Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् । बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आँटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनाका साथैं वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु–खुवाउनु पुस्ताँैदेखिको दैनिकी अहिले पनि कायमै छ । “बारीमा धान फल्दैन, विदेशबाट आएको र मजदुरी गरेर कमाएको पैसाले चामल किन्न सके मात्र भात खाने हो नत्र यही उब्जने…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छन् । जापानबाट स्वदेश फर्कनेक्रममा उनले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली रहने छिन । उक्त मन्त्रालयका अनुसार मङ्सिर ३ गते नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह हुनेछ । मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो । तर, निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास बालुवाटारमै रोकिए । सोल्टी होटेलमा शुक्रबार ‘कोलोम्बो प्रोसेस’अन्तर्गतको एसियाका १२ राष्ट्रका श्रममन्त्री सहभागी परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम थियो । उनी सहभागी नभएपछि क्याबिनेटमा दोस्रो वरीयताका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले गरे । बैठकमा वैदेशिक रोजगारमा कामदार…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘कर ः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उनले कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरे । “प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने…

Read More

काठमाडौँ:श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को छैठौँ मन्त्रिस्तरीय परामर्श बैठक २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा प्रोसेसको पाँच विषयगत कार्यसमूहको काम र देशगत रुपमा सम्पन्न हुने कामलाई सहज ढङ्गले अघि बढाउन प्राविधिक सहयोग युनिट (टिएसयू) लाई निरन्तरता दिने निर्णय गरेको छ । प्राविधिक सहयोग युनिटले प्रोसेसको अध्यक्ष राष्ट्र, प्राविधिक कार्य समूह र सदस्य मुलुकसँग सहकार्यका साथ अघि बढ्नुपर्ने तथा आप्रवासनलाई व्यवस्थित गर्ने बृहत्तर उद्देश्य प्राप्तिका लागि काम गर्न निर्देश गरेको छ । प्रोसेसलाई आगामी दिनमा सदस्य राष्ट्रको योगदानमा आधारित खर्च व्यवस्थापन प्रणालीबाटै निरन्तरता दिने र हाल कार्यरत पाँच वटा…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको संयुक्त बैठकले शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए । माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उनले बताए। महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले…

Read More

कलैया: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी दिने भन्दै हवल्दार सुदामा हजाराले रु एक लाख लिदैँ गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । आरोपी हजारा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका छन् । उनलाई थप अनुसन्धानको लागि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडामा राखी अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालयले जनाएको छ ।

Read More

नुवाकोट: जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन भएको छ । दुई क्षेत्रका लागि आएको रु चार चार करोडमा अधिकांश रकम सडक पूर्वाधारमा विनियोजन गरिएको छ । विगतमा निर्वाचन क्षेत्र विकास कार्यक्रम भनिने यो कार्यक्रममा दुई निर्वाचन क्षेत्र नं २ का लागि आएको रु आठ करोडका योजना विनियोजन गरिएको हो । न्यूनतम रु १० लाखभन्दा माथिका योजना बनाउन सोे कार्यक्रमअन्तर्गत क्षेत्र नं १ र २ मा २०–२० योजना छनोट गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी तथा सदस्य सचिव सच्युतराज उप्रेतीले जानकारी दिए । जिल्ला समन्वय समितिमा क्षेत्र नं २ का सांसद नारायणप्रसाद खतिवडाको अध्यक्षतामा बसेको…

Read More

सिन्धुली: प्रहरीले आज यहाँ २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । मरिण गाउँपालिका–१ को टँुडिखेल, बेदपानी र वडा नं ३ को बरुण भलाइमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा खटिएको टोलीले आजबाट गाँजा खेती नष्ट गर्ने अभियान शुरु गरेको छ । अहिलेसम्म वडा नं १ को टँुडिखेल र भलायो बरुणमा लगाइएको चार बिघा तथा वडा नं ३ मा लगाइएको २१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । यस क्षेत्रमा लगाइएको ठूलो परिमाणमा लगाइएको १५ बिघाभन्दा बढी क्षेत्रफलको गाँजा खेती शनिबार नष्ट गर्ने र विस्तारै…

Read More

काठमाडौँ: नेपालका निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा पर्याप्त लगानी गरे उत्पादकत्व वृद्धिका साथै आर्थिक वृद्धि सहज हुने एक अध्ययनले देखाएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको नवीनतम अध्ययनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाएर प्राथमिकताका ती पाँच क्षेत्रमा पर्याप्त लगानी भएमा छ प्रतिशतको आर्थिक वृद्धि असम्भव नहुने देखाएको हो । ‘नेपालमा बजार सृजना’ नामक प्रतिवेदनले संस्थागत सुधार एवं सुदृढीकरण, भौतिक पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा स्वदेशी–विदेशी लगानीका बाधा हटाएर निजी क्षेत्रलाई विश्वासमा लिई अघि बढेमा आर्थिक विकासको बाटोमा अग्रसर हुन सहज हुने पनि निष्कर्ष निकालेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा…

Read More