Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं :अर्थमन्त्री डा प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल नआएको बताउनुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।” बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

Read More

काठमाडौँ: काठमाडौंका केही ठाउँमा बुधबार दिउँसो छिटफुट वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंका चाबहिल, बालाजु, महाराजगञ्ज लगायतका क्षेत्रमा छिटफुट वर्षा भएको हो। ‘एक दुई स्थानमा छिटफुट वर्षा भएको हो, केही बेर पानी पर्‍यो र रोकियो,’ उनले भने। उनकाअनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हल्का वर्षा भएको हो। काठमाडौंको आकाश बुधबार दिउँसो धुम्म परेको छ। अन्य दिनको तुलनामा आज चिसो केही बढी महसुस भएको छ। काठमाडौंबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ। झाका अनुसार मनाङमा पछिल्लो ६ घन्टामा २.५ मिलिमिटर र ताप्लेजुङमा १.५ मिलिमिटर वर्षा भएको छ। मनाङको हुम्डे, गोरखाको लाप्राक, सोलुखुम्बुको…

Read More

काठमाडौं: उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा करिब ४७ करोड रूपैयाँ अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । उनीहरुले भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको आरोप छ ।…

Read More

काठमाडौँ: सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न एक समितति बनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति बनाएको हो। सरकारले अध्ययन समितिको संयोजकमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई तोकेको छ। शिवाकोटी नेतृत्वको समिति तीन सदस्यी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

Read More

काठमाडौं: नेपाल समुद्रपार निकासी पैठारी संघले पछिल्लो समय भन्सार कार्यालयहरुले प्रयोगमा ल्याएको सन्दर्भ मूल्यांकन पुस्तिका (डाटाबेस) हटाउन माग गरेको छ । संघले ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष विनोदकुमार सेठियाले सन्दर्भ मूल्यांकन पुस्तिकाले कारोबार मूल्यलाई मान्यता दिनुपर्ने विश्व व्यापार संगठनको मार्गदर्शनलाई चुनौती र विदेशी मुद्रा अपचलनलाई वैधानिकता दिइरहेको बताए । सो अवसरमा उनले भन्सारको नीति र नेतृत्वको स्थायित्वमा पनि जोड दिए । ‘कुन नीति कतिबेला परिवर्तन हुने हो कुनै ठेगान हुँदैन । यसले गर्दा स्वदेशी र विदेशी लगानीकर्ता सधैं सशंकित छन् । नीतिगत अस्थिरताको जगमा हामीले कस्तो समृद्धि हासिल गर्न खोजेका हौं ?’ अध्यक्ष…

Read More

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरूपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताए । ‘केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ’, मन्त्री ज्वालाले भने, ‘अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर हुँदैन भन्ने निष्कर्ष निकालेका थियौँ ।’ यसलाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको बताउँदै उनले भने, ‘हाम्रा…

Read More

राष्ट्रिय समाचार समिति (रासस)चितवन, १० माघः भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै ठूलो सङ्ख्यामा पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्यापर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ । भ्रमण वर्ष ढिला गरी उद्घाटन गरिए पनि नयाँ वर्षसँगै आन्तरिक र बाह्य पर्यटकको आगमन आशालाग्दो हुँदै आएको दाहालले बताउनुभयो । राष्ट्रियस्तरका कार्यक्रम…

Read More

काठमाडौँ, १० माघ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

Read More

काठमाडौँ:ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

Read More