Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
मेलम्ची : नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताए । काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले…
मेलम्ची : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।
काठमाडौँ: सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ । काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । त्यस्तो चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो । सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका…
काठमाडौँ: शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । उनका aअनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ । उहाँले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताए । सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताउनुभयो । आयोगले पुनःयोगबारे…
काठमाडौँ: मध्यभोटेकोसी जलविद्युत् कम्पनीले दुई चरणमा निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर निष्कासन गरेको थियो । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म शेयर पाएका छन् । पचासदेखि ९० कित्ता माग गर्ने २४ हजार ८६६ सञ्चयकर्ताले माग अनुसारको शेयर प्राप्त गरेका छन् भने १०० देखि ५०० कित्ता माग गर्ने एक लाख १४ हजार ९१२ सञ्चयकर्ता सबैलाई ९० कित्ता र चार हजार ५४३ सञ्चयकर्तालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्तासहित १०० कित्ता शेयर…
काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले राससलाई जानकारी दिनुभयो । “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, श्रीमती गिरीले भन्नुभयो । पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुग्नुभएको थियो । विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री…
काठमाडौँ: नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुबेदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिएयेका छन्। खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हाल्नुभएका थिए। आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए । उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन: सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए ।
काठमाडौँ: काठमाडौँको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकरी दिए। उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको उनले जानकारी दिए। छोरा छोरीको पहिचान भने खुलेको छैन । ब्रोइलर कुखुराको चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसास्सिएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: शेयर बजार ओरालो लाग्ने क्रम आजपनि जारी रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ४६ अंकले घटेर एक हजार १६२ दशमलव ७० अंकमा झरेको छ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार १४ दशमलव ६१ अंकले घटेको थियो । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ अंकले घटेर २४७ दशमलव ३३ अंकमा पुगेको छ । आजको कारोवारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३६ दशमलब ५६ अंकले र बाणिज्य बैंक ८ दशमलब ६५ अंकले घटेका छन् । त्यसैगरी, होटल ५ दशमलब ५४ अंकले, लघुवित्त ५ दशमलब ९३…
काठमाडौँ: ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १ गते बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरी आज नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ । बैंकले यही पुस २७ गते साधारणसभा बोलाएको…