Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा उठन बाँकी २७ करोड पाँच लाख ६४ हजार ५७९ रुपैयाँ रहेको छ । सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताए । कोषले हालसम्म तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ रुपैयाँ लगानी गरेको…

Read More

काठमाडौँ: पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा २१ दशमलब दुई प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए भने सन् २०१७ को अन्त्यमा आइपुग्दा सो सङ्ख्या बढेर ४१ दशमलब ६ प्रतिशतमा पुगेको छ । प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो सङ्ख्या क्रमशः…

Read More

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गरेका हुन् । प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच पछिल्लो समयमा प्रदेशको राजधानी तोक्ने र प्रदेशको पूर्वाधार विकासका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो ।

Read More

काठमाडौँ: उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन वटा प्रतिवेदन तयार भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । शहर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता र स्थलगत प्रतिवेदन तयार भएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले राससलाई जानकारी दिनुभयो । “विसं २०७६ असार मसान्तसम्म शहरको विस्तृत परियोजना प्रस्ताव तयार हुने समयसीमा छ, समयसीमाभन्दाअघि नै काम सकिने भएकाले बजेटको व्यवस्था भए सोही सालको वैशाखदेखिनै काम शुरु हुन्छ, प्रस्ताव तयार पार्न रु १० करोड बजेट छुट्याएको छ”, उहाँले भन्नुभयो…

Read More

काठमाडौँ: कार्यान्व्यनमा आउनै नसकेको नेपाली वक्स अफिसमा शुक्रबार दुई नेपाली चलचित्र ‘मालिका’ र ‘चङ्गा चेट’ रिलिज भएका छन्। मालिकालाई रेखा थापाले निर्माण तथा निर्देशन गरेकी हुन् भने दिपेन्द्र के खनाल ‘चङ्गा चेट’का निर्देशक हुन्। मालिका हाल देशमा चर्चको बहसमा रहेको बलात्कार, बालबिबाह लगायतका महिला हिंसाको सेरोफेरोमा निर्माण गरिएको सिनेमा हो। फिल्ममा रेखाले जाजरकोटकी कमला वलीलाई मुख्य कलाकारका रूपमा पेस गरेकी छिन्। कहिले फिल्म नहेरेकी कमलालाई अभिनय गराएका कारण पनि फिल्म चर्चामा छ। च्यारिटी शोमा राम्रो प्रतिक्रिया बटुलेको सिनेमाले हलमा पनि राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ। यस्तै माधव वाग्लेले निर्मित डार्क कमेडीमा सामाजिक विषयवस्तुलाई रहने निर्माणपक्षको भनाइ रहेको छ ।…

Read More

काठमाडौँ: विगत तीन महिनादेखि लगातार घाटा व्यहोरी रहेको नेपाल आयल निगमले थप घाटा खाएरै पनि छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ। प्रधानमन्त्री तथा सम्बन्धित् मन्त्रालय र संसदीय समितिको निर्धेशन पालना गर्दै निगमले मूल्य समायोजन नगर्ने निर्णय गरेको निगमका प्रवक्ता विरेन्द्र गॊइतले बताए। उनले भने निगम व्यापारिक संस्थामात्रै नभई सेवा तथा सरकारी संस्था भएकोले सरकारको निर्देशन अनुसार काम गर्नु पनि यसको दायित्व हो। विगत तीन महिनामा निगमको घाटा लगभग तीन अर्व रुपैयाँको हाराहारीमा पुगेको बताउँदै उनले भने- जति नै घाटा भएपनि चाडपर्वमा जनतालाई अतिरिक्त भार नपारी पेट्रोलिय पदार्थ विक्री गर्ने निर्णय गरेका हौँ । पछिल्लो समय नेपाली रुपैयाँमा भएको अवमूल्यन…

Read More

काठमाडौँ: नेपाल बैंक लिमिटेडमा कनिष्ठ सहायकदेखि सहायक प्रवन्धकसम्म विभिन्न पद तथा श्रेणीमा शुक्रबार जागिरका लागि आवेदन खुला भएको छ । बैंकले जुन कुनै पदका लागि अनलाइनबाट दर्खास्त हाल्न मिल्ने व्यवस्था गरेको छ। यसका लागि बैंकको साइट डब्लु डब्लु डब्लु डट एनबीएल डट कम डट एनपीमा लग इन गरेर भर्ना मिल्न सकिन्छ । बैंकले सहायक प्रवन्धक प्राविधिक र अप्राविधिक गरी जम्मा ८० जना, सहायक पदका लागि प्रदेश अनुसार २६० भन्दा बढी र कनिष्ठ सहायक पदका लागि प्रदेश अनुसार ४९ जनाका लागि जागिर खुलेको छ। यस्तै, बैङ्का अनुसार तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदको हकमा उम्मेदवारले आफुले चाहेको कुनै…

Read More

काठमाडौँ: ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो । काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य र कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । काठैकाठबाट बन्ने काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्दछ । कर्पोरेशनका महाप्रबन्धक लौडारी बजारमा सामान्यतया १० फिट लामो काठ पाइने भएपनि काष्ठमण्डप पुनःनिर्माणका लागि ३८ फिट लामो काठ…

Read More

चौतारा:  विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (१४) फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करीब २३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र क्षेष्ठका अनुसार तातोपानी धाराभन्दा माथि २०० मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो भागमा सिमेण्टेड टेवा…

Read More

काठमाडौँ: छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो । सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको छ । डा श्रेष्ठले भने, “प्रधानमन्त्रीज्यू पहिलेको जस्तै अवस्थामा आउनुभएको छ, तर आज या शनिबार डिस्चार्ज गर्ने भन्नेबारेमा अहिले निर्णय भइसकेको छैन ।” प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा…

Read More