Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए । काङ्ग्रेसकी…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज आइतबार ५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । एक हप्तामा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको हो । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । एक साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । नेपाल धितोपत्र बोर्डले लगानी सम्मेलन नजिकिएको भन्दै शेयर बजारका लगानीकर्ताहरुलाई आन्दोलन तथा विरोधका कार्यक्रम नगर्न आग्रह गरे पनि आइतबार शेयर लगानीकर्ता दबाब समूहले बोर्डको कार्यालयमै ताला लगाएका छन् । बोर्डले गत चैत ४ गते प्रेश विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेको थियो। यस अघि नेपाल स्टक एक्सचेन्ज आमरण अनसन बसेको दबाब समूहले पुनः धितोपत्र ३२ वटा माग राखेको थियो। समूहले पेस गरेका ३२ बुँदा मध्ये अधिकांश विषय बोर्डले संवोधन गरिसकेको छ। उता बोर्डले लगानीकर्ता माग अनुसार १२ वटा वुँदाको संबोधन सहित कार्यान्वयनमा ल्याएको जनाएको छ। बोर्डले लगानीकर्ताको…

Read More

काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा परेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

Read More

काठमाडाैं: नेपालबाट विदेश गई उच्च शिक्षा प्राप्त गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन् । पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहारुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन । अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हँसाउनु भन्ने ठान्छन् नेपाली युवा । युरोप, अस्ट्रेलिया, अमेरिकाबाट पिएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पिएचडी गरेका थुप्रै नेपाली वैज्ञानिक चीनमै काम गर्न थालेका छन् । उनीहरु पिएचडीपछिको पोस्टडक र एसिस्टेन्ट प्रोफेसरका रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन् । चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानिकलाई नेपालले भने चिन्ने जमर्को गरको छैन…

Read More

काठमाडौं : धावनमार्ग मर्मतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८५ उडान प्रभावित हुने भएका छन्। मर्मतको काम चैत १८ बाट सुरु गरी तीन महिनामा पूरा गर्ने लक्ष्य छ। यसबाट दैनिक अन्तर्राष्ट्रिय वायुसेवाका २२ देखि २५ र आन्तरिक वायुसेवाका ६० उडान प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गरेर धावनमार्ग मर्मत गरिँदै छ। तीन महिनासम्म आन्तरिक तथा बाह्य उडान दैनिक ९ घण्टा ठप्प हुनेछ। राति हुने अन्तर्राष्ट्रिय वायुसेवाका उडानलाई बिहान ८ बजेपछि र बिहान ८ बजेपछि हुने आन्तरिक उडानलाई दुई घण्टा पछाडि सार्नुपर्ने हुन्छ। यस कारण दिउँसो उडान चाप बढ्ने र…

Read More

काठमाडौँ: विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही दिन अघि आफनो इन्स्टाग्राम र फेसबुक एकान्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Read More

साँखु: महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित सात रहेको चन्दले बताए । पक्राउ परेका उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास…

Read More

काठमाडौँ: नेत्रविक्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् । सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलबस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो । स्रोतअनुसार दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्यो ।

Read More

काठमाडौँ: ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपार्इं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक चिकित्सक भीमसिंह तिंकरी भन्नछन् , “हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छाँै, रोग छैन भन्ने अवस्था रहँदैन ।” चिकित्सकका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय…

Read More