Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘संसदलाई फेस गरिरहँदा मलाई साथ दिनुस् भन्नुभयो । हामी त्यसै पनि अर्को गठबन्धनमा, अर्को सरकारमा जाँदैनौं’, परियारले भने, ‘हाम्ीले उहाँलाई तत्कालै जतिसक्दो चाँडो संसदलाई फेस गर्ने मिलाउनुहोला, हामी पनि पार्टीमा आन्तरिक छलफल गर्छौं भन्यौं ।’ यद्यपि, विश्वासको मत दिने विषयमा भने आफूहरु छलफलमै रहेको परियारले बताए । ‘जेजस्तो…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
काठमाडौँ: नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने पार्टीको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिने भएको हो। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री…
काठमाडौं: धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ । यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ । यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ । काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा…
रासस काठमाडौँ:गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन्। लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु–एसएस ल्याण्डमार्क, ब्लुबर्ड मल काठमाडौँले आशयपत्र पेस गरेका हुन्। लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत रु दुई अर्व ३५ करोड छ। जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ। यसैगरी, विभिन्न सरकारी कार्यालयहरू राख्ने लक्ष्यका साथ बबरमहल…
काठमाडौँ:ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ। मन्दिरको जग्गा मिचेको भन्दै चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरले डोजर लगाएर भत्काएको हो। महानगरपालिकाको सचिवालयले जनाए अनुसार, बुधबार दिउँसो मेयर महर्जनकै उपस्थितिमा डोजर लगाएर उक्त पर्खाल भत्काइएको हो। महानगरका प्रवक्ता राजु महर्जनले दिएको जानकारी अनुसार, उक्त ठाउँमा गुठियारहरूको देवस्थल हो। ‘यो गुठियारहरूको देवस्थल हो। यसमा जग्गा मिचिएको भन्दै धेरै समयअघि नै निवेदन परेको थियो,’ प्रवक्ता महर्जनले भने, ‘हामीले पटक पटक पर्खाल हटाउन उहाँलाई भेटेर पनि अनुरोध गरेका थियौँ। नभएपछि आज भत्काइएको हो।’
नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने खुलासा गरेको छ। बुधबार बिहान बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले त्यस्तो बताएको हो। ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ कांग्रेसले भनेको छ। त्यस्तै बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलबीच भएको सहमतिलाई पनि अनुमोदन गरेको थियो।…
‘कम्तिमा १ महिना त प्रचण्डलाई ढुक्क छ’ काठमाडौँ:फागुन २१ गते नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित बनेको सत्ता गठबन्धन फेरि धरापमा परेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) ले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार अल्पमतमा परेको हो। प्रधानमन्त्री प्रचण्डलाई अहिले नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ७, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ गरी ८० सांसदको मात्रै समर्थन देखिन्छ। बहुमत गुमिसकेकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् कि भन्ने विश्वासमा एमाले देखिन्छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामाका लागि आग्रह…
काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो ।बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रश्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने…
काठमाडौँ: नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा बुधबार बेलुकीसम्म प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न समय दिनेगरी छलफल भएको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीबाट प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गरिएको निर्णय भएको सुनाए। यद्यपि बैठकमा भने बढीभन्दा बढी २४ घण्टासम्म कुर्ने र त्यतिबेलासम्म पनि राजीनामा नदिए पर्सि (बिहीबार) बिहान मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय भएको एक पदाधिकारीले बताए। मन्त्रीहरूलाई फिर्ता बोलाएपछि बाँकी निर्णयहरू कसरी गर्ने भन्नेबारे त्यतिबेलै शीर्ष नेताहरू बसेर छलफल हुने ती पदाधिकारीले जानकारी दिए। ‘हामी भोलि बेलुकी (बुधबार) सम्म…