Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरेका छन्। उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरे । उनले काममा ढिलासुस्ती, अधिकारको…

Read More

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “स्वतन्त्र र सक्षम न्यायापालिकाको अवधारणालाई सही मार्गमा लैजानुपर्छ, अदालतप्रति ठडिएको औँलालाई सम्बोधन गर्न अधिकारभन्दा कर्तव्यलाई मुख्य न्यायाधीशले ध्यान दिनुपर्छ ।” उहाँले जनताको न्यायापालिकाप्रतिको गुनासो र आमजनतामा न्यायापालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा फछ्र्यौटले मात्रै नहुने उल्लेख गर्दै अदालतलाई सुदृढ बनाउने सवालमा कुनै…

Read More

काठमाडौँ: नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेको शिष्टाचार भेटमा उनले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताए। नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उनले बताए। सो अवसरमा उहाँहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो । भेटमा…

Read More

भक्तपुर: भक्तपुर सूर्यविनायक नपा–७ स्थित सानिमा बैंकको एटिएम मेशिन फोरी चोरी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–२ सस्र्युखर्क घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका–६ का २६ वर्षीय दिनेश सुकुभुटू रहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ । बैंकले दिएको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

Read More

भोजपुर: जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ । तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Read More

बाँके:  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महीनाको कारागार सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुलाई तीन महीनाको कारागार सजाय तोकिएको हो । कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही रु आठ हजार जरिवानासहित तीन महीना कारागार सजाय तोकिएको छ । त्यस्तै, कार्यालयका अधिकृत डेकराज पोखरेल, नायब सुब्बा डिलाराम खरेल, सतानन्द उपाध्याय, हुतराज पौडेल, अरुणकुमार गौतम, केशवराज डाँगी, गणेशमान आचार्य, ललितबहादुर वली र दीपेन्द्रबहादुर सिंहलाई जनही रु पाँच हजार जरिवानासहित तीन महीना कारागार सजायको फैसला…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । खड्कासहितलाई रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । निगमको पूर्वकार्यकारी निर्देशक खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा उजुरी परेपछि उहाँको सार्वजनिक सेवा प्रवेश गरेपश्चात्को समग्र आय र व्ययको विश्लेषण…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’ जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च…

Read More

काठमाडौँ: सार्वजनिक लेखा समितिले तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। वाइडबडी विमान खरिद अनियमितामा सचिव देवकोटा र महाप्रबन्धक कंसाकारलाई मुख्य दोषी रहेको प्रतिवेदन दिँदै उनीहरुमाथि कारबाहीको सिफारिस गरेको हो। लेखा समितिले गठन गरेको उपसमितिले शाही, देव र अधिकारीलाई नैतिक जिम्मेवारी लिन र कानून सम्मत कारबाही सिफारिस गरेको उल्लेख गर्दै समितिको प्रतिवेदनमा भनिएको छ, ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीवेक्षण र बेरुजु फस्र्याैट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन…

Read More

काठमाडौं: सार्वजनिक लेखा समितिले वाइडबढी खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी रहेको ठहर गरेको छ । समितिले सोमबार आफ्नो प्रतिवेदनसहित दोषी देखिएकाहरुलाई कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । यस्तो छ समितिको निर्णयको बुँदा नम्बर ३ मा ‘वायुसेवा निगमको सञ्चालक समितिका सदस्य सचिव तथा निगमका महाप्रबन्धक भई वाइड बडी विमान खरिद गर्न निगमको नियमावलीको दफा २३६ (२) अनुसार बदनीयतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बदनीयत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले…

Read More