Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :  भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक भएको छ । भारतमा यही फागुन २३ र २४ गते भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग लिई स्वदेश फर्कनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भारतका केन्द्रीय नागरिक उड्ययन, आवास तथा शहरी मामिलामन्त्री हरदीपसिंह पुरीसँगको भेटसँगै भारतीय मन्त्रीले नेपालमा औषधि खुला गर्न आफ्ना सचिवलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो । नेपालमा आवश्यक औषधि र औषधिजन्य वस्तु ७० प्रतिशत विदेशबाट आयात हुने गरेकामा त्यसको ९० प्रतिशत भारतबाट मात्र आयात हुन्छ । “नेपाललाई छुट्टै नीति बनाएर काम गर्न हामीले आग्रह ग¥यौँ, उहाँ सकारात्मक हुनुभयो”, राज्यमन्त्री दुगडले आज आफ्नो कार्यकक्षमा पत्रकारमाझ…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सार्कप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै उहाँले १९औँ शिखर सम्मेलन यथाशीघ्र होस् भन्ने नेपालको चाहना रहेको र सार्कको वर्तमान अध्यक्षका नाताले शीघ्रातीशीघ्र उक्त सम्मेलन आयोजना गर्ने वातावरण तयार गर्न नेपालले सदस्य राष्ट्रसँग परामर्श गरिरहेको जानकारी उहाँले दिनुभयो । सार्क क्षेत्रका साझा चुनौतीबाट पार…

Read More

जुम्ला: कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालीकोट, मुगु र जुम्लामा शैक्षित्र सत्र शुरु भएको तेस्रो सातासम्म विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरिएको छ । नेपालको संविधानको धारा ४६÷१४४ (१) (२) बमोजिम परमादेशको आदेश जारी गरी पाऊँ भनी रिट दायर गरिएको छ । साबिकको कर्णाली अञ्चलका जिल्लामा शैक्षिक सत्र शुरु भइसक्दा पनि पाठ्यपुस्तक नपुगेको समाचार मूलधारका राष्ट्रिय पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले अदालतमा नेपालको संविधानबमोजिम ‘परमादेशको आदेश जारी गरी पाऊँ’ भनी रिट दायर गरेको हो । इन्सेकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँ, शिक्षा तथा मानव…

Read More

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताउनुभएको छ । यहाँ आज आयोजित राष्ट्रिय प्रजातन्त्र पार्र्टी र राष्ट्रिय प्रजातन्त्र पार्र्टी (संयुक्त) को एकता घोषणा सभामा उहाँले देशभरका कार्यकर्ताले एक हुन आह्वान गरेका कारण पार्टी एक भएको उल्लेख गर्नुभयो । जनताले कम्युनिष्ट र काँग्रेसको विकल्प खोजेको छ भन्दै अध्यक्ष राणाले दुवै पार्टीले गर्न नसकेका काम राप्रपाले गरेर देखाउने बताउनुभयो । “राप्रपा एक हुनुपर्छ भन्ने आग्रह, सुझाव र माग थियो”, उहाँले भन्नुभयो, “जनताको माग सम्बोधन गर्न हामी एक हुन बाध्य भयौँ ।” पार्टी एक भएर मात्र नपुग्ने र यसका लागि जनताको…

Read More

भक्तपुर: पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । प्रहरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद…

Read More

हेटौँडा: वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा अर्जुन सापकोटाले बताउनुभएको छ । उहाँका अनुसार, ती अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको जानकारी दिनुभयो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनबमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, थाहा नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी,…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सो सम्बन्धी प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ । ‘‘अहिले बजारमा त्रिविकै नक्कली…

Read More

काठमाडौँ : गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्रवाह गर्ने सेवा चुस्त बनाउन निर्देशन दिनुभएको छ । अस्पतालको निरीक्षण पश्चात आज आयोजित कार्यक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाइ थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकाले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो । प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिकको आशाको केन्द्र भएकाले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद् गर्न नहुनेमा उहाँको जोड थियो । अस्पतालमा प्रयोगशालाको गुणस्तरीयता बढाउने, बेड सङ्ख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालन गर्नेलगायत कार्यका लागि मन्त्रालयले…

Read More

काठमाडौँ: सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ । पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको छ । कामपाले बु्रमर सञ्चालन गरेको एक वर्ष हँुदासम्म महानगरको सडकमा धुलो कम भएको छैन । बाहिरी ठूला सडकमा केही कम भए पनि भित्री सडकमा एकपटक पनि उक्त यन्त्र पुगेको छैन । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाहिरी सडकमा सहजरूपमा ब्रुमर सञ्चालन गर्ने अवस्था रहेको भए पनि भित्री सडकमा अझै…

Read More

काठमाडौँ: ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गरिहेको बेला यातायात ब्यवस्था विभागले अन्य प्रयोजनका सवारीले भाडाको यात्रु बोक्न नपाउने स्पष्ट पारेको छ। विभागले कानुनको उल्लंघन गरी अन्य प्रयोजनमा दर्ता भएका सवारीले भाडाका यात्रु बोके कारवाही हुने भन्दै सूचना प्रकाशित गरेको छ। कानुन विपरित सेवा प्रवाह गरेको भन्दै ट्याक्सीचालकहरु टुटल र पठाओलाई भाडाका यात्रु बोक्न नदिन बुधबार विभाग घेराउ गर्न पुगेका थिए। बुधबार विभागले जारी गरेको सूचनामा अन्य प्रयोजनमा दर्ता भएका सवारीसाधनले भाडा लिएर यात्रु ओसार्ने काम तत्काल बन्द गर्न भनेको छ । सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को…

Read More