Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रोल्पा: उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले संघीयतालाई सफल पार्न सवै एकजुट हुनुपर्ने बताएका छन् । उनले संघियतालाई असफल पार्नका लागि विभिन्न समूहले संघीयताप्रति भ्रम फैलाएकोको भन्दै त्यसलाई चिर्नका लागि नेपालका सबै राजनीतिक पार्टीहरु एक ठाउंमा उभिनुपर्ने बताए । नेपालको संघीयता आम नेपाली जनताको त्याग र बलिदानबाट आएको भन्दै उनले संघीयतालाई सफल रुपमा कार्यन्वयन गर्नका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे । जिल्ला समन्वय समिति रोल्पाद्वारा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले राज्यले गास, बास र कपासको व्यवस्था गर्न कुनै कसर नराख्ने दावी गरे । उनले जनताबाट करमात्रै लिने तर, विकास नगर्ने…

Read More

काठमाडौँ : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आइतबार सबै ट्याङ्करको साँचो नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाउने भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले आज एक विज्ञप्ति जारी गरी भदौ ३ गते श्रमिकका सेवा सुविधाका बारेमा १८ बुँदे मागपत्र राखेर नेपाल आयल निगम र ढुवानी व्यवसायी महासङ्घलाई ज्ञापनपत्र बुझाउँदा पनि माग पूरा गर्न आलटाल गरेकाले साँचो बुझाउन लागिएकोबताए । “नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले हाम्रा मागप्रति पटकपटक बैठक बस्दासमेत सुनुवाइ गरेन, त्यसैले भोलिदेखि साँचो बुझाएर काम नगर्ने निर्णय गरेका छौँ”, अध्यक्ष लामाले भने ।

Read More

ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । ज्यापु समाज यलले आज यहाँ आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो । “मेलम्चीको पानी छिट्टै नै काठमाडौँ उपत्यका आइपुग्नेछ, पूराना पाइपका कारण दुई चार महीना बाटो हिलो भएर हैरानी सहनुपर्ने हुनसक्छ,” उहाँले भन्नुभयो, “त्यो गाली नै सहनका लागि पनि म तयार छु तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ ।” काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । तीनै जिल्लाका स्थानीय निकायले…

Read More

काठमाडौँ : तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ । “सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न हामीले अभियान शुरु गरेका हौँ”, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “सानैउमेरका उत्कृष्ट खेलाडी गर्नु अभियानको अर्को लक्ष्य हो ।” अभियान शुरु गरेर मात्र नहुने भन्दै उनले निरन्तरता…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ । नहरमा अर्ध डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा सम्लग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । “सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धानको कार्य शुरु गरेका छौ” उहाँले भन्नुभयो । सार्कीको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दैलेखको भूर्ति नगरपालिका घर भएका सार्की तरकारी बेच्दै आइएकी थिइन् । यसैबीच कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीमा अन्दाजी ५५ वर्षीय भीमलाल शर्मा आज मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घर…

Read More

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् । सिरु बैद्धिक समाजले आज यहाँ आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक गोष्ठीमा उनले भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने स्मार्ट सिटीलाई विज्ञान तथा प्रविधिमैत्री बनाउन सक्नुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले सङ्घ, प्रदेश र स्थानीय तहले स्वच्छ, सफा र हराभरा नयाँ सहर निर्माण गर्न लाग्नुपर्नेमा जोड दिदैं विगतमा पहुँचका आधारमा विकास निर्माणको कार्य गर्दा गति लिन नसकेकाले अब प्राथमिकताका आधारमा योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्छ भने । कार्यक्रममा ‘स्मार्ट सिटी नयाँ नगर…

Read More

काठमाडौँ :सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विभिन्न मन्त्रालयले पेश गरेको आफ्ना निकाय मातहतका आयोजनाको यथास्थितिमा ती आयोजनाको प्रगति न्यून मात्रै नभई समस्याग्रस्त रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धन गर्ने भनिएको चिनियाँ कम्पनी थ्री गर्जेजसँग पटकपटकको वार्ता सफल हुन नसकेपछि विकल्प खोज्नुपर्ने अवस्था देखिएको छ । पछिल्लो पटक ऊर्जा, अर्थमन्त्रालय र लगानी बोर्ड र चिनियाँ लगानीकर्ताबीच भएको छलफल निष्कर्षमा…

Read More

काठमाडौँ : राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको प्रगति सुनेपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आयोगको भूमिका र औचित्यमाथि प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “केही भन्न, केही गर्न, योजना दिन, नियन्त्रण गर्न, यो राख भन्न, यो हटाउ भन्न, यहाँनेर कमजोरी छ भन्न र कुनै नतिजा दिन नसक्ने योजना आयोग हुनुको के अर्थ रह्यो ?’’ छ दशकभन्दा बढी समयदेखि आयोगले सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा नीति निर्माणदेखि बजेट निर्माणसम्म योगदान पु¥याउँदै आएको छ । विकास समस्या सुल्झाउन आयोगले प्रस्तुत गरेको सुझावलाई…

Read More

काठमाडौँ:  सरकारले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा सर्त व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिए । बैठकले अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । त्यस्तै रक्षा मन्त्रालय मातहत रहेको नेपाली सेनाको तालीमसम्बन्धी विभिन्न निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिए । बैठकले नारायणहिटी सङ्ग्रहालयसहित पुरातत्व विभाग…

Read More

भक्तपुर: भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व कम्युनिष्टको उदय, सङ्घर्ष र वर्तमान अवस्थाका बारेमा प्रशिक्षणमार्फत जानकारी लिएका हुन् । विश्वमा कम्युनिष्ट कमजोर हँुदै गएका बेला नेपालमा भने कम्युनिष्ट किन र कसरी माथि आउँदैछ भन्ने अध्ययन गर्न २१ दिनको प्रशिक्षणले टेवा पु¥याएको सहभागीले बताएका छन् । प्रशिक्षणमा सहभागी अल इण्डिया युथ लाइभका राष्ट्रिय सदस्य धर्मेन्द्र कुमारले २१ दिनको बसाइँले माक्र्स र…

Read More