Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई प्रहरी अधिकृतको निलम्बन फुकुवा गरेको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीका अनुसार २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको मात्रै निलम्बन फुकुवा भएको छ। तर डीएसपी पराजित केसीको भने आजसम्म कुनै निर्णय नभएको उनले बताए। उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन…
काठमाडौँ: महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० को सिसुवामा र पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२ को श्रीपुरमा आफ्ना शाखा कार्यालयहरु विस्तार गरेको छ । सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले र श्रीपुर शाखाको समुद्घाटन विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले छुट्टा छुट्टै कार्यक्रमका बीच गरेका छन् । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, सञ्चालक श्याम सुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको बैंकद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा…
काठमाडौँ: पूँजी बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से १० दशमलब ७६ अंकले घटेर एक हजार २३० दशमलब ६० अंकमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्सेमा दुई दशमलब ६९ अंकले बढेको थियो भने आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो । नेप्से संगै कारोवार रकममा समेत गिरावट आउँदा पूँजी बजारका लगानी कर्ताहरु निराश भएका छन् । आजको कारोवारमा ब्यापार र होटल समूहको बाहेक सबै समुहको परिसूचकमा भरि गिरावट आएको छ । आज सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ५१ दशमलब ३८ अंकले, जीवन बीमा…
काठमाडौं: कहिले हवाई मार्ग त कहिले थल मार्ग जे भएपनि सुन तस्करीको बाटो भने बन्द भएको छैन। प्रहरीले मंगलबार राति तस्करीको पांच किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। सुन तस्कर काठमाडौँमा प्रवेश गर्दै छ भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुको तीनपिप्लेबाट शेरबहादुर तामाङलाई पक्राउ गरेको हो। १८ वर्षका तामाङ रसुवा गोसाइकुण्ड थमान-९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेर ल्याएको, प्रहरी प्रमुख बसन्त कुमार लामाले बताए। लामाका अनुसार उनी सार्वजनिक बस चढेर काठमाडौँ प्रवेश गर्दै थिए। उनले निजी गाडीमा बढी चेकजांच हुने भएकोले सो विकल्प प्रयोग गरेको प्रहरीलाई बयान…
गोरखा: दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न लैजानुपर्नेमा आर्थिक वर्ष शुरु भएको साढे ३ महीना बितिसक्दा पनि चामल ढुवानी हुन नसकेको हो । नेपाल खाद्य संस्थान गोरखाले चामल ढुवानी गर्न असारमै टेण्डर आह्वान गरेको भए पनि टेण्डर प्रक्रिया पूरा नहँुदा चामल ढुवानी शुरु हुननसकेको संस्थानका डिपो प्रमुख शिवराज घिमिरले जानकारी दिए । “असार महीना शुरु भएलगत्तै दुवै डिपोका लागि टेण्डर आह्वान गरिएको हो, तर माछाखोला डिपोको लागि मात्र भर्खर स्वीकृति प्राप्त भएको छ”, डिपो प्रमुख घिमिरले भने, “समयमै…
काठमाडौँ:काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ । अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकरी दिए । जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा…
काठमाडौँ: आर्थिक वर्ष २०७५ /७६ को साढे दुई महिनामा १० दशमलब ३१ प्रतिशत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल बजेट बिनियोजन १३ खर्ब १५ अर्ब मध्ये १ खर्ब ३५ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू आवको साढे दुई महिनामा कुल पुँजीगत खर्च बिनियोजनको दुई दशमलब ७२ प्रतिशत, चालू खर्च विनियोजनको १४ दशमलब ८८ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ शुन्य दशमलब ७६ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिमा कुल पुँजीगत खर्च बिनियोजन तीन खर्ब १३ अर्ब मध्ये ८ अर्ब ५३ करोड, चालू खर्च बिनियोजन ८ खर्ब ४५ अर्ब मध्ये एक खर्ब २५ अर्ब खर्च…
काठमाडौँ: आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि…
काठमाडौँ: टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरीयामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीक र माला लगाएर पार्टी प्रवेश गराएका थिए । कागजी रुपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला…
लमही: दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो । तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ । लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन ।