Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स छन् । रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । अनुमानित बजेट पाँच करोड…

Read More

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताए । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए । सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा…

Read More

काठमाडौँ: ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए । “भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान शुरु हुनेछ, हामीसँग दुईवटा बेलुन छन्, पहिलो चरणमा हामी एउटा मात्र उडाउँछौँ, एउटामा एक पटकमा आठ जनाले उडान भर्न मिल्छ”, उनले भने । पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको उहाँको भनाइ छ । बेलुनले…

Read More

काठमाडौँ: श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल भएको छ । ती विषयगत क्षेत्रमा कन्सुलर सहायता, आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ्य र महिला आप्रवासी कामदारको समानता रहेका छन् । बिहीबारदेखि यहाँ शुरु भएको बैठकमा कोलम्बो प्रोससमा आबद्ध सदस्य राष्ट्र नेपाल, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्ड, बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का र भियतनामका प्रतिनिधिमण्डलको सहभागिता रहेको छ । कोलम्बो प्रोसेसको सोच र प्रतिबद्धता कार्यान्वयनका लागि क्षेत्रगत कार्यसमूह निकै महत्वपूर्ण अङ्ग मानिन्छ । विगतका दुई वर्षमा ती समितिका १८ बैठक सफलतापूर्वक सम्पन्न भइसकेका छन् । बैठकले सुरक्षित…

Read More

जिरी: दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । असोज २० मा आयोजनाको सुरुङको पहिलो ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताए । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा प¥ुयाएको हो । अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी दिए । पाँच हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउसतर्फको खण्डमा ९०० मिटर सुरुङ मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य आयोजनाले राखेको छ…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ । अबको पाँच महीनामा निर्माण कार्य सकिने विमानस्थलले जनाएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को रु एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण गरिरहेको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा रु ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा रु ५९ करोड खर्च हुनेछ । विमानस्थलका अनुसार उत्तरपूर्वतर्फ दुईवटा वाइड बडी जहाज र…

Read More

विराटनगर: विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले जानकारी दिए । चालु आवको तीन महीनामा रु दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । गत आवमा सो अवधिमा रु एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर,…

Read More

काठमाडौँ: जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरणका लागि चार करोड ३९ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सप्लानीरमार्फत प्राप्त हुने अनुदानबाट ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसकारी संस्थाले उक्त परियोजनालाई कार्यान्वयन गर्नेछ । यहाँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र सप्लानीरका नेपाल प्रतिनिधि हिरोमी कात्सुइले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । पहिरोको जोखिम रहेको लोथर र बाढीको खतरा रहेको मादी नगरपालिका क्षेत्रमा सघनरूपमा परियोजना कार्यान्वयन गरिने बताइएको छ ।

Read More

काठमाडौँ: शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो, “एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो सातादेखि गर्ने सहमति भएको छ, प्रतियोगिता शुरु हुने मिति केही समयमा तय गर्छौं ।” सहमतिअनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई रु चार÷चार लाख आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ । ‘सी’ डिभिजन लिगमा ११ सी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड, खलिबारी, मनहरा,…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले किसानबाट धान खरिद प्रक्रिया छिटै शुरु गर्ने भएको छ । व्यापारिक प्रयोजनका लागि संस्थानले यो वर्ष पनि विभिन्न जिल्लाबाट झन्डै तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको संस्थानका प्रबक्ता शंकर सापकोटाले बताए । संस्थानले तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्न ९१ करोड रुपैयाँ छुट्याएको उनले बताए । दुर्गम जिल्लामा चामल पठाउनका लागि संस्थानले बर्सेनि धान खरिद गर्दै आएको छ । संस्थानले विभिन्न जिल्लामा गएर किसानबाट उपयुक्त मूल्यमा धान खरिद गर्ने गर्छ । संस्थानका अनुसार झापा, मोरङ, धनुषा, सिरहा र पर्सा लगाएतका तराईका विभिन्न जिल्लाबाट धान खरिद गर्न लागिएको छ । उनले भने…

Read More