Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । २४९ रन बनाएपनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो । उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार गरे । इल्यास र कप्तान जिसान मक्सुदले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरेपछि ओमानको जित सहज बनेको हो । दुई पटक जिवनदान पाएका अकिब इल्यासले अविजित १०९ रन बनाए । उनलाई २५औं ओभरको पाँचौ बलमा आरिफ शेख र ३३औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले क्याच छाडेका…
इनरुवा: नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी र बोटिङ गर्नका लागि एक हजारभन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताइएको छ । गाउँपालिकाले ५० हजारदेखि एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको सो महोत्सवले उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले बताए । भ्रमण वर्षमा सङ्घीय सरकारले २० लाख र प्रदेश नं…
चितवन: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे । नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए । यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ थियो । उनले भने, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।” फरक प्रसङ्गमा उनले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको…
हेटौँडा: वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशभित्रका विभिन्न सञ्चार संस्था र पत्रकारको हकहित, सुरक्षा एवं सेवासुविधा उपलब्ध गराउने विषयमा सरकार अहिले कटिबद्ध रहेको बताएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष स्व केशव भट्टराईको श्रद्धाञ्जलिसभा तथा मोफसलमा ‘चलचित्रको विकास विस्तारमा पत्रकार’को भूमिका विषयक आज आयोजित अन्तक्र्रियामा उनले पत्रकारकै लागि मन्त्रालयले पत्रकार कल्याणकारी कोष स्थापना गर्न प्रदेश सरकारको बैठकमा लैजाने तयारी गरिएको जानकारी दिए । मन्त्री जम्मकट्टेलले जेष्ठ सञ्चारकर्मी, गम्भीर प्रकतिका बिरामी र सुत्केरी महिला पत्रकारका लागि प्रदेश सरकारले तत्काल आर्थिक अनुदान उपलब्ध गराउने नीति रहेको बताए । उनले प्रदेशको स्थायी राजधानी हेटौँडामा मौजुदा पूर्व–पश्चिम राजमार्गको अवस्था…
विराटनगर: प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । पाँचाँै अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो । हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो । बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएपछि उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा राखे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको आरोप लगाउँदै कारवाही प्रक्रिया नसच्याए लगातार सदन…
दार्चुला: बैतडीको डिनासैनी गाउँपालिकाको एम्बुलेन्सबाट चित्तल तस्करी हुने गरेको आशंका गरिएको छ । मृत अवस्थामा चित्तलसहित एम्बुलेन्स चालक महेश बोहरा पक्राउ परेसँगै एम्बुलेन्सबाट चित्तल तस्करी गर्ने प्रयास भइरहेको हुनसक्ने शंका प्रहरीको छ । यद्यपि, यो पहिलो प्रयास हो या यसअघि पनि ओसारपसार हुने गरेको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख दिपेन्द्र शाहीले सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेन्सलाई शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट नियन्त्रणमा लिइएको बताए । ‘मृत अवस्थाको चित्तलसहित चालकलाई इलाका प्रहरी कार्यालय, गोकुलेश्वरले नियन्त्रणमा लिएको छ’, प्रहरी नायब उपरीक्षक (डीएसपी) शाहीले भने, ‘वनमा बुझाउने तयारी भइरहेको छ ।’ गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र…
काठमाडौं: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बताएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भएकाले उपचार गराएर निको पार्नुपर्ने सुझाव दिएका हुन् । ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन् , काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ’ उनले भने । अध्यक्ष विजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध…
काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको छ । महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउनयता २० हजार ४ सय ३३ जना सवारी चालकलाई कारबाही गरेको जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारबाही गरिएको बताए । ‘पुस १ गतेदेखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका…
काबुल (एजेन्सी) : हातहतियारबाट सुसज्जित एक जना अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु छ जना घाइते भएका छन् । अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा शनिबार उक्त दुःखद घटना भएको हो । शरजाद जिल्लाको सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरुले तालिम गरिरहेका बखत अफगान सैनिक कमान्डोले गोली चलाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वर्ष लामो अफगान युद्ध समाप्त गरी अमेरिकी सैनिक स्वदेश फर्काउने योजना बनाइरहेको नाजूक समयमा उक्त घटना भएको हो । अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आइतबार जारी गरेको वक्तव्यमा अफगानी…
सुरुङ्गा: सिङ्गो नगरलाई नै विषादी मुक्त बनाउने अभियान बिर्तामोड नगरपालिकाले शुरु गरेसँगै यहाँका कृषक प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । अहिले नगरपालिकाको सहयोगमा ‘एक समूह, एक उत्पादन’ कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा व्यावसायिक रुपमा सामूहिक खेती शुरु गरिएको छ । तोरी, आलु, फापर, राजमा र सूर्यमुखी फूलको खेती कृषकले अहिले व्यावसायिक रुपमा गरिरहेका छन् । उनीहरुले गरेको सामूहिक खेती पूर्णरुपमा प्राङ्गारिक भएको नगरपालिकाका कृषि शाखाप्रमुख राजेन्द्र कडरियाले बताए । उनले भने, “व्यावसायिक रुपमा सामूहिक खेती गर्दा थोरै लागतमा पनि धेरै उत्पादन गर्न सकिने अपेक्षा छ ।” अहिले बिर्तामोडका हाम्रो कृषक र बद्रीवाडी कृषक समूहले पाँच÷पाँच बिगाह क्षेत्रफलमा सामूहिक आलु खेती…
