Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सिड्नी(एजेन्सी ) : पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन । युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो । अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए । मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे । पपुआ न्यु गिनी भूकम्पीय उच्च…

Read More

झिमरुक: प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले अघिल्लो शैक्षिक सत्रमा एसइई दिएका विद्यार्थीको नतिजा बिग्रिएपछि यो कार्यक्रम लागू गरेको हो । गणित र विज्ञान विषयमा डी र ई गे्रड लिएपछि नतिजा सुधार गर्ने योजनासहित प्यूठानमा पनि यो कार्यक्रम शुरु भएको हो । प्यूठानमा यही माघ ५ गतेदेखि यो कार्यक्रम शुरु भएको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिए । जिल्लाका १० कक्षामा अध्ययनरत २० देखि माथि विद्यार्थी रहेका विद्यालयमा यो कार्यक्रम छनोट भएको…

Read More

मङ्गलबारे: इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ । नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती शुरु गर्नुभएको थियो । इलाम…

Read More

काठमाडौं: नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Read More

चिप्लेढुङ्गा: ट्राफिक नियम उल्लङ्घन गरेर नियन्त्रणमा लिइएका सवारी साधन, सवारी धनी लिन नआएपछि कास्की ट्राफिकलाई त्यसको व्यवस्थापन चुनौती बनेको छ । पोखराको पृथ्वीचोकस्थित ट्राफिक कार्यालय अगाडि वर्षौंअघिदेखिका मोटरसाइकल र स्कुटर बेवारिसे अवस्थामा छन् । खिया लागेका कबाडी अवस्थाका सवारी साधनले शहरको सुन्दरतालाई समेत असर पारेको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष रोकाले नियन्त्रणमा लिइएका सवारी साधन सवारी धनी लिन नआएपछि समस्या भएको बताए । उनका अनुसार चोरीका, पाँच वर्षदेखि नवीकरण नभएका, दुर्घटनाबाट बढी क्षति भएका, विभिन्न झमेला भएका ३६७ सवारी साधन छन् । नियन्त्रणमा लिएपछि प्रक्रिया पूरा गरेर, नवीकरण र जरिवाना तिरेपछि मात्र लैजान पाइने भए पनि त्यसको…

Read More

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने भएको छ । त्यसका लागि योजना बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले साइकल लेनबाट सबै विश्व सम्पदालाई जोड्ने योजना बनाइएको उनले जानकारी दिए । नेपालका पुरातात्त्विक सम्पदा पुनर्निर्माण, विश्व सम्पदालगायत बारे जानकारी दिन आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले नेपालका सम्पदालाई पर्यटकका लागि आकर्षणको केन्द्र रहेको बताए । नेपालका विश्व सम्पदा खतरा र कालो सुचिमा नपर्ने भन्दै उनले ढुक्क हुन आग्रह समेत गरे । ‘नेपालका सम्पदा कालो सूचीमा पर्दैनन्,’ उनले भने । उनले लुम्बिनीमा व्यापार गर्न…

Read More

काठमाडौं: आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन बनाए । ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित…

Read More

जाजरकोट: माघको चिसो, जीर्ण भवन अनि कोचाकोचका बीचमा बस्नु पर्दा डोल्पा कारागारका कैदीबन्दी समस्यामा परेका छन् । अहिले ठाउँठाउँमा चर्किएको कारागारमा ३३ कैदीबन्दी सजाय भोगिरहेका छन् । सात वर्षदेखि निर्माणाधीन नयाँ कारागार भवनले अझै पूर्णता पाउन नसकेपछि यहाँका कैदीबन्दी डर र चिसोका बीचमा बाँचिरहेका छन् । तीन वर्षभित्र निर्माण सक्नुपर्ने भवनको पटकपटक म्याद थप्दासमेत कारागारका केही संरचना निर्माण भए पनि पूर्णरुपमा भवन निर्माणसम्पन्न नहुँदा समस्या भइरहेको कारागारले जनाएको छ । एटलस थोदुङ कन्सट्रक्शनले रु तीन करोडभन्दा बढीको लागतमा निर्माण गर्ने जिम्मा पाएको उक्त भवनको विसं २०७२ असारमा भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरे पनि अहिले पनि सबै…

Read More

चितवन: एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका–७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन् । उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो । “चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा लगाइसक्यौँ”, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक अनु राईले भने । होटलमा रहेको सूचनाका आधारमा प्रहरीले बालिकालाई भेट्टाएको हो । यही माघ १७ गते बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा थिए । साता दिन बित्दासमेत बालिका सम्पर्कमा नआएपछि प्रहरी, अभिभावक र स्थानीयवासीले खोजीकार्य तीव्र पारेका थिए । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५…

Read More

खाँदबारी: सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै पाँच हजार ४०० रूख काटिएका डिभिजन वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए । अरुण तेस्रो जलविद्युत् परियोजना र कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि जिल्लाका १८ सामुदायिक वन क्षेत्रका रूख काटिएका बताइएको छ । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको…

Read More