Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
हेटौँडा: प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले पृष्ठ ३ मा छापेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो । विधेयकको चालक अनुमतिसम्बन्धी व्यवस्थामा दफा ५१ मा चाकको योग्यता कक्षा ८ उत्तीर्ण नभएको व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न योग्य नहुने उल्लेख छ । प्रदेशसभामा पेस भई सैद्धान्तिक छलफल भएको विधेयकमा अनुमतिपत्र प्राप्त गर्न ठूला सवारीको हमा २५ वर्ष, मझौला सवारीका लागि २२, सानो सवारी, मोटरसाइकल, स्कुटरलगायतका सानो दुई पांग्रेका लागि १८…
काठमाडौं: काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन । प्रहरीमा परेका उजुरीमध्ये ७४१ ‘पेन्डिङ’मा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिउको छ । १६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ । ११३ उजुरी भने फिर्ता गरिएका छन् । पेन्डिङमा रहेका चेकमा उल्लेख गरिएको एक अर्ब १३ करोड ४१ लाख ४९ हजार १८८ रुपैयाँ रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरमा दैनिक १५-२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता…
महेन्द्रनगर: ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् । आजको कान्तिपुरको पृष्ठ ३ मा समाचार छापिएको छ । ‘दुईजनालाई बर्खास्त गरेर हामीलाई भुलाउन खोजिएको त होइन?’ उनले भनिन्, ‘कसैलाई निलम्बित गरियोस् वा बर्खास्त, हामीलाई त हत्यारा चाहियो।’ निर्मलाका बुबा यज्ञराजले एसपी र इन्स्पेक्टरलाई बर्खास्त गरेर वास्तविक अपराधी जोगाउने षड्यन्त्र गरिएको बताए। ‘अब छोरीको हत्यारा पत्ता लाग्ने आस छैन,’ उनले भने, ‘न्याय पाउनै कठिन भयो।’ भीमदत्त नगरपालिका २, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या…
काठमाडौँ : विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जका लागि निकट भविश्यमा नै काठमाडौँ उपत्यकामा केही स्टेशन तयार गरिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले साझा यातायातले आयात गरेको विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने…
काठमाडौँ: निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको इजलाशबाट नामसम्बन्धी विवादको फैसला गर्दै सो निर्णय गरेको हो । ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा ४ को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानूनअनुसार आयोगमा दर्ता रहेका दल दर्ता हुन पर्ने छैन र त्यस्ता दल सोही ऐनबमोजिम दर्ता भएको मानिने कानूनी प्रावधान रहेको उल्लेख गर्दै कानूनबमोजिम दर्ता भएका दलको पुनः दर्ता हुनुनपर्ने आयोगले स्पष्ट पारेको छ । आयोगमा दर्ता भएको मूल नाम नेपाल कम्युनिष्ट पार्टी मूल नाम भई अन्य पहिचान खुलाएका सात वटै दल कानूनअनुसार नै रहेको आयोगको ठहर छ ।…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको धितोपत्रकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको जनाएको छ । निक्षेप सेवा विनियमावली, २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज गरिएको हो । नयाँ व्यवस्थाबाट सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज तथा व्यापक भई लगानीकर्ता लाभान्वित हुने बोर्डको विश्वास छ । सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्यसमेत नेप्सेको सिफारिशमा सम्बन्धित सूचीकृत कम्पनीबाट हुने गरेको थियो । सिडिएस एण्ड क्लियरिङको स्थापना भएपश्चात् धितोपत्रको राफसाफ तथा नामसारी कार्य उक्त संस्थाबाट नै हुने गरेको तर…
काठमाडौँ: राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु गरेको छ । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त कम्पनीले यही कात्तिक ५ गतेदेखि लागू हुने गरी १०५ दिनभित्र डिपिआर तयार गर्नेछ । डिपिआरलाई अघि बढाउने सिलसिलामा सुसुङ कम्पनीले भौगर्भिक अध्ययनको काम शुरु गरिसकेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना र सुसुङ कम्पनीका भौगर्भविद्सहितको प्राविधिक टोली स्थलगत अध्ययनका लागि…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरु विरुद्ध आरोपत्र दायर गरेको हो । नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलमा कार्यरत शाखा अधिकृत हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । सोही कार्यालयका नायब सुब्बा अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर…
काठमाडौँ: नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित करीब १८० माथि कोर्ट मार्शल गर्ने भएको छ । सहायकरथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन समिति (कोट अफ इनक्याइरी) ले दिएको प्रतिवेदनका आधारमा जङ्गी अड्डाले उनीहरुमाथि कोर्ट मार्शल गर्न लागेको हो । उपरथी शरद गिरीको अध्यक्षतामा रहने समरी जनरल सैनिक अदालतले उनीहरुसँग बयान लिएपछि कसूरका आधारमा दण्ड र सजाय सुनाउने छ । अदालतले कसूरको मात्र हेरर उनीहरुलाई कैद सजायदेखि बर्खास्त, घटुवा र जरिवाना गर्नेछ । सैन्य भर्ना गर्दा रकमको चलखेलका आधारमा तोकिएको मापदण्डभन्दा होचा, शारीरिक हिसाबले अयोग्य र नक्कली परीक्षार्थी सामेल गरेको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानको क्रममा समितिले…
काठमाडौँ: इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो । त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत…
