Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् । कम उमेरका चालकले…
काठमाडौं: सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन । हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ । खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ । यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।
काठमाडौँ: नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रङ्गरोगन र बत्ती जडानको काम गरिनेछ । निर्माण व्यवसायीले केही समयमै रङ्गरोगन र सडक कालोपत्र गर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । सडकमा राखिने बत्ती डिजाइनमा उल्लेख भएभन्दा फरक राख्नका लागि छलफल भइरहेको छ । उनले भने, “अन्तिम काम सकिएपछि अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।” एउटै ठेक्का मार्फत मुख्य लेनको दायाँबायाँ पुल निर्माण भइरहेकामा अघिल्लो वर्ष नै सम्पन्न भएर एउटा सञ्चालनमा आएको…
विराटनगर: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन । ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारवाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए । सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय…
बेइजिङ (एजेन्सी) : चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेको छ । उनको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गर्नुभएको समाचारमा जनाइएको छ । उनले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएको बताइएको छ ।
कुन्दुज(एजेन्सी) : अफगान विशेष सुरक्षा बलको एक टोलीले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा जारी राखेको एक कारबाहीका क्रममा १८ व्यक्तिलाई मुक्त भएका छन् । तालिबानी लडाकू समूह लुकेर बसेका एक स्थानलक्षित सो कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरेका १८ व्यक्तिलाई मुक्त गरिएको नायब गभर्नर कुदरतुल्लाह सफीले बताएको छ । स्थानीय समयाअनुसार सोमबाहर बिहान २ बजेबाट उक्त सुरक्षा कारबाही सुरु भएको सफीले बताएको छ । यस कारबाहीको विषय तालिबानी लडाकू समूहले कुनै पनि टिप्पणी गरेका छैनन् ।
चिप्लेढुङ्गा: गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिला सशक्तीकरणका लागि महिलाको शिक्षा, स्वास्थ्य र सीप विकास गर्दै क्षमतावान बनाउन जरुरी रहेको बताएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराले आयोजना गरेको ‘समृद्ध एवं मूल्यनिष्ठा समाजको लागि नारी सशक्तीकरण’ कार्यक्रममा उनले नैतिकवान नागरिक निर्माणका लागि ब्रह्माकुमारीको अभियानमा सामाजिक मन्त्रालय तयार भएको बताए । पोखरा महानगरपालिका–११ मा रु २१ करोडको लागतमा बन्न लागेको दिव्य शान्ति अनुभूति केन्द्र स्थलमा आयोजित उक्त कार्यक्रममा शिक्षा प्रभाग, राजयोग एजुकेशन एण्ड रिसर्च फाउण्डेशनका उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी शिलुले आन्तरिक शक्तिलाई विकास गर्नु नै सशक्तीकरणको सही परिभाषा भएको बताए । संस्थाका नेपाल उपनिर्देशक राजयोगिनी ब्रह्कुमारी दुर्गा र…
सुर्खेत: कर्णाली चिन्ने र चिनाउने उद्देश्यले यही फागुन १९ गतेदेखि कर्णाली उत्सव आयोजना हुने भएको छ । आयोजक संस्था ऋति फाउन्डेशनले फागुन १९ देखि २१ गतेसम्म वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सञ्चालन गर्ने जनाएको छ । उत्सवमा तीन वटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँछन्’ मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ । ‘मुख्य मान्ठ(मान्छे), मूल कुडा (कुरा)’ अन्तर्गत प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबीच अन्तरप्रदेश सम्बन्धका बारेमा बहस हुनेछ । फाउन्डेशनका संस्थापक सदस्य दिनेश गौतमले उत्सवमा विभिन्न विधालाई समेटेर ‘कुडा…
सिन्धुली: सुन्दर ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बन्ने भएको छ । गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इण्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले यहाँ सङ्ग्रहालय निर्माण गर्ने भएको हो । नेपाली वीरताको यो तथ्य नेपालको इतिहासमा त स्वर्ण अक्षरले लेखिएकै छ, अब बन्ने यो सङ्ग्रहालयले यसलाई युगौँसम्म पनि ताजा बनाइराख्ने नेपाली इतिहासविद्हरुको भनाई छ । त्यसो त सिन्धुलीगढीको इतिहासबाहेकको अर्काे सुन्दरतासँग जोडिएको तथ्य पनि छ । नेपालको लोक संस्कृतिका क्षेत्रमा भिजेको एक कर्णप्रिय गीत ‘सिन्धुलीगढी घुमरे हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार, मा¥यो नि मायाले मा¥यो’ ले पनि यस स्थललाई सबै नेपालीमा परिचित बनाएको छ ।…
चरीकोट: दोलखाको तामाकोशी गाउँपालिकाले ‘मेरो घर, सफा घर’ अभियान सञ्चालन गरेको छ । दोलखाको तामाकोशी गाउँपालिकाको छैटौँ गाउँसभाले उक्त अभियान तथा अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक भत्ता दिने निर्णय गरेको थियो । नागरिकलाई सरसफाइमा आकर्षित गराउन सो अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । सरसफाइमा उत्कृष्ट हुने गाउँपालिकाभित्रका ६३ घर परिवारलाई पुरस्कारस्वरुप प्र्रत्येक वर्ष रु तीन हजार पुरस्कार प्रदान गरिने छ । पालिकाको छुटै टोलीले अनुगमन मूल्याङ्कन गर्ने र टोलीको सिफारिस आधारमा पुरस्कृत गरिनेछ । गाउँसभाले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई भत्ताको व्यवस्था गरेता पनि ‘ग’ वर्गकाले सुविधा नभएको भनेपछि मासिक रु एक…
