Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राजधानीको मुटुमा अवस्थित काठमाडौँको बसन्तपुरमा मंगलबार आयोजना गरिएको सामुहिक कुमारी पुजाका क्रममा उपस्थित नेवा समुदायका बालिकाहरु। तस्बिर: विकास श्रेष्ठ कार्यक्रम श्री कुमारी भक्तजन सेवा समितिले आयोजन गरेको हो । कार्यक्रममा ३७७ वालिकाहरु कुमारी पुजाका लागि उपस्थित भएको आयोजकले जनाएको छ।

Read More

काठमाडौँ :“के तपाईँलाई बिहान उठ्ने बित्तिकै खानेपानी लिन घण्टौँ हिँडेर जानुपर्ने बाध्यताले सधैँ सताई रहन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले पानी भर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवारलाई विशेष व्यवस्था गर्ने भएको छ ।” मन्त्रालयले खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण सङ्कलन अभियान शुरु गरेको छ । यकिन विवरण सङ्कलन गरेपछि उक्त समस्या समाधानका लागि नयाँ योजना बनाउने मन्त्रालयको तयारी छ । खानेपानीमन्त्री बीना मगरले खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउने उद्देश्यले विवरण सङ्कलन थालिएको बताइन । उनले भनिन, “खानेपानी लिन विशेष गरी गृहिणी महिला घण्टौँसम्म हिँड्नुपर्ने बाध्यतालाई सुल्झाउन…

Read More

कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् । प्रहरीले हिरासतमा लिएका दिलीप बिष्टलाई र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । बबिता बमलाई भने रु ३० हजार धरौटीमा छाडिएको छ । “बम दिदीबहिनीलाई उनका बुबाको जिम्मा र दिलीपलाई उनका दाजुको जिम्मा लगाएका छौँ,” उनले भने। बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना शहीद भएका थिए । बिष्टको डिएनएसमेत म्याच नभएपछि र…

Read More

काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापाले आज धनकुटा जिल्लास्थित श्री नंं २ वाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गरेका छन् । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपश्चात् प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो । भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी तथा गणको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नाका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए। साथै उनी आज श्री पूर्वी पृतना मुख्यालय इटहरीमा मुकाम रहनुहुने र बुधबार अन्य इकाईको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौँ फिर्ता हुने कार्यक्रम छ ।

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनलाई भेटेका थिए । भेटवार्तामा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली…

Read More

काठमाडौँ: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले…

Read More

काठमाडौँ: नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनीको शुभारम्भमा देखिएका यी नयाँ नयाँ गाडीहरु हेर्नुहोस् । तस्बिर: विकास श्रेष्ठ अटो मोबाइल्सले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिइएको छ। यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रममा टिभीएस मोटर कम्पनीले सुपर प्रिमियम मोटरसाइकल ‘टिभीएस अपाचे आर आर ३१०’ आज सार्वजनिक गरिएको छ ।

Read More

काठमाडौँ: प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिए । त्यस्तै प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत पक्राउ गरेको छ । मालपोतका कर्मचारीको मिलेमतोमा उनीहरुले गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता…

Read More

काठमाडौँ: राजधानीको बालाजु बनस्थलीस्थित रिङ रोडमा सडक छेउमा रहेको रुख ढल्न गई चार जना घाइते भएका छन् । घटना ५:३५ मिनेट जाँदा अचानक रुख ढल्दा गुढिरहेको एउटा मोटरसाइकल र एक ट्याक्सीमा क्षती पुगेको हो । मोटरसाइकलमा सवार तीन जना मध्ये चालक दिपक खनालको अवस्था गंभीर रहेको घटनास्थलमा रहेका बालाजु वृतका प्रमुख तथा प्रहरी उपरीक्षक चिरन्जिवी कोइरालाले पहिलोक्लिकलाई बताए । घटनामा बा ९१ प ९८९९ नम्बरको मोसा पूर्णरुपमा क्षती भएको छ भने ट्याक्सीलाई सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकलमै सवार सिता पोखरेल र उनकी आठ वर्षीय छोरी सिदीका पोखरेल रहेको उपरीक्षक कोइरालले बताए । घाइतेहरुको पिपल्स हस्पिटल,…

Read More

काठमाडौँ: हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल“एक्स्ट्रिम २००आर”लाई नेपालमा उपलब्ध गराएको छ । प्रविधिक रुपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुपआफ्नो पछिल्लो मोटरसाइकलको बिक्री वितरण कम्पनीले भारतमा शुरु गरे लगत्तै नेपालमा ल्याएको छ । “एक्स्ट्रिम २००आर” को विशेषमुल्य २ लाख ८६ हजार ५०० रुपैयाँ कायम गरिएको छ र यो मोटसाइकल नेपाल जनरल मार्केटिङ्गका सबै डिलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बाइक चलाउँदा रोमाञ्चक हुनुको साथै “एक्स्ट्रिम २००आर”चालक तथा यात्रुको सुरक्षालाई महत्व दिएको कम्पनिले जनाएको छ र यसका लागि मोटरसाइकलमा स्तरीय विधि उपलब्ध गराउन एण्टि–लक ब्रेक सिस्टम जडान गरिएको छ । ग्राहकहरुले यस मोटरसाइकलमा फिचरहरुको विविधता एवं व्यापकतासहितको…

Read More