Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: थाइल्याण्डमा २१ मानिसलाई गोली हानेर मारेका एक सैनिक प्रहरी अपरेशनमा मारिएका छन् । सर्जेन्ट मेजर जक्रपन्थ थोम्मा सपिङ हत्याकाण्ड मच्चाइसकेपछि एक विशाल मलमा लुकिरहेका थिए । थोम्माले हिजो दिउँसो दुई सैनिक सहकर्मीलाई मारिसकेपछि सर्वसाधारणको भीडमाथि पनि गोली प्रहार गरेका थिए । थोम्माले आफ्नो ज्यानमारा हर्कत शनिबार दिउँसो तीन बजे उनको ब्यारेकबाट सुरु गरेका थिए । त्यहाँ उनले आफूभन्दामाथि एक सैनिक अधिकारी र एक जना अर्को कनिष्ठ सैनिकलाई मारिसकेका थिए । व्यारेकको हत्यापछि उनी एक सैनिक वाहन लिएर सहरतर्फ अघि लागेका थिए । त्यहाँ थोम्माले घरमा बसिरहेका नागरिक र वौद्ध मन्दिरमा गोलीबारी गर्दै अघि बढेका थिए…
काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
काठमाडौँ: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा आज राजधानीमा आयोजना गरेको सगरमाथा राष्ट्रिय संवादको उद्घाटन गर्दै उहाँले हाम्रा हिमाल, जीवन पद्धति र पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटमा परेका यथार्थ सुनाए । जलवायु परिवर्तनले परेका असर र प्रभावलाई घटाउन तथा अनुकूलनका लागि उत्थानशीलताको क्षमता अभिवृद्धि हुनुपर्ने आवश्यकता औँल्याउँदै…
बनेपा: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएको छ । उनले भने, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।” पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भने । उनले भने, “लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि…
बागलुङ: बागलुङ नगरपालिका–३ ले वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । तीन ‘ह्वीलचियर’, पाँच ‘कमटट्वाइलेट’, दुई ‘ब्लाइण्ड स्टिक’ र चार ‘डिसेवल स्टिक’ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सघाउन सहायता सामग्री वितरण गरिएको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । वडाले चालू आवमा रु ५० हजार बजेट सो कार्यमा विनियोजन गरेको थियो । सहायता सामग्रीको सहयोगबाट अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने र न्यून दृष्टि भएका व्यक्तिले लाभ लिएका छन् । वडा कार्यालयबाट सहायता सामग्री पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी छन् ।
बाँके: खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिन्छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन् पछिल्लो समय नेपालगञ्जमा यही ‘खोले साग’ चर्चित छ । कर्णाली र दाङको ‘खोले साग’ले बजार पाएको छ । साग बिक्री वितरणले धेरैको रोजीरोटी चलाएको छ । “धेरैले रुचि मानेर किनेर लैजानुहुन्छ”, नेपालगञ्जको धम्बोझीचोक नजिकै साग बेच्दै आएकी सावित्री वलीले भनिन, “ग्राहकलाई पु¥याउनै सकिएको छैन ।”कर्णालीमा मात्रै नभई दाङबाट समेत आयात भइरहेको खोले सागको बिक्री राम्रो भइरहेको उनले बताए ।…
मान्म: विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो । परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताए । “विमानस्थलमा परीक्षण उडान मात्र गरियो”, उनले भने, “त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन ।” सडक सञ्जालले…
काठमाडौं: नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) को शनिबार सम्पन्न निर्वाचनमा सातमध्ये ४ प्रदेशमा नेकपा समर्थित कानुन व्यवसायी विजयी भएका छन् । अन्य तीन प्रदेशमा कांग्रेस समर्थित प्रजातान्त्रिक गठबन्धनले जितेको छ । सातै प्रदेशमा अलगअलग भएको निर्वाचनमा प्रदेश प्रदेश नम्बर १ सहित वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा समर्थित प्रगतिशील समूहका उम्मेदवारले विजय हासिल गरेका छन् । सबैभन्दा धेरै कानुन व्यवसायी रहेको वागमती प्रदेशमा डा.चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका छन् । डा. ज्ञवालीले १९२० मत प्राप्त गरी विजयी हुँदा कांग्रेस समर्थित प्राध्यापक गुणनीधि न्यौपानेले १५३५ मत प्राप्त गरेका छन् । त्यस्तै, प्रदेश १ मा नेकपा समर्थित प्रेमप्रसाद कोइराला…
चिप्लेढुङ्गा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका–११ मा ‘पिस रिट्रिट सेन्टर’को शिलान्यास गरेको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले सो सेन्टरको शिलान्यास गर्दै समाजमा नैतिक चेतना विकास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री गुरुङले आध्यात्मिक शिक्षामार्फत समाजमा तनाव र भ्रष्टाचार अन्त्य गर्न जोड दिए । माउण्ट आबूका वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलुले अध्यात्मको शक्तिले संसार बदल्न सक्ने भन्दै अहिंसाको साझा सङ्कल्पले समाजलाई सुन्दर बनाउने बताए । संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीताले दिव्य अनुभूति केन्द्र सबै आध्यात्मिक मनहरुको साझा घर भएकाले यसबाट दिव्यज्ञान फैलाएर समाजलाई सकारात्मक रुपान्तरण गर्न जोड दिनुपर्ने बताए ।…
काठमाडौँ: आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो । ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ओमानविरुद्ध ब्याटिङमा उत्रेको छ । अमेरिकासितको शनिबारको खेलमा जस्तै आजको खेलमा पनि नेपालको ब्याटिङको शुरुआत कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गरिरहेको छ । विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेलमा शरद घाइते भएपछि सुवास नेपाली टोलीमा फर्किएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासितको खेलमा शरद भेषवाकरको स्थानमा ब्याटिङमा उत्रेका सुवासले मात्र तीन रन बनाए । कप्तान ज्ञानेन्द्रले पनि २१ रन बनाए…
