Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार तीव्र, ३९६७ जनाको हवाई उद्धार काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लम्बाइ, ५.५ मिटर चौडाइ तथा ५० टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको कामलाई तीव्र रूपमा अघि बढाइरहेको छ। नेपाली सेनाले हवाई साधनमार्फत पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार कार्य जारी राखेको छ। विभिन्न जिल्लामा नेपाली सेनाले खोज तथा उद्धार, राहत, उपचार तथा अवरुद्ध पूर्वाधार सञ्चालनको कामलाई तीव्रता दिएको छ। प्रभावित क्षेत्रमा सडक तथा पुल सञ्चालनदेखि हवाई र जमिनी उद्धार तथा जलविद्युत् आयोजनाका सुरुङमा खोजी…

Read More

काठमाडौं: जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण छ । स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। ड्रोनमा…

Read More

काठमाडौँ: गृहमन्त्री सुदन गुरुङले आफूलाई कतिपयले राज्य सञ्चालक पुराना नेताहरूकै शैली अपनाउन दबाब दिइरहेको बताएका छन्। आज बिहान त्रिशूली–३ ‘ए’को सुरुङबाट दुईजनाको उद्धार भइरहँदा गुरुङ पनि घटनास्थलमै पुगेका थिए। त्यसक्रममा उद्धार गरिएका हाइड्रोका कर्मचारीलाई घटनास्थलबाट हेलिकप्टरसम्म पुर्‍याउँने कार्यमा गुरुङ पनि सक्रिय रहेको भिडियो सार्वजनिक भएपछि कतिपयले उनको यो शैलीको आलोचना गरेका छन्। सामाजिक सञ्जालमा उनले आफूलाई पुरानो शैलीका नेतृत्वलाई झैँ मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्रै समात्ने रूपमा मात्रै नबुझ्न पनि आग्रह गरेका छन्। ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ, जेनेरेसन ग्याप’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ…

Read More

काठमाडौँ: नेपाली सेनाले माथिल्लो त्रिशूली ३ एमा जनशक्ति थपेको छ। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो। दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो। योसँगै उक्त टोली अहिले पावरहाउसभित्र प्रवेश गरेको बताइएको छ।

Read More

काठमाडौँ, १९ भदौ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि विपद्बाट प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु…

Read More

काठमाडौँ: पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जनाको उद्धार गरिएको छ। आज (शुक्रबार) बिहान करिब ४:५० बजेतिर फेवाको सिरानतिर रहेको सेदीबाट मुख्य लेकसाइड क्षेत्रमा आउँदै गरेको भारतीय नम्बर बीआर ०५ ६७५९ रहेको कार गैरीचौतारा भन्ने ठाउँमा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ। गैरीचौतारानेर घुम्तीबाट कार २० मिटर तल फेवामा खस्दा भारतको बिहार प्रदेशका २६ वर्षका नवदीपकुमार यादव र अर्का अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको हो। दुर्घटनापछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराइमा दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो। जसको मृत्यु भयो। बाँकी २ जना २७ वर्षका अनमोल…

Read More

काठमाडौँ: भोटेकोसी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन आज शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन ४५ जनासम्म रहेको बताएका छन्। उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको दिन ४०-४५ जना रहेको जानकारी दिएका हुन्। ‘म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइमा ५/६ जना मात्रै हुन्थ्यौँ। यतिबेला ४०/४५ जनै थियौँ’, उनले भने, ‘म कन्ट्रोल रुममा भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन। सबैलाई बचाउनुपर्‍यो। सबैलाई बचाउने क्रममा मैले भनेँ- एक्सिडेन्ट भयो ठुलो ड्याममा। अनि सबैलाई भाग्न भनेँ। त्यसो गर्दाखेरि मेरो…

Read More

काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ । सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो । यसैगरी, त्रिशूली–३ ‘ए’ सुरुङ भर्खरै अर्को एक जना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीेले जनाएको छ । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ । सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ । उद्धार गरिएका साहलाई आवश्यक…

Read More

यस्ता छन्, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय काठमाडौँ l सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिक, उद्योग–व्यवसाय तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई लक्षित गर्दै राहत तथा पुनरुत्थानका विभिन्न कार्यक्रम घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडितका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। उक्त रकम बाढी प्रभावितको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहत कार्यमा प्रयोग गरिनेछ। सरकारले बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अघि बढाउने भएको छ। यसअन्तर्गत राहत, कर तथा महसुल छुटलगायत विभिन्न सहुलियत र सुविधा उपलब्ध…

Read More

काठमाडौँ l रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानस्वरूप घटना भएको १३औँ दिन, सोमबार भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। भोटेकोशी बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले राष्ट्रियस्तरमै शोक मनाउने निर्णय गरेको हो।

Read More