Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नुवाकोट: दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे जङ्गलमा भीरबाट लडेर शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तिनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए। नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पण्डितको घर नजीकैको भीरबाट खसेर ज्यान गएको हो । पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ छन् । अभियुक्तविरुद्ध आज नै कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको हो । प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले चाडबाड केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेका हुन्। नेपालीको चाड दशैँ, तिहार र छठका अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै प्रमुख लामाले तीन हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको बताए। चाड पर्वका अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना,…

Read More

काठमाडौँ: साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १० दशमलब ४७ अंकले घटेर एक हजार २५६ दशमलब ७१ अंकमा पुगेर बजार बन्द भएको छ । आजको कारोवारमा ब्यापार बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक ५८ दशमलब २८ अंक र जीवन बीमा समूहको परिसूच १९ दशमलब ०१ अंकले घटेको छ भने बाणिज्य बैंक ९ दशमलब १८अंक, विकास बैंक २२ दशमलब ३६ अंक र जलबिधुत एक दशमलब १३ अंकले घटेको छ । त्यसैगरी, होटल ३५ दशमलब २२ अंक, बित्त ३ दशमलब ४६ अंक, उत्पादन समूह ३५ दशमलब…

Read More

काठमाडौँ: गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले सुनसरीमा हत्या गरिएका खुर्सिद आलमका हत्यारालाई सात समुन्द्र पारी गएर बसे पनि नछोड्ने बताएका छन्। खुर्सिदको हत्या भएको आज ११ औं दिनमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्न गृह जिल्लाको भुटाहा पुगेर उनले सो कुरा बताएका हुन्। गृहमन्त्री थापाले उनका परिवारलै सरकारले घोषणा गरेको १० लाख रुपैयाँको राहत रकम र शहिदको प्रमाणपत्र समेत हस्तान्तरण गरेका हुन्। चेक रकम गृहमन्त्री थापाले उनकी श्रीमती खातिजा खातुनलाई हस्तान्तरण गरेका हुन्। खुर्सिदलाई देश स्थिरता तर्फ जान रोक्न शक्तिले आक्रमण  गरी हत्या गरेको गृहमन्त्री थापाले भने। कार्यक्रम सकेर फर्किने क्रममा गृहमन्त्री थापाले खुर्सिदका छोरा छोरीलाई राम्ररी पढ्न समेत आग्रह…

Read More

काठमाडौँ: प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु रावतले देश संघात्मक संरचनामा गैसकेपछि “प्रदेश नम्बर दूई समृद्द–अभियान“ सुरु भएको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । आफ्नो ठाउँको समृद्दीको अभियानको लागि केन्द्रिय सरकारमा भर पर्नुपर्ने बिगतको राज्य–व्यवस्थाको कारण देश पछी परेको कुरा उल्लेख गर्दै उनले अबको समृद्द प्रदेश बनाउने अभिभारा आफुहरुको काँधमा आएको बताए । त्यसको लागि अब प्रदेश भित्रका सम्पूर्ण साधन–श्रोतको उचित पहिचान गरि समुचित वितरण र परिचालन समेत गरिने कुरा मुख्य मन्त्री राउतले बताए । प्रदेश नम्बर दुईका उद्योगी–व्यापारीहरु आफ्नो प्रदेशको गहना भएको कुरा उल्लेख गर्दै राउतले भने, “यस प्रदेश…

Read More

उर्लाबारी :विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को दोश्रो महिनामा नेपालको व्यापार घाटा २ खर्ब १७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट १४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा २ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को पहिलो दुई महिनाको तुलनामा आर्थिक वर्ष २०७५ /७६ को दुई महिनामा नेपालको ब्यापार घाटा ४५ दशमलब ७४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ४२ दशमलब ५९ प्रतिशतले र निर्यात ८ दशमलब ०३ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुँदा…

Read More

म्याग्दी:म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिनुभयो । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ । पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने…

Read More

कञ्चनपुर: प्रदेश नम्बर ७ को पश्चिमी गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ । अद्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार भारतको दिल्ली हुँदै नेपाल सडक रुटबाट तेस्रो मुलुकका नागरिक भित्रिन लागेका छन् । अद्यागमनको तथ्याङ्क अनुसार गड्डाचौकी नाका भएर ५ बर्ष ८ महिनाको अवधिमा १२ हजार ७५५ पर्यटक भित्रिएका छन् । सोही नाका भएर १० हजार २२४ पर्यटक बाहिरिएका छन् । उक्त अवधिमा २ हजार ५३१ पर्यटक बढि भित्रिएका छन् । ५ बर्ष ८ महिनाको अवधिमा हरेक बर्ष भित्रिनेको संख्यामा बृद्धि हुँदै गएको छ, भने बाहिरिनेको संख्यामा कमि आएको छ । सन २०१३ मा १ हजार, ७ सय ३९…

Read More

काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए रिपोर्ट घटनासंग मेल नखाएको खुलासा भएको छ । कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाका अनुसार तीनैजनाको डीएनए रिपोर्ट निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग मेल खाएको छैन । तीनैजनाको रिपोर्ट काठमाडौंबाट शुक्रबार नै कञ्चनपुर पठाइएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको महिनादिनसम्म पनि अपराधी पत्ता नलागेपछि स्थानीय प्रहरी र उनको परिवारसँगै असन्तुष्ट थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित उनका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण गराएको थियो । ‘‘उहाँ (विष्ट) आफैँ विवादमा आएपछि डीएनए परीक्षणका लागि तयार हुनुभएको हो । उहाँलाई…

Read More