Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कठमाडौँ: दुर्गम क्षेत्रका जिल्लामा तिहारका लागि खाद्यान्नको ढुवानीको उचित व्यवस्थापन गरिसकेको नेपाल खाद्य संस्थानले जनाएको छ । संस्थानका प्रवक्ता शङ्कर सापकोटाका अनुसार दुर्गम जिल्लामध्ये हुम्ला जिल्लाबाहेक अन्य जिल्लामा आउँदो तिहारका लागि खाद्यान्नको कुनै समस्या छैन । हुम्लामा पनि दैनिक ३० देखि ४० क्विन्टल चामल ढुवानी गर्ने कार्य शुरु भइसकेको छ । मध्य र सुदूरपश्चिम जिल्लामा खाद्यान्नको समस्या हुने गरेकोमा जाजरकोट, बाजुरा तथा मुगु जिल्लामा पनि खाद्यान्नको समस्याको समाधान भइसकेको जानकारी दिँदै उनले सडक नपुगेको डोल्पामा निजी क्षेत्रको विमानमार्फत चामल ढुवानी भइरहेको बताए । संस्थानका अनुसार यस वर्ष देशका सबै भूभागमा राम्रो पानी परेको र किसानको परिश्रम पनि राम्रो भएकाले धानको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित भएपछि अस्पताल भर्ना गर्नुपरेको उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको रुघा–खोकी बढ्नुका साथै सुगर रिलेटेड इन्फेक्सन देखिएपछि आज बिहान साढे चारबजे अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ ।

Read More

काठमाडौँ: सोमबार बिहान अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। केहीबेरअघि दाहालले प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था बुझेको दाहालको सचिवालयले जनाएको छ। यसअघि खोकी बढेपछि सोमबार बिहान सवा तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्‍याइएको थियो। अहिले अस्पताल परिसरमा नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ। प्रधानमन्त्री ओली केही दिन यता बिरामी परेका थिए। स्वास्थ्यका कारण उनी शनिबार पार्टीले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन्।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको हो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।

Read More

काठमाडौँ :नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री आज जारी गर्न लागेको हो । जम्मा ४ अर्ब रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको ट्रेजरी बिल २०७५ माघ १५ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७६ कार्तिक १२ गते परिपक्व हुनेछ ।

Read More

काठमाडौं: तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए । उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। २०७३ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको सचिवालयलाई प्रयोग गर्न आवश्यक पर्यो भन्दै मेलम्ची आयोजनाको बा१झ ८७५९ नम्बरको प्राडो गाडी माग्यो । प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको ठाडो आदेशमा लगिएको उक्त गाडी अहिले कसले प्रयोग गरिरहेको छ भन्नेमा आयोजना नै बेखबर छ । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । तत्कालीन…

Read More

काठमाडौँ : नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा आज सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार राति काठमाडाँै आएका छन् । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्ने छन् । वार्तामा उनिहरुबीच नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । त्यसपछि दुवै देशका श्रममन्त्रीले श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ । नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता…

Read More

काठमाडौं: संविधान संशोधनसहित मधेसवादी दलको मुद्दा सम्बोधन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । आफूहरूको माग सम्बोधन गर्नमा चासो नराखेको आरोपसहित राष्ट्रिय जनता पार्टी ९राजपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलन गर्ने चेतावनीयुक्त ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले छलफल गरेर अगाडि बढ्न खोजेका हुन् । २२ कात्तिकमा प्रधानमन्त्री ओलीलाई भेटेर राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । संविधान संशोधनसहितका माग सम्बोधन गर्ने आश्वासनपछि राजपा नेपालले सरकारलाई समर्थन गरेको थियो । प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले राजपा नेपालका नेतासँग छलफल गर्ने तयारी भए…

Read More

बागलुङ: पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन् । “मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन्” बागलुङका होटल व्यवसायी निलेश राजभण्डारीले भन्नुभयो, “त्यहाँ ठूलो क्षमताका होटल छैनन् त्यसैले होटल खोज्दै बागलुङ आउछन् ।” दशैँ तिहारबीचमा मुस्ताङ घुम्न आएका काठमाडौँका केशव लामिछाने म्याग्दी बास बसेर…

Read More

काठमाडौं: मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार ४०७ पटक कुटनीतिक राहदानी जारी भएको छ । गत वर्ष राहदानी विभागले ५३७ वटा रातो पासपोर्ट जारी गरेको छ । यस वर्ष असोज मसान्तसम्म ५९७ वटा राहदानी जारी भइसकेको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए । मन्त्री, सांसददेखि नगर प्रमुख र सरकारी कर्मचारीसम्मले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन्…

Read More