई पुनरावलोकन गरी भू–उपयोग नीति २०७२ तर्जुमा गरेको भए पनि कार्यान्वयनमा भने आएको देखिँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नयाँ ऐन बनाउनुका साथै पुराना नीति, कार्यविधि, ऐन र नियमलाई पटक/पटक संशोधनसमेत गरेको पाइन्छ बढ्दो जनसङ्ख्या, आन्तरिक बसाइँसराइ अव्यवस्थित र बढ्दो शहरीकरणले कृषियोग्य र सार्वजनिक जग्गा…

Read More

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिए । दुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटना राति ११.२५ बजे भएको हो ।

Read More

काठमाडौँ: सरकारले जनकपुर–जयनगर-कुर्थामा आफ्नै रेल सञ्चालनमा ल्याउने भएको छ । सरकारले नेपालको झन्डा हालेर प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर लामो रेलवे स्टेशनमा आफ्नै रेल गाडी संचालन गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । उनले भने- “हामी केहीमहिना भित्रै जयनगर–कुर्थामा आफ्नै रेल सेवा संचालन गर्ने छौ जसकालागि भारतबाट दुईवटा रेल खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ ।” भारत सरकारले रेलको मूल्य पठाइसकेको बताउदै भारत सरकारले पठाएको मूल्य हामीले अनुमान गरेको मूल्यसंग लगभग मिलेको उनले बताए । भारतले कहिलेसम्म हामीलाई रेल उपलब्ध गराउने र मूल्य कति हुने भन्ने निर्णय पुष २६ गते सम्ममा हुने मन्त्री महासेठले बताए…

Read More