Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जाजरकोट: समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । भेरी नगरपालिका–११ का रुपलाल शर्माले भने, “आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नाँै, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।” भेरी नगरपालिका–४ एकदेव शर्माले भन्नुभयो, “आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छँु, सानो जात र ठूलो जात भन्ने हुँदैन ।” नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका…

Read More

काठमाडौं : आज मंगलबारबाट अनिवार्य अवकास पाउन लागेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा संगठनको सुधार तथा आन्तरिक सुद्धिकरणको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरेका छन । \ ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका खनालले आज मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित नवनिर्मित अडिटोरियम र ब्यारेक भवन उद्घाटन कार्यक्रममा बोल्दै आन्तरिक सुद्धिकरणकै कारण नेपाल प्रहरी सर्वोच्कृष्ट ठहर भएको दाबी गरेका छन । आईजी खनालले सेवा निवृत्त भइसकेपछि पनि भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहने बताएका छन । उनले तल्लो तहका प्रहरी कर्मचारी (जवान)हरुको मनोवल उकास्नका लागि पनि आफूले अनवरत रुपमा काम गरेको बताएका छन ।…

Read More

नुवाकोट: छैटौँ नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ यही माघ १६ गते शुरु भएको महोत्सवमा ६० हजार दर्शकले अवलोकन गरेको र रु पाँच करोडको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरुमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि विशेष योगदान पुग्ने आयोजक नुवाकोट उद्योग…

Read More

काठमाडौं: निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका हुन् । गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेकाले पक्राउ गरेको बताए । प्रदेश प्रमुख र प्रदेशका सचिवहरु कञ्चनपुर आउँदा जिल्ला प्रशासन कार्यालय प्रवेशमा अवरोध गर्र खोजेकाले पक्राउ गरिएको एसपी मरासिनीको भनाइ छ ।

Read More

काठमाडौँ: प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेको थियो । सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुुल गरेको थियो ।

Read More

काठमाडौँ: प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए । सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराईन । उनले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताईन । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल…

Read More

काठमाडौँ: आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो । ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । ओमानका अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९…

Read More

काठमाडौं: नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गरेकी हुन् । उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताइन् । उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भनिन्– ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँँग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको संसद आज नियमितरुपमा सञ्चालन भएको छ । संवैधानिक निकायले अधिकार क्षेत्रबाहिर गई सरकारबाट प्रभावित भएर मुद्दा दायर गरेमा फेरि पनि संसद् अवरुद्ध गर्ने जनाउँदै अहिलेलाई प्रतिनिधिसभाको नियमित कार्यसूचीलाई अगाडि लैजान काँग्रेस सहमत देखिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदरुले उठेर विरोध जनाएका थिए । सभामुख सापकोटाले काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएको थियो । उनले अख्तियारले भेदभावका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको…

Read More

डोटी: जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ बाँफी गाउँका स्थानीयवासीले शुद्ध खानेपानी पाउने भएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिनमा ‘वर्षांैदेखि घैँटाको दूषित पानी पिउँदै बाँफीका स्थानीयवासी’ भन्ने शीर्षकको समाचार यही माघ २३ गते सम्प्रेषण भएपछि दिपायल सिलगढी नगरपालिकाको पहलमा उक्त गाउँमा शुद्ध खानेपानी वितरण गरिन लागिएको हो । बाँफीवासीलाई शुद्ध पानी पु¥याउन सो नगरपालिकाले सेती नदीबाट लिफ्टिङ गरी खानेपानीको व्यवस्था गर्ने गरी रु ८६ लाख १८ हजार ५३४ रुपैयाँ ९० पैसाको लागतमा निर्माण गर्नेगरी एक सार्वजनिक बोलपत्र आह्वान गरेको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए । उनले भने, “बाँफीवासीको पानीको समस्या समाधानका लागि हामी निरन्तर प्रयासमा थियौँ, त्यसैमा झन्…

Read More