Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ । रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ । विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी नगर्न पनि…

Read More

काठमाडौं : सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर, घुस लिन छाडेनन्। प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे। १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो। ‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन।’ कर्मचारीले घुस खानै नपाउने व्यवस्था चाहिएको दंगालले जिकिर गरे। ‘शपथले पुग्दैन, सरकारी सेवामा संरचनागत परिवर्तन र सुधारको खाँचो छ’, उनले भने, ‘बाहिर घुस खान्नँ भने पनि अन्तर्आत्मादेखि त्यो…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाउनु भएको हो । बाँके जिल्लाको करीब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । राप्ती नदीको बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना हस्तान्तरण नभएको अवस्थामा देखा परेको समस्या समाधानको लागि ठेक्का सम्झौताअनुसार निर्माण…

Read More

काठमाडौँ: आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ अन्तिम उपाधिका लागि भएको आजको खेल नेपालको पोल्टामा नेपालले टाइटल जितेको छ। आज भएको खेलमा सिङ्गापुरसँगको खेल वर्षाले प्रभावित बने पनि नेपालले उपाधि रनरेटको आधारमा जितेको हो। मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खेल रद्द भएपछि नेपाललाई विजेता घोषणा गरिएको थियो । सिङ्गापुर र नेपालको समान ६ खेलबाट समान ११÷११ अङ्क भए पनि नेपाल रन रेटका आधारमा अघि भएपछि उपाधि जितेको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको…

Read More

काठमाडौँ: नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो । कम्पनीले सो आवमा रु १८ करोड १६ लाख नाफा गरेको आज यहाँ आयोजित साधारणसभामा जानकारी दिइयो । कम्पनीको चुक्ता पूँजी रु १८ करोड रहेको छ । बोनस शेयर पारित भएपछि चुक्ता पूँजी बढेर रु २१ करोड ६० लाख पुगेको छ । कम्पनीले आव २०७४÷७५ मा ९६ लाख ८६ हजार चेकमार्फत् रु २६ अर्ब ६० करोड बराबरको…

Read More

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए । खरीद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । अधिकृत पोखरेलले भने, “कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।” उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी…

Read More

काठमाडौँ : नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अङ्क पाएको छ । नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ । नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्याण्डमा भएको विश्व टी–२० एशिया छनोट खेलेको थियो । बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अङ्क पाएको छ । यस्तै न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र…

Read More

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताएका छन् । उनले भने, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको छ ।” कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारको आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति उचित नभएको बताए । काठमाडौँलाई केन्द्रमा राखेर चीन र भारतबाट रेल सञ्जालको विस्तार गर्ने विषयमा महत्वपूर्ण सम्झौता भएको र कार्यान्वयनको प्रक्रियामा समेत…

Read More

काठमाडौँ: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले काठमाडौँमा जनघनत्व बढेसँगै सर्वसाधारण जनताले बढी उपभोग गर्ने दूध, पानी, तेल तथा मासुमा सरकारले नियमित नियमन गर्न नसकेको बताएका छन् । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने, “चाडबाडमा एक महीना जति नियमन हुने र त्यसपछि क्रमशः हराएर जाने प्रवृत्ति छ, यस्तो प्रवृतिलाई अन्त्य गरी अब वर्षभरि नै नियमन गर्ने प्रक्रिया ल्याईनेछ ।” मन्त्री खनालले स्वस्थ मासुको व्यवस्थापनका लागि हेटौँडास्थित दैनिक २०० राँगो काट्ने क्षमता भएको बधशालाको उपयोगमा ल्याउने बताउँदै काठमाडौँ उपत्यकामा ४० वटा मिटमार्ट निर्माण गर्ने योजना सरकारले बनाइरहेको जानकारी दिए । हाल काठमाडौँमा दैनिक ४०० राँगा काट्ने गरिएको उल्लेख गर्दै बधशालामा सर्वसाधारण…

Read More

काभे्रपलाञ्चोक: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइने बताएका छन् । काभे्रपलाञ्चोकको धुलिखेलमा आर्थिक पत्रकार समाजद्वारा पुनःनिर्माणबारे आर्थिक पत्रकारका लागि आज धुलिखेलमा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले भने, “आवास पुनःनिर्माण स्थानीय समिति बनाएपछि सोही समितिले अनुगमन गरी समस्या र चुनौतीबारे मूल्याङ्कन गर्दै गुणस्तरीयरुपमा काम सम्पन्न गराउँछ ।” उनले स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि रहने स्थानीय पुनःनिर्माण समिति बनाइने तथा त्यसको प्रदेश सांसद, जिल्लास्थित समन्वय अधिकारीले अनुगमन गर्ने नीति बनाइने बताए । उनले स्थानीय तहमा प्राधिकरणको संरचनाभित्र स्थानीय तहमा गएका शिक्षा, शहरी विकासलगायतको कर्मचारीलाई राखिने…

Read More