Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

गाईघाट: गाईघाट उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई तीन करोड रुपैयाँ मूल्यको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्र्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ । आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गरेको तर पनि ट्र्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताए । आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान शुरु गरेको छ…

Read More

काठमाडौं : एउटा मिनी क्यासिनोमा शनिबार साँझ जुवा खेलिरहेको अवस्थामा प्रहरीले १३ जना नेपालीलाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौँको ज्याठास्थित चिनियाँ नागरिक फाङको लगानीमा सञ्चालित मिनी क्यासिनोबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीकी प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन्। उनीहरु सबैलाई सुनिल लामाको नाममा दर्ता भएको मिनी क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले एक लाख १९ हजार ८ सय रूपैयाँ, भारू २ हजार ५ सय र २ थान जुवा खेल्ने मेसिनको डिस्प्लेसहित पक्राउ गरेको हो। क्यासिनोमा नेपालीलाई प्रवेश र जुवा खेलाउन निषेध गरिएको छ। क्यासिनो नियमावली २०७० मा नेपालीलाई जुवा खेल्न खेलाउन निषेध गरिएको हो। तर…

Read More

काठमाडौं : भारतले यही पुस ३ गतेदेखि लागू गरेको ‘विद्युत् आयात–निर्यात (सीमापार) सम्बन्धी निर्देशका, २०१८’ मा पहिलेका सबैखाले अंकुश हटाएकाले नेपालको जलविद्युत्को अन्तर्राष्ट्रिय बजार खुलेको छ। यसबाट नेपालमा उत्पादन हुने बिजुली भारतलगायत अन्य मुलुकमा निर्वाध निर्यात हुने बाटो खुलेको छ। भारतीय विद्युत् मन्त्रालयले नयाँ निर्देशका लागू गरी सोही दिन (डिसेम्बर १८) बाट कार्यान्वयन गर्न भारतका १६ वटा निकायहरुलाई निर्देशनात्मक पत्राचार गरेको छ। भारतले सन् २०१६, डिसेम्बर ५ तारिखका दिन लागू गरेको पुरानो निर्देशिकामा भारतीय कम्पनीका शत प्रतिशत वा न्यूनतम ५१ प्रतिशत शेयर लगानी भएका कम्पनीले उत्पादन गरेको बिजुली मात्र आप्mनो देशमा ल्याउन (आयात) पाउने प्रावधान राखेको थियो। यो प्रावधानले भारतीय…

Read More

बेत्रावती: नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ । पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरीदका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता कार्य सम्पन्न भएको हो । दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत् आठ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत् चार रुपैयाँ ४० पैसामा खरीद गर्ने आयोजनाको प्रवद्र्धक पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्पmबाट योजना, अनुगमन तथा सूचना…

Read More

काठमाडौँ: खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको छाता संगठनको हैसियतमा विधिवत रुपमा ‘वास मिडिया फोरम नेपाल’ को सोमबार एक कार्यक्रमबीच सार्वजनिकररण गरिएको छ। खानेपानी, सरसफाइ, र स्वच्छता र यस क्षेत्रका सम्पूर्ण समस्याको पहिचान र मिडिया पैरवी गर्ने उद्धेश्यका साथ गठित यस फोरमको खानेपानी मन्त्री विना मगरले एक कार्यक्रमकाबीच उद्धघाटन गरेकी हुन्। फोरमको सार्वजनिकीकरण कार्यक्रमसंगै ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य ६’ माथि आधारित रहेर यसले राजधानीमा आज आफ्नो पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। फोरमको सार्वजनिकीकरण गर्दै खानेपानी मन्त्री मगरले सम्पन्न हुन मुखैमा आइसकेको मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्न सरकार संयमित ढंगले अघि…

Read More

काठमाडौँ : नेपाली काङ्ग्रसले लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलसँगै विपक्षी दलको स्थान र भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले दुई तिहाइ बहुमतको आडमा विपक्षी दलको भूमिकालाई गौण गर्न खोजेको आरोप लगाएको छ । आज यहाँ सम्पन्न काङ्ग्रेसको महासमिति बैठकले समसामयिक प्रस्ताव पारित गर्दै सरकारले प्रमुख विपक्षी र अन्य दलले उठाएका राष्ट्रिय जन–सरोकारका विषय र कानूनी व्यवस्थाका प्रावधान पालन गर्न उठाइएका विषयलाई उपेक्षा गरेको जनाएको छ । काङ्ग्रेसले धर्म प्रचारमा संलग्न विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सम्मेलनमा सरकारको सहभागिता र सहयोगमा सम्पन्न गरिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ । बैठकले सरकारले मुखैमा आएको संसद्को बैठक छलेर कर्मचारी समायोजन अध्यादेश…

Read More

कारिता, इन्डोनेसिया: ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो । नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो । “दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या…

Read More

काठमाडौँ : काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले स्ववियू कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिए । बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको छ । करीब एक घण्टा आगलागी भए पनि कलेज बन्द भएका कारण क्षतिको विवरण आउन सकेको छैन ।

Read More

विराटनगर: सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर३८एच ६१४२ नंको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । हुण्डिमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरिएको छ । उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजश्व…

Read More

काठमाडौँ: उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ भाग्न खोजेको उल्लेख गदै धरौटीको रकम जफत गर्ने सरकारको निर्णयमा रोक लगाउन अल्पकालीन अन्तरिम आदेश बुधबारसम्मलाई निरन्तरता दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कृष्णबहादुर थापाको संयुक्त वाणिज्य इजलासले आज सो सिएमसीका तर्फबाट दायर भएको रिट निवेदनमाथि दुवैतर्फको बहस नसकिएकाले बुधबारसम्मका लागि धरौटी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनले सो विषयमा यही पुस ५ गते पहिलो चरणको सुनुवाइ गरी आजसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालका…

Read More