Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं, भदौ २४ गते: ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी स्मृति पार्क’ निर्माण गरिएको छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको आज औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ जेनजी स्मृति पार्क पुगिसकेका छन् । तर निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै उनीहरूका परिवारजनले आपत्ति जनाएका छन् । पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले भनेका छन्, ‘निर्माण गरिएका सालिकसँग आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल खाँदैन । सालिक बनाउन लापरबाही गरिएको छ ।’ उद्घाटन गर्न…

Read More

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहज्यूले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले सम्माननीय प्रधानमन्त्रीज्यूले यो छलफल सुरु गर्नुभएको हो। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनुभएको छ। ​प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।

Read More

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्-पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभयो। “पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन जरुरी छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “सरकारले ठीक निर्णय गर्न र लगानी जुटाउन आरडीएनए र ग्रेड यथार्थपरक र सत्यतामा…

Read More

काठमाडौं: माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना (UT–1, 216 MW) मा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार तथा कर्मचारी परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने राहत प्याकेज तयार गरिरहेका छन् । राहत प्याकेज तत्काल घोषणा गर्न केही ढिलाइ भएको थियो । एनडब्लुइडिसी सहित ठेक्केदार कम्पनीहरूले विपद्पछि जारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकायलाई प्राथमिकताका साथ आवश्यक सहयोग र समन्वय गर्दै आएका कारण घोषणा प्रक्रिया केही पर सरेको हो । यस क्रममा प्रभावित कामदार, तिनका परिवारजन र सम्पूर्ण सरोकारवालाले भोगेको कष्ट तथा अन्यौलप्रति कम्पनीहरू पूर्ण संवेदनशील रहेका छन् । भदौ २० गते शनिबार माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका…

Read More

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार तीव्र, ३९६७ जनाको हवाई उद्धार काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लम्बाइ, ५.५ मिटर चौडाइ तथा ५० टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको कामलाई तीव्र रूपमा अघि बढाइरहेको छ। नेपाली सेनाले हवाई साधनमार्फत पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार कार्य जारी राखेको छ। विभिन्न जिल्लामा नेपाली सेनाले खोज तथा उद्धार, राहत, उपचार तथा अवरुद्ध पूर्वाधार सञ्चालनको कामलाई तीव्रता दिएको छ। प्रभावित क्षेत्रमा सडक तथा पुल सञ्चालनदेखि हवाई र जमिनी उद्धार तथा जलविद्युत् आयोजनाका सुरुङमा खोजी…

Read More

काठमाडौं: जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण छ । स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। ड्रोनमा…

Read More

काठमाडौँ: गृहमन्त्री सुदन गुरुङले आफूलाई कतिपयले राज्य सञ्चालक पुराना नेताहरूकै शैली अपनाउन दबाब दिइरहेको बताएका छन्। आज बिहान त्रिशूली–३ ‘ए’को सुरुङबाट दुईजनाको उद्धार भइरहँदा गुरुङ पनि घटनास्थलमै पुगेका थिए। त्यसक्रममा उद्धार गरिएका हाइड्रोका कर्मचारीलाई घटनास्थलबाट हेलिकप्टरसम्म पुर्‍याउँने कार्यमा गुरुङ पनि सक्रिय रहेको भिडियो सार्वजनिक भएपछि कतिपयले उनको यो शैलीको आलोचना गरेका छन्। सामाजिक सञ्जालमा उनले आफूलाई पुरानो शैलीका नेतृत्वलाई झैँ मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्रै समात्ने रूपमा मात्रै नबुझ्न पनि आग्रह गरेका छन्। ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ, जेनेरेसन ग्याप’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ…

Read More

काठमाडौँ: नेपाली सेनाले माथिल्लो त्रिशूली ३ एमा जनशक्ति थपेको छ। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो। दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो। योसँगै उक्त टोली अहिले पावरहाउसभित्र प्रवेश गरेको बताइएको छ।

Read More

काठमाडौँ, १९ भदौ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि विपद्बाट प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु…

Read More

काठमाडौँ: पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जनाको उद्धार गरिएको छ। आज (शुक्रबार) बिहान करिब ४:५० बजेतिर फेवाको सिरानतिर रहेको सेदीबाट मुख्य लेकसाइड क्षेत्रमा आउँदै गरेको भारतीय नम्बर बीआर ०५ ६७५९ रहेको कार गैरीचौतारा भन्ने ठाउँमा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ। गैरीचौतारानेर घुम्तीबाट कार २० मिटर तल फेवामा खस्दा भारतको बिहार प्रदेशका २६ वर्षका नवदीपकुमार यादव र अर्का अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको हो। दुर्घटनापछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराइमा दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो। जसको मृत्यु भयो। बाँकी २ जना २७ वर्षका अनमोल…

Read More