Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रसुवा: तस्करले मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन । सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो । चीनको केरुङबाट मालगाडीसम्म आईपुगेको सुन बोकेर उनी काठमाडौं जान लागेका थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Read More

काठमाडौँ: दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत सावित गरिदिएको छ । उसले आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण सुरु गरेको छ । सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव भएपछि प्रतिष्ठानले विषयगत विधाका फरकफरक चिकित्सक मङ्गल रावल, हरिहर देवकोटा, रमेश भट्टराई र राजिव शाहलाई जुम्लाबाट सुर्खेत अस्पताल काम गर्न पठाएको छ । स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि नगएका बताइन्छ । “सुर्खेत…

Read More

काठमाडौँ: एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ । पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेतासमेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ललितपुर प्याट्रियसलाई पराजित गरेको थियो । पोखराले भने यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता छ । विराटनगरविरुद्ध पराजित भएमा…

Read More

बाँके: ‘ट्रान्जिट पर्मिट’का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको छ । भारत उत्तर प्रदेशका वन विभागले लगाएको ट्रान्जिट पर्मिट, कस्टम, खाद्य प्रयोगशाला र प्लान्ट क्वारेन्टाइनलगायत जाँचका नाममा व्यवसायीलाई अनावश्यक झमेलामा पार्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी सङ्घ नेपालगञ्जले जनाएको छ । सरकारले जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको जनाइरहँदा सरकारी उदासिनताकै कारण जडीबुटी निर्यातमा समस्या भइरहेको व्यवसायीको गुनासो छ । रुपैडिहा नाकाबाट निर्यातका क्रममा झमेला हुन थालेपछि भारतको उत्तर प्रदेशअन्तर्गतकै सुनौली नाकाबाट निर्यातमा सहज देखिएको भन्दै नेपालगञ्जका धेरै व्यवसायीले सुनौली नाका प्रयोग गर्न थालेका छन् । जसका कारण नेपालगञ्जबाट रुपैडिया नाका…

Read More

काठमाडौँ: राजस्व अनुसन्धान विभागले झन्डै ६ अर्व रुपैयाँ कर चलेको अभियोगा ४२ फर्मविरुद्ध मुद्धा दायर गरेको छ। विभागले ती फर्मसंग सम्बध्हा ७६ जनालाई ३ वर्ष कैद सजाय माग गरेको छ। तीमध्ये 8 सरकारी कर्मचारी छन्। ती फर्मसंग ३ अर्व २७ करोड ५२ लाख रुपैयाँ धरौटी मागदावी गरिएको विभागका महानिर्देशक धीर्घराज घिमिरेले बताए। त्यसमध्ये २२ करोड ५७ लाख रुपैयाँ धरुती जम्मा भइसकेको छ। विभागले उनीहरुमाथि कूल ५ अर्व ७७ करोड १७ लाख ६ हजार १३६ रुपैया विगो दावी गरेको छ। जिल्ल्ला अदालतमा दायर मुद्धामा उनीहरुमाथि राजस्व चुहावट एनअनुसार कारवाहीको माग गरिएको छ। यो समाचार आजको कान्तिपुर दैनिक छापिएको छ।

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । नेकपा सचिवालय बैठकमा काठमाडौँ – ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद चुलिएको हो । गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपालर झलनाभ खनाल भने मौन देखिएका छन् । तर पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव ईश्वर पोखरेल खुला रुपमै विरोधमा देखिएका छन् ।

Read More

कञ्चनपुर: अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ । पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गईरहेको छ । विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए । त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रुपमा केही बोल्न मानेको…

Read More

काठमडौं: करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् । रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे । तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ बर्षीया शेरबहादुर…

Read More

धनुषा: प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन् । जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन आज राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ । यस पटक जानकी मन्दिरबाट एक हजार एक भार ९कोशेली० राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए । यसैबीच भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को सङ्ख्यामा जन्ती…

Read More

काठमाडौँ: सरकारले गठन गर्न लागेको उच्चस्तरीय विद्युत् नियमन आयोगमा कूल १९ जनाको आवेदन परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माका अनुसार आयोगको अध्यक्ष पदका लागि पाँच जनाको आवेदन परेको छ । यस्तै सदस्यका लागि १४ जनाको आवेदन परेको छ । आवेदन दिएकाहरुको आज प्रारम्भिक सूची तयार पारिएको हो । आयोगको अध्यक्षका लागि हालैमात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवबाट राजीनामा दिनुभएका अनुपकुमार उपाध्याय, विद्युत् महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत भुसाल, विद्युत् विकास विभागका पूर्व महानिर्देशक डिबी सिंहलगायतले आवेदन दिनुभएको छ । विद्युत् नियमन आयोग ऐन, २०७४ ले आयोगमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था गरेको…

Read More