Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पर्वत: विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ४०० घर मात्र निर्माण भएका छन् । घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् । पहिलो किस्ताको रकम लगेका तीन हजार ४०० नौ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् । पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार…

Read More

लहान: दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ÷घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ छाडेका हुन् । दुबै पक्ष गरी ४० जनाविरुद्व प्रहरीमा मुद्दा दर्ता भएको थियो । एक पक्षले वडाध्यक्ष बिन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देवनारायण यादवसहित २२ लाई विपक्षी बनाएर अङ्गभङ्ग तथा ज्यान मार्ने…

Read More

दमौली: तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मिया मृतावस्थामा फेला परेकी हुन् । मङ्गलबार बिहान मर्निङवाकमा निस्किएकी मिया बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । शान्तिनगरको भिर नजिकै लठ्ठी र चप्पल फेला परेपछि प्रहरीले मियाको खोजी गरेको थियो । मृतक मिया प्यारालाइसिसकी बिरामीसमेत रहेकी थिइन् ।

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो । यसअघि प्रवक्ता हुनुभएका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए।

Read More

काठमाडौं: कर्जाको बढ्दो मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ । यसको प्रत्यक्ष असर बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी)मा दबाब देखिएको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ । ‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यद्यपि वाणिज्य बैंकहरूको औसत सीडीसी निर्देशित सीमाभित्रै छ।’ असोजको अन्तिम साता दसैंबीचमा पनि निक्षेप र रेमिट्यान्स आप्रवाह बढेकाले अबका केही दिन तरलता सहज हुने ती अधिकारीले बताए ।

Read More

बेत्रावती: निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं २४.१ देखि २९ नं सम्म ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)ले तार तान्न थालेको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारणलाइनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न लागिएको हो । उक्त प्रसारणलाइनमा पर्ने १४०…

Read More

काठमाडौँ: आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज…

Read More

धादिङ: राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ । राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु गरिएको होे । पृथ्वी राजमार्गमा भने यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो । यसरी राखिएको स्पिड ब्रेकरमा सवारी साधन आइपुगेपछि सवारी चालकले स्पिड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने प्राविधिकको विश्वास छ । सो स्पिड ब्रेकर सवारी दुर्घटना अत्यधिक हुने घुम्तीको तीन सय मिटर अगाडिदेखि राखिएको छ । स्पिड ब्रेकरमा आएपछि चालक आफैँ जानकार भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पिड ब्रेकर राखिएको जिल्ला ट्राफिक…

Read More

धनगढी: भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) को १७ वर्षमुनिको टोली आज आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मुम्बईको स्टार सिसी क्लबले डिसिएलाई नौ विकेटले पराजित गरेको डिसिएले जनाएको छ । स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डिसिएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । डिसिएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए । कप्तान सुबोध ऐरले १६, सक्षम पार्कीले १५ र सन्दीप आउजीले आठ रनको योगदान गरे । त्यस्तै, किरन नाथले तीन र निशान पन्तले एक रन जोडे । डिसिएका चार जना खेलाडी शून्य रनमै पवेलियन फर्केका…

Read More

काठमाडौँ: नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आइपिओ बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले शेयर बिक्री गरेपछि चुक्ता पूँजी रु छ करोड पुग्नेछ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको सो वित्तिय संस्थाको १९ वटा शाखा सञ्चालनमा छन् भने गत असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगेका छन् ।

Read More