Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आज बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन्। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो। नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन (तस्बिर/भिडिओ) वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। वीरगन्ज बसपार्क नजिक…
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए । एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । एन्जल डिलक्समा सवार…
काठमाडौँ: कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्। डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो। उनीहरूको शव निकालिसकेको छ।
चितवन: चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको समाचार छ । बससहित यात्रुहरु समेत बेपत्ता भएका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले कति यात्रु बेपत्ता छन् भन्ने नखुलेको जनाएको छ । ७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र…
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीको नेतृत्व गरेर जाने नेताबारे छलफल गरेका छन् । नेताहरुका अनुसार दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ यसअघि प्रचण्ड सरकारमा गइसकेकाले नयाँ सरकारमा पठाउने सम्भावना छैन…
काठमाडौँ: चालू आर्थिक वर्ष २०८०/८१ को एघार महीना अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालू आवको जेठ मसान्तसम्म साढे एक वर्षको वस्तु तथा सेवा तथा १५.१ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । विसं २०८१ जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्दि भई १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । यसैगरी अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति…
काठमाडौँ: बाढी पहिरोले भौगोलिक कठिनाइ आउने भन्दै, सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लिग साउनदेखि लागु नगर्ने निर्णय गरेको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि पछि हटेको हो। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय प्ररिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्। यस्ता छन्…
काठमाडौँ: अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो। जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक ९डीआईजी० दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन्। घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका…
काठमाडौँ: प्रधानमन्त्री अल्पतमा परेपछि प्रतिनिधि सभामा विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा (२) कि (३) अनुसार सरकार गठन हुन्छ भन्नेमा बहस जारी छ। यता, नव गठित नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार उपधारा (२) अनुसार नै हुने भन्दै कम्तीमा १७८ सांसदको हस्ताक्षर तयार गरेका छन्। युक्त सांसदहरूको हस्ताक्षरसहित धारा ७६ (२) अनुसार सरकार गठनको दाबी गरिने कांग्रेस स्रोतले जानकारी दिएको छ। सरकारलाई समर्थन गर्ने ठूलो दलले साथ झिकेपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। तर, उनले विश्वासको मत पाउने सम्भावना नभएपछि प्रतिनिधि सभाको ठूलो दलले संविधानको धारा ७६ (३) अनुसार सरकार…