Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
म्याग्दी : बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो । ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताए…
काठमाडौँ : भूकम्पपछि पुनः निर्माण शुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घर सम्पन्न भएका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार बाँकी दुई लाख ५९ हजार ९८ घर पुनः निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकाले पुनः निर्माण भएका घरको सङ्ख्या करीब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ । दशैँ तिहारपछि पुनः निर्माण भइरहेका घरको निर्माण सम्पन्न हुने र शुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय…
काठमाडौँ : नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच आज भएको वार्तामा सो सहमति जुटेको हो । दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ । नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो सम्बोधन गर्न मलेसिया तयार भएको छ । नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मलेसियाली पक्ष सहमत भएको वार्तामा सहभागी क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए । उनले भने, “नेपाल र मलेसियाका अधिकारीबीच भएको वार्ता सकारात्मकरुपमा सम्पन्न भयो, नेपालले व्यक्त…
काठमाडौँ:: चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताए । सबै क्लबको दाबी लिगमा राम्रो नतिजा ल्याउँछौँ पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ वटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता रहेको…
काठमाडौँ : चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ७३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वस्तु आयात ५४.३ प्रतिशतले बढेर एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँ पुगेको जनाइएको छ । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अवको सोही अवधिमा यस्तो घाटा पाँच अर्ब ९८ करोड रुपैयाँ रहेको…
काठमाडौँ: हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ। इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन् । नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षदेखि बिदा हुँदैछ । बालबच्चादेखि युवा तथा प्रौढलाई आकर्षित गर्ने जात्रामा कुमारीको रथयात्रा, उपाकु वनेगु, डागिँ वनेगु तथा बौमत जात्रा मुख्य छन् । मानिसलाई थप मनोरञ्जन दिई झुमिरहुँ बनाउने काम भने लाखे, भ्mयालिँचा नृत्य, पुलुकिसी जात्रा, कुमारी घर अगाडि दश अवतार, भक्तपुरको…
हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ । इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन् । नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षदेखि बिदा हुँदैछ । बालबच्चादेखि युवा तथा प्रौढलाई आकर्षित गर्ने जात्रामा कुमारीको रथयात्रा, उपाकु वनेगु, डागिँ वनेगु तथा बौमत जात्रा मुख्य छन् । मानिसलाई थप मनोरञ्जन दिई झुमिरहुँ बनाउने काम भने लाखे, भ्mयालिँचा नृत्य, पुलुकिसी जात्रा, कुमारी घर अगाडि दश अवतार, भक्तपुरको…
लेखनाथ: पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए। स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।
काठमाडौँ: चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो । अदालतको निर्देशन अघि सहमतिमा सडक विस्तारका लागि स्थान छोडेको ठाउँमा पनि कालोपत्र नहुँदा सडकमा सवारी चलाउन एवं हिँड्न नसकिने अवस्थामा पुगेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए। “काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले छनोट गरेको निर्माण व्यवसायीले वर्षौँ बित्दा पनि काम गर्न सकेको छैन,…
काठमाडौँँ: राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् । शनिबारदेखि शुरु हुने लिगका लागि च्यासलले विमललाई भित्र्याउने निर्णय गरेको हो । ठूला क्लबले विमललाई लिन निकै प्रयास गरे पनि अन्तिममा च्यासलले बाजी मारेको हो । च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको हो । विमललाई क्लबमा आबद्ध गर्न थ्री स्टारले प्रयास गरे पनि अन्तिम समयमा कुरा नमिलेपछि विमल च्यासल गएका हुन् । च्यासलले विमलसँग सम्झौता भएको पुष्टि गरेपनि सम्झौताको रकम भने खुलाउन मानेन । च्यासलले ‘ए’ डिभिजनका लागि खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको जनाएको छ । चार वर्षपछि हुन लागेको…