Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले २०७४ माघ १ देखि फागुन २५ गतेसम्म गरेको अनुसन्धानबाट तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इञ्जिीनियर श्याम केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को कसूर गरेकाले…
काठमाडौँ: नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा बिशेष छुटको घोषणा गरेको छ। अनलिमिटेड प्याक: यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६०० रुपैयाँ मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३०० रुपैयाँमा समेत उपलब्ध हुने टेलिकमले…
गोरखा: गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ । लिगलिगकोट विकास अभियानले सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी तीव्ररुपमा अघि बढेको जनाएको छ । विसं १६०४ देखि शुरु भएको मानिने सोे दौड विगत नौ वर्षदेखि हुँदै आएको छ । अभियानका अध्यक्ष पूर्णबहादुर रानाले विगतका वर्षमा जस्तै गोरखाको लिगलिगकोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई चिनाउन प्रतियोगिता गर्न लागिएको जानकारी दिए। सो दौड चेपे र मस्र्याङ्दी नदीको दोभानबाट शुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर अन्त्य हुने…
चितवन: विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका–६ का ५६ वर्षीय कालु परियार र मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल तनहुँको देवघाटमा बसोबास गर्दै आएका ४९ वर्षीय हरि गोले रहेका छन् । परियार १५ वर्षदेखि निरन्तर चोरी कार्यमा संलग्न रहेको खुलेको छ । उनले १५० ठाउँमा बेहोस बनाई लुटपाट गरेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरुले असोज १२ गते माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट गरेपछि सो समूहको खोजीकार्य शुरु गरिएको थियो । उनीहरुलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी…
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनाको घोषणा गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर-१ बाट पराजित भएका नेता वामदेव गौतमका लागि सांसद मानन्धरले आफ्नो निर्वाचन क्षेत्र खाली गरि राजीनामा घोषणा गरेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे । सांसद मानन्धरले विकास निर्माणको कामलाई नेता गौतमले सहज ढंगले अघि बढाउने भएकाले आफूले पदबाट राजीनामा दिने तयारी गरेको पनि दावी गरे । नेता गौतम काठमाडौं ७ बाट सांसद बने जनताको सम्मान हुने पनि उनको तर्क छ । सांसद मानन्धरले…
काठमाडौँ: यस वर्षको दशैं मुखैमा आइपुगेको छ। दशैं भन्नासाथ खाने,पीउने, घुम्ने र मनोरन्जन गर्ने भन्ने कुरा पहिलो प्राथमिकतामा रहन्छ। गृहमन्त्री रामबहादुर थापा बादलले देशव्यापी रुपबाट घरेलु मदिराको विक्री वितरण र यसको उत्त्पादन नै रोक्ने र बढ्दै गएको लागु औषध कारोबार नियन्त्रण गर्ने बारे अभियान नै सुरुवात असोजको पहिलो साताबाट सुरु गरे। यसैको अभियान स्वरुप अहिले प्रहरीले राजधानीमा बिशेष अभियान नै छेडेर मदिरा नियन्त्रण र दशैंको सुरुवातसंगै बढ्दै गएको जुवा खालमा प्रहरीको छापा मार्ने क्रम बढेको छ। तर काठमाडौँको न्यूरोडबाट झन्डै ६ किलोमिटर दुरीमा रहेको अर्थात् नागार्जुन नगरपालिकाको वडा नम्बर-१ मा अहिले घरेलु मदिराको विक्री वितरण र उत्पादन बढ्दो छ। प्रहरीबाट…
काठमाडौँ: सोमबार सामान्य वृद्धि भएको शेयर बजारमा आज मंगलबार पुन: गिरावट आएको छ । शेयर बजार परिसूचक (नेप्से) २ दशमलब ५९ अंकले घटेर एक हजार २१७ दशमलब ९३ अंकमा पुगेर बजार बन्द भएको छ । आइतबार १३ दशमलब ०१ अंकले घटेको नेप्से सोमबार ६ दशमलब १६ अंकले बढेको थियो । नेप्से घटेसंगै कारोवार रकममा पनि गिरावट आएको छ । अन्य बाहेक सबै समूहको परिसूचक घटेको छ । सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ३७ दशमलब ६४ अंक र होटल २१ दशमलब ४३ अंकले घटेको छ भने विकास बैंक १ दशमलब ३८ अंक, बाणिज्य बैंक ३ दशमलब ८९ अंक र…
काठमाडौँ : डलरसँग नेपाली रुपैयाँ दिन प्रतिदिन कमजोर भई आज पुन: नयाँ रेकर्ड कायम भएको छ । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११८.८० रुपैयाँ र खरीद दर ११८.२० रुपैयाँ तोकेको छ । गत शुक्रबारको रेकर्ड तोड्दै आज नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो । शुक्रबारका लागि केन्द्रीय बैंकले प्रति अमेरिकन डलरको बिक्री दर ११८.०३ रुपैयाँ तोकेको थियो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ…
काठमाडौँ: आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को आज भएको चौथो खेलमा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । यो खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भएको हो । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।
काठमाडौँ:आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ । एक खेलमा जित निकालेको भूटान दुई खेलमा पराजित भइसकेको छ । नेपालले तीन खेलबाट ६ अङ्क जोडेको छ । भूटान तीन खेलबाट दुई अङ्कका साथ पाँचौ स्थानमा छ । नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनुपरेको छैन । नेपालले भूटानविरुद्धको पाँच खेलमा चारमा जित तथा एउटा खेल वर्षाका…