Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो । फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेपछि थियो हर्नान्डेजले निर्णायक पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाए । योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रोपटक युरोकपको उपाधि जित्ने सपनामा चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् । रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । संविधानत: सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको…

Read More

काठमाडौं । नेपाल प्रहरीमा हालसम्म ५५ हजार ४१० जना सहकारी पीडितहरुले प्रहरीमा विभिन्न सहकारीविरुद्ध उजुरी दर्ता गराएका छन् । सहकारीविरुद्धको उजुरीको संख्या भने ५ हजार ३०० रहेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को छलफलमा प्रहरीबाट यस्तो तथ्याङ्क प्रस्तुत भएको हो । शुक्रबार समितिले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक तथा सीआईबी प्रमुख श्यामलाल ज्ञवाली र प्रहरी अतिरिक्त महानिरीक्षक तथा अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी ठगीका ५ हजार ३०० उजुरी प्रहरीमा दर्ता भएको र त्यसमा ११ अर्ब ४७ करोड ६६…

Read More

काठमाडौँ । स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए । खेलको अन्त्यतिर ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परे पनि जर्मनीले त्यसपछि गोल फर्काउन सकेन । यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई…

Read More

काठमाडौँ: शुक्रबारदेखि तीन दिन नेपालमा मनसुन अझै सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष बुलेटिन सार्वजनिक गरेर मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने जानकारी दिएको हो। महाशाखाले यसअघि १६ गते विशेष बुलेटिन सार्वजनिक गरेर मनसुन सक्रिय हुने र यसबाट हुनसक्ने क्षतिबाट सतर्क रहन भनेको थियो। बिहीबार पुनः विशेष बुलेटिन सार्वजनिक गरेर महाशाखाले उक्त क्रम आइतबारसम्म चल्ने र मनसुन थप सक्रिय हने जनाएको हो। मनसुन थप सक्रिय हुँदा आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। त्यस अवधीमा कोशी प्रदेश, मधेश…

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदावीसहित परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएको छ । बिहीबार मुद्दाको सुनुवाइ गरेका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्नेछ । के कारणले राय बाझिएको हो भन्नेबारे सर्वोच्च अदालतले संक्षिप्त आदेश सार्वजनिक गरिसकेको छैन । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्दा नचलेको भन्दै पत्र दिएको थियो । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयले त्यसरी पत्र दिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सहकारीको रकम हिनामिना गरेको आरोप…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट यसपालि सरकारमा मन्त्री पठाउँदा सबैको प्रतिनिधित्व हुने गरी पठाउनुपर्ने बताएका छन्। यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएकोले यसपटक समावेश गरिनुपर्ने उनले बताए। ‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री कांग्रेसबाट सरकारमा थिए। तर एउटा दलित, थारू र मधेसी गएन,’ इटहरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै थापाले भने, ‘मन्त्रीमा दलित, थारू, मधेसी पठाएनौं। कहिले पठायौं भन्दा २०१५ सालमा पठाएको हो नि! २०८१ मा पठाउनुपर्‍यो नि!’ उनले पार्टीभित्र भाग पुर्‍याउने नाममा पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए। ‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ उनले भने, ‘पटक-पटक मन्त्री भएकाहरूलाई…

Read More

सहकारी संस्था बचत दुरुपयोगबारे गठन भएको संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो। समितिका सभापति सूर्य थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीलाई छानबिनमा सहयोग आग्रह गरिएको बताए। सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उनले उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने बताए। समितिले गृहसचिव, प्रहरी महानिरीक्षक सहितलाई समेत शुक्रबार बस्ने बैठकमा उपस्थित हुन भनेको छ। ‘आज हामीले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई…

Read More

काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु भएको) छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । योसँगै फास्ट ट्र्याकमा पर्ने तेस्रो सुरुङ पनि छिचोलिएको छ । सो सुरुङमार्ग छिचोल्ने कार्यक्रमको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट निरीक्षण गरेका थिए । सो अवसरमा उनले द्रुतमार्गका अन्य सुरुङहरु पनि छिचोलिने क्रममा रहेको भन्दै सरकारले दिएको जिम्मेवारी सेनाले जिम्मेवारीपूर्वक निभाइरहेको बताए । यसअघि ४ जेठमा दु्रुतमार्गको लेनडाँडामै रहेको काठमाडौंबाट निजगढतर्फ…

Read More

काठमाडौँ: बिहीबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेको छ । बुधबार ४०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार १६ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ रहेको छ…

Read More