Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सको पाँच, साउदी अरेबियाको पाँच र कतारका तीन कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको विभागले जनाएको छ । कामदारलाई समयमै सेवा सुविधा नदिइएको, काम दिन नसक्दा श्रमिक अलपत्र भएको, कतिपय कम्पनीनै समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका कम्युटर अधिकृत राजु श्रेष्ठले जानकारी दिए । कामदार पठाउन रोक लगाएसँगै अब ती कम्पनीबाट आउने मागपत्र सम्बन्धित देशका नियोगले प्रमाणीकरण गर्ने छैनन् भने विभागले पनि ती कम्पनीका लागि श्रम स्वीकृति जारी गर्ने छैन…

Read More

काठमाडौँ : शेयर लगानीकर्ताको हितग्राही खाता(डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन । धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा ‘पासवर्ड’ माग गरेका कतिपय लगानीकर्ताले आवश्यक विवरण उपलब्ध नगराउँदासमेत समस्या भएको छ । यस्तै एउटै हितग्राही खाता धेरै दलाल तथा ग्राहकको कारोवार खातामा देखिन गएकाले कारोवारमा पहुँच दिन नसकिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । स्टकमा युजरनेम र पासवर्ड कसरी लिने भन्दै लगानीकर्ताले अत्यधिकमात्रामा चासो देखाएपछि आज धितोपत्र दलाल व्यवसायीलाई बोलाएर छलफल गरेको छ । सहजरुपमा युजरनेम र पासवर्ड दिने व्यवस्था मिलाउन, आवश्यक सम्झौता गर्न तथा स्टकको प्रणालीमा आइसकेको ग्राहकको कारोवार…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको सहजताका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गैरचिकित्सक सचिव पठाइएको स्पष्ट परेका छन् । उनले भने, “सरकारलाई काम गर्न जे सहज हुन्छ, त्यही गर्छ । स्वास्थ्य मन्त्रालयमा त्यही गरिएको हो । यसमा आपत्ति जनाउनुपर्ने कुरै छैन । काम गर्न जानुभएका सचिवको विज्ञतामाथि प्रश्न उठाउन सकिँदैन ।” साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले स्वास्थ्य मन्त्रालयमा चिकित्सक नै सचिव अनिवार्य हुनैपर्ने व्यवस्था नरहेको स्पष्ट गरे । मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीले हालै कार्यभार सम्हाल्नुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले दूरसञ्चार प्रविधिको पछिल्लो पुस्ता फोरजीलाई एक वर्षभित्र विस्तार गर्न मन्त्रालयले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । प्राधिकरणले विद्युत् माग बढाउन, चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता भए असुली गर्न देशव्यापी रुपमा नै कार्य सम्पादन करार सम्झौता शुरु गरेको छ । सोही सम्झौताअनुसार चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको लक्ष्य कम्तीमा ५० प्रतिशत पूरा गरे थप भत्ता उपलब्ध गराइने छ । तोकिएको लक्ष्य पूरा गर्नेलाई बढुवामा थप नम्बर दिने, विदेशमा हुने तालिम तथा अन्य अवसरमा समावेश गर्ने, उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गर्ने प्राधिकरणले कार्ययोजना बनाएको छ । सरकारी स्वामित्वका र निजी क्षेत्रका…

Read More

काठमाडौँ : नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू आवको कात्तिकसम्म तीन हजार ५७ जना फरार अभियुक्त र ७३२ जना फरार अपराधी फक्राउ गरी २० नाल अवैध हतियार र १५ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीले गरेको कारवाहीबारे जानकारी दिँदै सुवेदीले सो अवधिमा २२५ केजी गाँजा, ५८ केजी चरेश, एक केजी हेरोइन र ठूलोमात्रामा कृत्रिम लागुऔषध तथा मनोद्विपक पदार्थ बरामद गरेको बताए । यस्तै विभिन्न जिल्लामा गरेर करीब १९ बिघा जमीनमा लगाइएको गाँजाखेती नष्ट गरिएको…

