Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: वायु सेवा सञ्चालकहरुले हवाई भाडादरमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको छलफलमा वायु सेवा सञ्चालकले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन्। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गतेबाट नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाएपछि एयरलाइन्स कम्पनीहरुले तेब्बरसम्म हवाई भाडादर बढाएका छन्। अचाक्ली भाडा बढाएपछि नागरिकस्तरबाट चर्को विरोध भइरहेका बेला शनिबार पर्यटन मन्त्री भट्टराईले वायु सेवा सञ्चालकलाई मन्त्रालयमा बोलाएर छलफल गरे। छलफलमा मन्त्री भट्टराईले हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक ट्रङ्क रुटमा लिँदै आएको अधिकतम सीमाका २…

Read More

काठमाडौँ: कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमाक्षेत्रको निगरानी गरिरहेका छन् । नेपाल प्रहरीले अहिले १३ हजारभन्दा बढी जनशक्ति कोभिड–१९ कै लागि प्रशिक्षण दिएर तयारीमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । “आवश्यक पर्दा जनशक्ति जुनसुकै बेला ‘मुभ’ हुनेछन्, त्यसमा प्रहरीले पूर्ण…

Read More

काठमाडौं: काठमाडौंका पाँचतारे होटलहरु धमाधम बन्द हुन थालेका छन् । कोरोना भाइरसको संक्रमणसँगै पर्यटन आवागमन घट्दा होटेलमा ग्राहकको चाप घट्दै गएका होटलहरुले धमाधम होटल बन्द गर्न थालेका हुन् । काठमाडौंको दरबारमागस्थित होटल याक एण्ड यतिले शनिबारमात्रै सूचना टाँस गरेर अनिश्चितकालीन रुपमा होटल बन्द गर्न आह्वान गरेको छ । होटल व्यवस्थापनले आधिकारिक ट्रेड युनियनसँग छलफल समेत नगरी मजदुरलाई २५ प्रतिशत मात्रै सुविधा दिने र त्यसमध्ये पनि १२.५ प्रतिशत सरकारले व्यहोर्ने एकतर्फी सूचना टाँस गरेर होटल बन्द गरेको हो । शुक्रबार १३ वटा कोठामा ३५ जना गेष्ट रहेको होटेलले शनिबार बिहान ब्रेकफास्ट खुवाएर उनीहरुको बिदाई गर्दै होटल बन्द गरेको एकतर्फी सूचना टाँस…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग÷कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो । मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत १८ कार्यालयलाई पत्र पठाई बिदाका दिन पनि…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकास र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका मुद्दामा वहस र पैरवी गर्न पूर्व अर्थमन्त्री विचार मञ्च गठन गरेको छ। महासंघमा शुक्रबार पूर्व अर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्कीसहितको भेलाले यो मञ्च गठन गरेको हो। भेलामा पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराई, महेश आचार्य र विष्णु पौडेल भने उपस्थित थिएनन्। भेलामा महासंघकी अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल, किशोर प्रधान र महासंघका महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति थियो।

Read More

काठमाडौं: इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ । इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको जनाइएको छ । कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको…

Read More

काठमाडौँ: अर्थमन्त्रालयले आगामी बजेटका लागि सुझाव मागेको छ । आर्थिक बर्ष २०७७/७८ का लागि बजेट निमार्ण कार्य शुरु भएकाले बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव माग गरेको हो । सुझाव बैंशाख ५ गतेसम्म दिनुपर्नेछ । विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, पेशागत संघ संस्थालाई सुझाव दिन मन्त्रालयले भनेको छ । सुझाव अर्थमन्त्रालयको वेभसाइटमा गएर बजेट सजेसन ट्याव तथा इमेल मार्फत दिन सकिनेछ ।

Read More

काठमाडौं: काेराेना भाइरसकाे असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा अब जरिवाना शुल्क नलाग्ने भएकाे छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाकाे जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेकाे हाे । गृहमन्त्रालयमा बसेकाे बैठकले विद्युतका उपभाेक्ताका लागि महसुल तिर्न ढिलाे गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय गरेकाे हाे । मन्त्रालयले विद्युत महसुलकाे जरिवानामा सहुलियत दिइने हुँदा भिडभाडमा जडान सर्वसाधारणमा अनुराेधसमेत गरेकाे छ । यता विद्युत प्राधिकरणले पनि अनलाइनबाट विद्युत महसुल तिर्न उपभाेक्तामा अनुराेध गर्दै आएको छ । प्राधिकरणले महसुल काउन्टरमा लाग्ने भिड नियन्त्रण गर्न अनलाइन सेवा उपयाेग गर्न उपभाेक्ता…

Read More

काठमाडौँ: जुनसुकै बैंकको कार्ड अर्को कुनै बैंकको एटिएममा घुसाएर कारोबार गर्दा अब कुनै शुल्क नलाग्ने भएको छ। कोभिड–१९ को त्रासले कारोबारमा असहज परिस्थिति सिर्जना नहोस् भन्ने उद्देश्यले नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल फाइनान्सियल इन्स्टिच्युसनको संयूक्त बैठकले यस्तो निर्णय गरेको हो। सरकारले एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन र अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको थियो। बैंकहरुले सो निर्णयलाई कार्यान्वयन गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै इन्टरनेट, मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमबाट हुने कारोबारमा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ। नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा कुनै शुल्क लाग्ने…

Read More

काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’ धेरैजसो देशहरुमा कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुन्छन् र युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ भन्ने अफवाह फैलिइरहेको बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो । डब्लूएचओको मुख्यालयमा आयोजित…

Read More