Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको छ, हतारमा शेयर किनबेचभन्दा धैर्य गर्न लगानीकर्तालाई सुसूचित गर्नुपर्ने अवस्था छ ।” देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुने क्रममा बच्चाको दाँत निस्कने क्रममा ज्वरो आएको जस्तो अवस्था रहेको मन्त्री खतिवडाको भनाइ थियो । उत्पादन क्षेत्रमा लगानी बढाएर राष्ट्रिय पूँजी निर्माण…
काठमाडौँ: आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ अंकले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज शून्य दशमलव ७६ विन्दुले घटेको छ । कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भएका छन् । स्टककाअनुसार कारोवार भएका दश उपसमुहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा वित्त शून्य दशमलव एक…
ब्रसेल्स: बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ । उहाँले ब्रेक्जिट योजनामा युरोपेली नेताहरुको समर्थन खोज्नु हुनेछ । युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले ब्रेक्जिटका बारेमा अझै छलफल बाँकी रहेकामा आश्चर्य व्यक्त गर्नुभयो । “म आश्चर्यचकित भएको छु किनभने हामीले नोभेम्बर २५ मै यस बारेमा सम्झौता गरिसकेका छौं,” उहाँले भन्नुभयो । “मैले आज साँझ बेलायती प्रधानमन्त्रीलाई भेट्दैछु र मैले भन्ने कुरा के छ भने हामीले यसअघि गरेको सम्झौता सबैभन्दा राम्रो थियो, र यो नै उत्तम हो,” जन्करले बताउनुभयो । प्रधानमन्त्री मेले युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कसँग पनि…
विराटनगर: राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट गरे । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ उनले भने। संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखिएको भन्दै रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गरे । उनले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पारे ।
माथिल्लो मस्र्याङ्दी–२ को लाइसेन्स चिनियाँलाई दिएको बारे छलफल गर्न बोलाइएको बैठक स्थगित काठमाडौँ: गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक अन्तत १२।३० बजे स्थगित गरिएको हो । बैठकमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि पुगेका थिए तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि अन्ततः उनी पनि बैठक कक्ष सिहंदरबारबाट निस्किए । आज बस्ने…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणले ३५ मेगावाट क्षमताको ब्रह्मायणी र १५ मेगावाट क्षमताको माथिल्लो ब्रह्मायणी आयोजनाबाट उत्पादन हुने विद्युत् खरीद गर्ने सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ती आयोजनाका प्रवद्र्धक एकीकृत व्यापार कम्पनीका अध्यक्ष भरत पराजुलीले हस्ताक्षर गर्नुभएको प्राधिकरणले जनाएको छ । ती दुई आयोजनाबाट उत्पादन हुने विद्युत् खरीदसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको कम्पनीले आज जानकारी दिएको छ । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणले हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षामा चार रुपैयाँ ८० पैसामा खरीद गर्ने छ । आगामी…
काठमाडौँ: माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । शेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेका तथा ग्राहक परिचयपत्र नम्बर नबुझाएका र छ महीनाभन्दा बढी समयसम्म कारोवार नभएको खाताले गर्दा आवेदकले रकम प्राप्त गर्न सकेका थिएनन् । रकम खातामा फिर्ता नभएका आवेदकको हकमा पुनःतथ्याङ्क रुजु गरी सम्बन्धित व्यक्तिलाई खातालगायत अन्य विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ । कम्पनीले…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो । कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्रको आवश्यकता नभएको हो । यही मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरिसकेको छ । अहिले यसअघि १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित…
काठमाडौँ: एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका थिए भने करण…
काठमाडौँ: अपि पावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। लिमिटेडको हिजो बसेको संचालक समितिको बैठकबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगमी १५ औं वार्षिक साधारण सभाले पास गर्ने छ। उसले गत आवको 2074/७५ को चुक्ता पुंजीको पांच प्रतिशत (कर बाहेक) शेयर दिन लागेको हो।