Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: देशैभर ९६ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । साउनको २० गतेसम्म सात वटै प्रदेशमा १३ लाख ४९ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको हो । अघिल्लो वर्ष यो समयमा ८१ प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको थियो। कृषि विभागका अनुसार यो वर्ष १४ लाख एक हजार हेक्टर धान रोपाईं हुने आकलन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा रोपाईं सकिएको छ भने बागमती प्रदेशमा ९४ प्रतिशत रोपाईं मात्र सम्पन्न हुन सकेको छ । त्यसैगरी, कोशी प्रदेशमा हालसम्म ९५ प्रतिशत रोपाईं सम्पन्न भएको छ भने मधेस प्रदेशमा ९५ दशमलब ४ प्रतिशत, गण्डकी र लुम्बिनीमा ९६ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाईं…

Read More

काठमाडौँ: स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।

Read More

काठमाडौं: कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।

Read More

काठमाडौँ: नेपाल जनप्रशासन संघले २०७९ को ‘हेमबहादुर मल्ल सम्मान’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ। संघ र साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा संयुक्तरूपमा सोमबार आयोजित पत्रकार सम्मेलनमा थापालाई सम्मानपत्रसहित दुई लाख रूपैयाँ राशिको सम्मान प्रदान गरिने जानकारी दिइएको हो। उक्त सम्मान यही साउन २३ गते विशेष समारोहका बीच प्रदान गरिनेछ। संघले साल्ट ट्रेडिङको सौजन्यमा सो संस्थाका अध्यक्ष एवं कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो। पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कदरस्वरूप डा थापालाई सो सम्मान प्रदान गर्न लागिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए। सम्मान छनोटका…

Read More

काठमाडौँ: देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् । बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।

Read More

काठमाडौँ: यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै छ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह…

Read More

धेद्रे,मकवानपुर: काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्य्राक)मा पर्ने धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो । जसको दूरी १.६५ किमि छ । फास्ट ट्य्राकको धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ यही सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् । महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदै छ । काठमाडौबाट निजगढततर्फ आउने सुरुङ ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनिसकिएको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई द्रुतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन्।सोमबार सोही द्रतुमार्गअन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रुपछि सम्बोधन गर्दै ओलीले काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्। ‘यस मार्गमा आउने बाधा व्यवधान समाधान गर्न सरकार तयार छ,’ ओलीले भने, ‘पहिले पनि मैले नै नेपाल आफैँले बनाउनुछ भनेर घोषणा गरेर बजेट समेत छुट्याएको थिएँ।’ उनले खोकनाको जग्गामा राजनीतिमा मात्रै नभई अरु नै चिज पनि मिसिएको दाबी गरे। ‘खोकनाको जमिनमा पोल्टिक्स मात्रै होइन अरु पनि के के चिज मिसिएको छ हामी बुझिरहेका छौँ,’ ओलीले भने। ब्रेक थ्रु कार्यक्रममै सम्बोधन गर्ने क्रममा प्रधानसेनापति प्रभुराम…

Read More

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्माले निर्माणधीन काठमाडौँ–तराई द्रुतमार्गको कामलाई ललितपुरको खोकनामा भएको राजनीतिले बिगारेको टिप्पणी गरेका छन्। सोमबार सोही द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति शर्माले यस्तो बताएका हुन्। साथै, उनले विसं २०८३ सालसम्म काम पूरा गरिसक्ने पनि बताए। ‘ललितपुरको खोकनामा राजनीतिले (द्रुतमार्गको काम) बिगारेको छ, राजनीतिले नै सपार्नु पर्छ समय लागेको छ,’ शर्माले भने, ‘ठेक्का लाग्न पाएको छैन साढे ६ किलोमिटर। हामी राजनीति नगर्ने भए पनि हामी कुरा बुझ्छौँ।’ उनले विसं २०७६ सालबाट सुरु भएको उल्लेख गर्दै ०८३ सम्म पूरा गर्ने पनि बताए। ‘२०८३ सम्ममा पूरा गर्छौं । हामीले २०७६ सालबाट सुरु गरेको हो।’ प्रधानमन्त्री…

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यतिबेला (सोमबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागकाे माैसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। कोसी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसाे सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोसी र…

Read More