Read More

काठमाडौ: शेयर बजारमा सुधारको माग राख्दै धर्नामा बसेका शेयर लगानीकर्ताको मागमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङले ऐक्यबद्धता जनाए छन् । नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले लगानीकर्ताको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए । शेयर लगानीकर्ता विगत पाँच दिनदेखि नेपाल स्टक एक्सचेञ्जको कार्यालय अगाडि धर्नामा छन् । उनले भने, “कहाँकहाँ कसरी सुधार गर्नुपर्छ भन्ने विषयमा हाम्रोतर्फबाट पहल हुन्छ । बजारको सुधार र विस्तारका लागि आवश्यक पहल हुन्छ ।” उनले शेयर लगानीकर्ताले शान्तिपूर्णरुपमा आफ्ना माग राखेको र बजार सुधारको आवाज उठाएको भन्दै यसभन्दा अगाडि बढेर अन्य विरोधका कार्यक्रम भने जरुरी नरहन सक्ने उल्लेख गरे । उनले समस्याको सम्बोधनका लागि…

Read More

काठमाडौँ: सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकमा ती ऋणको व्याज मात्र रु एक अर्बमाथि पुगेको छ । यसबाट विभिन्न जिल्लाका ६५० भन्दा बढी परिवार लाभान्वित हुने बताइएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २४ गते बसेको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । ग्रामीण स्वावलम्बन कोषका कार्यक्रम साना किसान लघुवित्त वित्तीय संस्थाबाट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकले नेपाल कपडा सङ्घले उठाएका मागबारे रायसुझाव दिन गठित कार्यदलले बुझाएको…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका संचालक समिति सदस्यहरुप्रति कडा रोष प्रकट गरेका छन्। उनले प्राधिकरणका संचालक समितिका सदस्यहरुले यदि सरकारले दिएको परियोजना गर्दिन भन्छ भने कि त उसले जागिरबाट निष्काशित हुनुपर्छ या त राजिनामा दिनुपर्ला भन्दै सचेत गराएका छन्। उसले सरकारले दिएको कार्यक्रममा यो गर्दिन त्यो गर्दिन यो भए गर्छु भन्छ भने उसले सराकारको नियुक्तिमा पनि बस्ने अनि सरकारलाई नि च्यालेन्ज गर्नु हो। उनले यो कुरा प्रत्येक प्रदेशमा एक एक वटा सामुदायिक स्कुललाई छनोट गरी स्मार्ट स्कुलको रुपमा रुपान्तरण गर्ने कार्यक्रममा देखिएको विवादलाई लिएर टिप्पणी गरेका हुन्। उनले भने प्राधिकरणले सरकारले समेत दिएको र…

Read More

काठमाडौँ: साताको अन्तिम कारोवारको पहिलो दिन शेयर बजारमा सुधार आएको छ । आज बिहिबार नेप्से परिसूचक ७ दशमलब ६० अंकले बढेर एक हजार १४८ दशमलब ७८ अंकमा पुगेको छ । आजको कारोवारमा निर्जीवन बीमा समूहको परिसूचक ६५ दशमलब ७८ अंक, जीवन बीमा ३० दशमलब २७ अंक र बाणिज्य बैंक ८ दशमलब ५५ अंकले बढेको छ । त्यसैगरी विकास बैंक ८ दशमलब ८७ अंक, लघुवित्त समूहको परिसूचक ११ दशमलब ६१ अंक र जलबिधुत ८ दशमलब ८ अंकले बढेको छ । यधपी, अन्य २ दशमलब ५७ अंक र होटल एक दशमलब ८५ अंकले घटेको छ । आज कूल १५४ कम्पनीको ९ लाख…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल ग¥यो । खेलको ७३ औँ मिनेटमा सरस्वतीका भिक्टोर एमओबीले पेनाल्टीमार्फत विजयी गोल गर्दै सरस्वतीलाई शीर्ष तीन अङ्क दिलाए । खेलको ७२ औँ मिनेटमा एनआरटीका खेलाडीले ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भए । जारी लिगमा तेस्रो…

Read More