Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा सन्तोष तामाङ नायक बने । दुवै गोल सन्तोषले नै गरे । खेलको १६ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सन्तोषले पहिलो गोल गरे । कप्तान भरत खवासलाई डिबक्सभित्र एपिएफका डिफेन्डर रमेश दङ्गालले लडाएपछी आर्मीले पेनाल्टी पाएको थियो । त्यस्तै खेलको ३७ औँ मिनेटमा एपिएफका आशिष लामाले…
काठमाडौं: नेपाल राष्ट्र बैंकले सबै बैकहरुलाई बालुवाटारको सरकारी जग्गा धितोमा ऋण लिएको भए त्यसको विवरण पठाउन पत्र लेखेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बिहीबार सबै बैंकहरुलाई पत्र लेख्दै त्यसरी ऋण प्रवाह गरेको भए त्यसको अवस्था र रकमको बारेमा राष्ट्र बैंकमा विवरण पठाउन निर्देशन दिएको हो । बैंकका प्रवक्ता गुणाकर भट्टले त्यसरी पत्र लेखेको जानकारी दिँदै बैंकहरुबाट विवरण आएपछि अरु प्रक्रिया सुरु हुने बताए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने, त्यस्तो जग्गा आफ्नो नाममा ल्याउने तथा त्यसरी प्रत्यक्ष रुपमा संलग्न नभए पनि अहिले जग्गा आफ्नो स्वामित्वमा रहेका व्यक्तिहरुलाई…
अल्माटी, कजाकस्तान(एजेन्सी) : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छिन । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लागेको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेको छ । उनीहरु अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेको थियो । कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँड्नु (स्पेसवाक) भएको थियो ।…
वासिङटन(एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएको हो । आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रत्रिया अगाडि बढेको थियो । राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सबाट अर्थात तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति भएको अमेरिकी सञ्चारमाध्यम बताउँछन् । महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गर्नुभएको भन्ने पक्षमा ४८ मत परेको थियो ।…
काठमाडौँ: ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलपछि उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले विश्वविद्यालयको मूलभूत सिद्धान्तका बारेमा विधेयकमा अलि प्रस्ट हुन नसकेको टिप्पणी गरे । त्यस्तै सांसद डा विमला राई पौडेलले सम्बन्धित निकायसँग प्राप्त छलफल गरेर मात्रै विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए । सांसद रामप्रीत पासवानले संविधानमा व्यवस्था गरिएको समानुपातिक व्यवस्थालाई विधेयकले ध्यान नदिएको…
एजेन्सी: चीनमा कोरोना संक्रमित महिलाबाट स्वस्थ रुपमा जन्मिएकी शिशुमा केही घण्टाभित्रै सोही रोगको संक्रमण भएको पुष्टि भएको छ । जन्मिएको ३० घण्टापछि ती शिशुमा कोरोना संक्रमण देखिएको हो । यी शिशु चीनमा सबैभन्दा कम उमेरमा कोरोनो भाइरस संक्रमित बिरामी भएकी छिन् ।क्वारेन्टाइनमै स्वस्थ्य शिशु जन्मिएपछि डाक्टरहरुले खुशी व्यक्त गरेका थिए। फेब्रुअरी २ मा वुहानको एक अस्पतालमा शिशुको जन्म भएको थियो। उनकी आमा कोरोनो संक्रमित सुत्केरी महिला केही दिनदेखि सो अस्पतालमा क्वारेन्टाइनमा रहेकी थिइन् । जन्मदा उनको तौल ३.२५ केजी रहेको थियो । भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको छ ।
काठमाडौं: पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिके विधेयक सर्वसम्मत पारित गरेको हो । सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताए । कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था…
कोहलपुर: बाँकेमा लागुऔषधको कारोवार दिनप्रतिदिन बढ्दै गएको छ । नेपालबाट गाँजा, चरेस भारतमा लैजाने र भारतबाट बनिबनाउ लागुऔषध जमुनाह नाका हुँदै नेपाल ल्याउने गिरोह नै रहेको प्रहरीको भनाइ छ । ठूलो गिरोहलाई बाँके प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । बाँकेमा पछिल्लो चार वर्षमा कर्तव्य ज्यान, कीर्ते र विष सेवनसम्बन्धी मात्रै ५९७ मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताएको छ । ओलीका अनुसार बाँकेमा यो आर्थिक वर्षको अहिलेसम्म ७०० लागुऔषधका मुद्दा दर्ता भएका छन् । उनले भने, “दर्ता मुद्दामा एक हजार १२५ नागरिक पक्राउ परेका छन् ।” यसरी पक्राउ पर्नेमा अधिकांश भरिया मात्रै हुने…
काठमाडौँ: राष्ट्रियसभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए । “भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उनले भने । उनले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही…
रुपन्देही: शारीरिक तन्दुरुस्ती र खेलको विकासका लागि बिहानको समयमा ब्याडमिन्टन खेल्नेको सङ्ख्या यस जिल्लामा प्रतिदिन बढ्दै गएको छ । पहिले बिहान हिँडेर (मर्निङ वाक) शारीरिक अभ्यास गर्नेहरु अहिले ब्याडमिन्टन खेलतर्फ आकर्षिक भएका छन् तर पूर्वाधार अभावले उनीहरुको ब्याडमिन्टन खेल्ने चाहनालाई भने खुम्च्याइदिएको छ । शहरी क्षेत्रमा भएका केही ब्याडमिन्टन कभर्डहल सीमित व्यक्तिको कब्जामा छन् । कभर्डहल प्रवेशमा अत्यधिक महङ्गो शुल्क तोकिएको छ र यसको सञ्चालन केही व्यक्तिको हातमा राखिएको छ । यसकारण यस जिल्लाका सामान्य आय भएका व्यक्ति ब्याडमिन्टन खेलबाट वञ्चित हुनु परेको गुनासो बढ्दो छ । बुटवल–१३ वेलवासका बाबुराम भुसालको पनि यस्तै गुनासो छ । जिल्लामा बुटवल…
