Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका छन् । अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि र पूर्वमन्त्रीसमेत भर्ना भएको समाचार आजको नयाँ पत्रिकाले छापेको छ । नेपाल ल क्याम्पसका प्रमुख डिएन पराजुलीका अनुसार एलएलबी प्रथम वर्षमा शुक्रबारसम्ममा १० हजार ८ सय ४५ विद्यार्थी भर्ना भएका छन् । यो वर्ष पूर्वश्रममन्त्री सरिता गिरीलगायत केही नेतासमेत भर्ना भएको पराजुलीले बताए । ‘आश्चर्यजनक तरिकाले विद्यार्थी भर्ना हुन आए’, उनले भने।

Read More

काठमाडौं: नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । शनिवार बसेको बढुवा समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । प्रहरी बरिष्ठ उपरिक्षक विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री,…

Read More

काठमाडौँ: डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७०औँ मिनेटमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गर्दै आग्रता दिलाए । सोही गोल नै खेलको निर्णायक बन्यो । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न आजको खेल जित्नैपर्ने थियो । समूह ‘ए’ मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान रहेका थिए । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस…

Read More

काठमाडौं: प्रहरीको शाख एकपछ अर्को गर्दै गिर्दै गएको प्रमाणित भएको छ। एकसातामा दुई परहरी घुस रकम सहित पकरु परेका बेला शनिबार राजधानीकै बौद्ध प्रहरी वृतका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । एक लाख ४० हजार घुससहित उनलाई पक्राउ गरिएको हो। उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर अातंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको अाडमा रार्इलार्इ कुनै कारबाही हुन…

Read More

लिमा: ल्याटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ । तीन बर्ष मूनिका हरेक पाँच बालबालिकामध्ये दुई जनामा कुपोषणको समस्या रहेको सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार ४३.६ प्रतिशत बालबालिकामा कमसल खानाका कारण कुपोषण हुने र जसका कारण रक्तअल्पता (एनेमिया)को समस्या रहेको पेरुको तथ्याङ्कमामिला हेर्ने निकायले जनाएको छ । सर्भेक्षण अनुसार यहाँका ३० प्रतिशत गर्भवती महिलामा रक्त अल्पताको समस्या रहेको छ । यसको कारक तत्व भनेको उक्त अवस्थामा माछा मासुको आहारको आवश्यक परिपूर्ति नभएका कारण रगतमा आइरनको तत्वको कमी भएको अध्ययनले देखाएको छ । पछिल्लो एक दशक यता पेरुको…

Read More

काठमाडौँः पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले जितेका छन् । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको सो प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले सो तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउण्डमा सिजापतिले छ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै सिजापतिले रु पाँच लाख प्राप्त गरेका छन् । त्यस्तै महेश महर्जन द्वितीय, रामबहादुर दाहाल तृतीय, प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौँ, आशिष देवाजु छैटौँ र सुरेश खत्री सातौँ भए । उनीहरुले क्रमशः रु दुई लाख, एक लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार प्राप्त गरे ।…

Read More

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको आन्तरिक व्यवस्थापन प्रणाली सुधार गर्न सूचना तथा सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउन एकै प्रकृतिको नम्बर सञ्चालनमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । पहिलो चरणमा प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय, प्रसारण निर्देशनालय र उत्पादन निर्देशनालयलाई निश्चित मोबाइल नम्बर सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । यही असोज १७ गते प्राधिकरण कार्यकारी निर्देशकस्तरीय निर्णयका आधारमा निश्चित मोबाइल नम्बर सञ्चालनमा ल्याई सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन भनिएको छ । प्राधिकरणको निर्देशनमा भनिएको छ, “निश्चित मोबाइल नम्बर रहने गरी र सोको प्रयोग कार्यालय प्रमुखले गर्ने, यदि कार्यालय प्रमुख सरुवा भई गएमा वा जिम्मेवारीबाट हटेमा अर्को कार्यालय प्रमुखले जिम्मेवारी…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने , “अब कक्षाकोठाको पढाइले मात्र पुग्दैन, विद्यार्थीलाई घर गाउँमा, खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।” शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनुपर्छ, उनले भने, “शिक्षा र प्रविधिलाई संगसंगै अघि बढाएर लग्यो भने यसले थोरै जनशक्तिबाट धेरै काम लिन सकिन्छ ।” प्रधानमन्त्री ओलीले यस वर्षदेखि शुरु गरिएको निरक्षरताविरुद्धको महाअभियानले आगामी वर्षमा सबै…

Read More

बाँके: पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा मृत्यु हुने सङ्ख्या ६ पुगेको छ । आज बिहान ट्रक र माइक्रो बस एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नंको माइक्रोबस र नेपालगञ्जबाट विपरीत दिशातर्फ जाँदै गरेको लु१ख ७७२९ नंको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका–९, मुगुवा खोला नजिकै एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा एक जनाको अझै सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । मृतक सबै दाङ तुलसीपुर उपमहानगरपालिकाका छन् । मृत्यु हुनेमा ३०…

Read More

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको बताएका छन्। सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई आज काभे्रपलाञ्चोकको पाँचखालमा सम्बोधन गर्दै उनले भने, “सरकार श्रमजीवी पत्रकारका पक्षमा छ, त्यसैले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन चाहन्छ ।” मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक रु ४० हजार पु¥याउने योजनामा सरकार रहेको उल्लेख गर्दै “कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर सरकार अब त्यसलाई लागू गर्ने पक्षमा उभिन्छ”, भने। “नेपाल पत्रकार महासङ्घले नै पारिश्रमिक बढाउन चाहेको छैन्” उनले भने, “महासङ्घ नै श्रमजीवीको पक्षमा उभिएको देखिएको छैन तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।” मन्त्री बाँस्कोटाले पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका…

Read More