Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाललगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी हुनुहुन्थ्यो । टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँड, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकारलगायत २५ जना सामेल थिए । काठमाडौँबाट…

Read More

काठमाडौं: ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ । त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो । खेलमा रवि इन्दर सिंह र शरद भेषावकरको विकेट खेलको टर्निङ्ग प्वाइन्ट रहृयो । १५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो । तर, १६ औं ओभरको पहिलो बलमै पवन…

Read More

लमही: तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द हुने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र बिद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख ब्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको आज बसेको बैठकले आइतबार बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । दुर्घटनामा परि बिद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा एकदिन बिद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज बिश्वकर्माले जानकारी दिनुभयो । बैठकले यस क्षेत्रका निजि, सामुदायिक तथा प्राबिधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । दुर्घटना प्रति एन प्याव्सन दाङले शोक वक्तव्य जारी गर्दै शिक्षा…

Read More

दाङ: जिल्लाको टरिगाउँ विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय (टर्मिनल भवन) बन्ने भएको छ । भवन निर्माणका लागि प्रक्रियासमेत अगाडि बढाइसकिएको नागरिक उड्डयन प्राधिकरण दाङ शाखाले जनाएको हो । ६० लाख रुपैयाँको लागतमा टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले टेण्डर आह्वान गरेको र उक्त भवनमा शौचालय, यात्रुकक्ष, सुरक्षाकक्षलगायत रहने जनाइएको छ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । विमान सेवा निरन्तर सञ्चालन भएको र उक्त भवन पुरानो भएका कारण यात्रुलाई असहज हुँदै आएको थियो। भवन निर्माणका लागि टेण्डर आह्वान हुनाले विमानस्थल नियमित सञ्चालनमा आउने सङ्केत मिलेको उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले बताए ।विमानस्थलमा…

Read More

काठमाडौं : नेपाल आइडल सिजन-२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् । अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक…

Read More

दाङ: तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने बताइएको छ । सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएकोे थियो । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी,…

Read More

काठमाडौँ :नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले सङ्घीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति रहने मस्यौदा पारित गरेको हो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने निर्णय भएको उनले बताए । आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् । केन्द्रीय कार्यसमिति सङ्ख्या यसअघिको सहमतिअनुसार १६१ रहने वा…

Read More

काठमाडौँ: मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सिएमसीको धरौटी रकम रोक्का नगर्न सरकारलाई अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार उच्च अदालत पाटकमा मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशले धरौटी जफत नगर्न अल्पकालीन आदेश दिएका हुन् । यसअघि काम सम्पन्न नगरी ठेकेदार क्रम्पनी भाग्न खोजेपछि सरकारले सिएमसीका केही कर्मचारीलाई पक्राउ गरी धरौटी जफत गर्ने निर्णय गरेको थियो । सरकारले धरौटी जफत गर्ने निर्णय गरेलगत्तै सिएमसीका तर्फबाट उच्च अदालत पाटनमा सरकारको निर्णयविरुद्ध निषेधाज्ञाको आदेश माग्दै रिट परेको थियो । खानेपानी मन्त्री विना मगरले बिहीबार संसदको अर्थ समितिको बैठकमा इटालियन ठेकेदारले काम छाडे पनि धरौटी रकम रोक्का गरेकाले आर्थिक रुपमा घाटा नलाग्ने प्रतिक्रिया दिएकी…

Read More

काठमाडौँ : निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। यो वर्षको बजेटसँगै आएको आर्थिक ऐनमा इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क लगाउने नीति ल्याएपछि सोही शुल्क उपभोक्ताबाट उठाउने निष्कर्षमा पुगेको सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले जानकारी दिएको छ। यसअघि साउन १ गतेदेखि नै सरकारले थप गरेको शुल्क उपभोक्ताबाट उठाउने र त्यसको लागि मूल्य बढाउने निर्णय गरेका उनीहरुले सरकारसँगको सम्झौतासँगै पछि हटेका थिए। तर सरकारले त्यतिबेला भएका सम्झौता पुरा नगरेकोले यही पुष १५ देखि मूल्य बढाउने निर्णय गरिएको आइस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिए। ४ महिना बितिसक्दा पनि सरकारले गठन गरेको…

Read More

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको दोस्रो चरणको पुल निर्माण तथा सुधार कार्यक्रममा मन्त्री महासेठले यसअघि निर्माण भएका पुलको गुणस्तरीय नहुनुको मुख्य कारण निर्माण सकेपछि अन्तिम चरणमा मात्र गरिने अनुगमन रहेको भन्दै त्यसलाई सच्याइने बताए । पुल निर्माणको लागि जिम्मा लिएको कम्पनीलाई आफ्नो कामप्रति जिम्मेवार भएर प्रभावकारी रुपमा लागि पर्न मन्त्रीले निर्देशन दिए । मन्त्रालयका सचिव मधुसुधन अधिकारीले निर्माण गर्ने इञ्जिनीयरलाई निर्माणसम्बन्धी तालीम दिएर अब निर्माण हुने पुल लामो समयसम्म सञ्चालन गर्न सकिने गरी दिगो बनाउनुपर्ने बताए…

Read More