काठमाडौँ:
नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
मंगलवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ परेका खड्का काठमाडौंको साविक काठमाडौं महानगरपालिका–३५ हाल कामनपा–३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो। सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो।
खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईंट्टा समेत प्रहार गरी घाइते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।