Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: तीन दशकको प्रतीक्षापछि खानेपानी आउनै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभन्नाले ठेक्का सम्झौता रद्द गर्न सुचना नोटिस टु टर्मिनेट बुझाएको छ । आयोजनालाई दुई साताअघि नै सुचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ । ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योलमा परेको छ । आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो । तर, दुई दिनअघि आयोजनास्थलबाट ठेकेदार कम्पनीका सबै प्रतिनिधि काठमाडौं आएका थिए, उनीहरु सोमबार स्वदेश फर्कने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजना…

Read More

काठमाडौं : सरकार र इटालियन ठेकेदार सीमएसीबीच सोमबार बेलुकी सिंहदरबारमा भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पुनः अनिश्चित बनेको छ। सरकारले कहिले दशैंअघि, कहिले तिहारपछि र कहिले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताइरहँदा ठेकेदारले काम छाडेपछि अन्यौल भएको हो। खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको सरकार-ठेकेदार वार्तामा कुनै सहमति हुन नसकेको वार्तामा सहभागी आयोजनाका एक अधिकारीले बताए। ‘सरकारले ठेकेदारको रकम किस्ताबन्दीमा दिने, ठेकेदारले काम सुरु गर्ने लाइनमा वार्ता भएको थियो,’ ती अधिकारीले भने, ‘तर ठोस सहमति भएन, वार्ता आज मंगलबार पनि बस्ने सहमति भएको छ।’ वार्तामा मन्त्री मगरसहित खानेपानी सचिव गजेन्द्र ठाकुर, पूर्व खानेपानी सचिव भीम…

Read More

काठमाडौँ : एकजना ६ महिनाकी गर्भवती शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले एकै दिनमा पक्राउ गर्न सफल भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुले यही आइतवार मुगुको सोरु गाउँपालिका–८ घर भइ टोखा नगरपालिका–८ मिलनटोल निवासी २६ वर्षीया अजिता मल्लको हत्या गरेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । पक्राउ पर्नेहरुमा मुगुको सोरु गाउँपालिका–८ की २६ वर्षीया विष्णुमाया मल्ल (शाही), मुगुकै छायानाथ रारा नगरपालिका–१ की २६ वर्षीया भगवती मल्ल, छायानाथ नगरपालिका–१ का २१ वर्षीय गान्डिपराज मल्ल र पोखरा महानगरपालिका–८ की २३ वर्षीया रिता केसी रहेका छन् । उनीहरुले अजिताको…

Read More

काठमाडौँ: नेपाल सरकारद्धारा जारी गरेको “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ । “एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ , जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान गरिने बैंकले जनाएको छ । साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ । विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत…

Read More

काठमाडौँ: स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् । कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए। उनले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताए। उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिए। अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । उहाँका अनुसार भोलिदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताए। पहिलो चरणअन्तर्गत माग सुनवाइ नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने उनले…

Read More

काठमाडौँ: कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए। प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ ३१ गते उक्त समिति…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द केसीले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छिटो अनुमोदन माग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चिकित्सा विधाबाट नै सचिव नियुक्ति गर्न र संविधान प्रदत्त स्वास्थ्य अधिकार कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस तहको पठन पाठन छिटो शुरु गराउन, हरेक प्रदेशका एक /एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न र विगतमा आफूसित सरकारले गरेका सहमति कार्यान्वयन गर्न विज्ञप्तिमा माग गरिएको छ । यसैबीच शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन छलफल जारी रहेको…

Read More

काठमाडौँ: पछिल्लो समय नेपालमा अवैध लागुऔषधको ओसारपसार व्यापक रुपमा भइरहेको छ । नेपाल प्रहरीले पछिल्लो तीन दिनमा दुई विदेशी नागरिकसहित १० जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिएको घटनाले नेपालमा व्यापक मात्रामा लागुऔषधको कारोवार भइरहेको छ भन्ने तथ्य पुष्टि हुन्छ । लागुऔषधसहित पक्राउ पर्नेमा एकाघारका दाजुबहिनीसमेत रहेको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा विदेशी नगारिकको समेत संलग्नताले नेपाल अवैध लागुऔषधको ‘ट्राञ्जिट’का रुपमा पनि विकसित हुँदै गएको देखिन्छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीले आज कागेश्वरी मनहरा नगरपालिका–७, अम्मर सिंह चोकस्थित महमद इमरानको डेराबाट काठमाडौँ थली बस्ने १६ वर्षीय शेख शरफराजको साथबाट लागुऔषध नाइट्रोभेट ९६९ क्याप्सुल र फेनेरागन ७ एम्पुल बरामद ग¥यो । त्यस्तै…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो बैठकमा आज बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रुपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन् । सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सञ्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् । पार्टी विधानानुसार कम्तीमा तीन महीनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको, प्रदेश इञ्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएको, सरकारले विकास निर्माणका नीतिनिर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आम अनुभूति दिलाउन नसकिएको गुनासो गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले…

Read More

काठमाडौँ: साताको दोश्रो कारोबारको दिन सोमबार पुंजीबजारमा दोहोरो अंकको वृद्धि कायम रहेको छ । आअको कारोबारमा नेप्से परिसूचक १५ दशमलब १७ अंकले बढेर एक हजार १८२ दशमलब ७८ अंकमा पुगेको छ । आजको कारोबारमा ब्यापार बाहेक सबै समुहका परिसूचक हरिया रहेका छन्। आज सबै भन्दा बढी निर्जीवन बीमा समुहको परिसूचक २२० दशमलव ५१ अंकले र जीवन बीमाको परिसूचक १९५ दशमलव ९६ अंकले बढेको छ। त्यसैगरी, बाणिज्य बैंक समुहका परिसूचक ९ दशमलव १५ अंक, लघुवित्त ४० दशमलव २१ अंक, उत्त्पादन २३ दशमलव २१ अंक, विकास बैंक ८ दशमलव ५ अंक र जलाबिध्युत पांच दशमलव ३७ अंकले बढेका छन्। यद्यपी, ब्यापार समुहको…

Read More