Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रोल्पा: रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ । अध्यक्ष पुनमाथि कसले, किन गोली प्रहार गरेको हो भन्ने विषय हालसम्म खुल्न सकेको छैन । गोली प्रहार गर्ने समूहको तीव्र खोजी भइरहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक (नेप्से) १० दशमलब ७९ अंकले घटेर एक हजार २१८ दशमलब ९८ अंकमा झरेको छ । सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक ८५ दशमलब ९४ अंकले घटेको छ । त्यसैगरी, लघुवित्त २४ दशमलब ९३ अंक, जलबिधुत १४ दशमलब ४३ अंक, विकास बैंक १५ दशमलब ३२ अंक, बाणिज्य बैंक ७ दशमलब ५६ अंक, होटल ४ दशमलब २३ अंक, बित्त एक दशमलब ०३ अंक र जीबन बीमा ८५ दशमलब ९४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार…

Read More

काठमाडौँ :महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो । पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बल्खु इलाकाबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ यादवसँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति छिन्। राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराइन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थियो । मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो । सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि राजधानीमा दुई हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ । संस्थानले एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी दुई हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका प्रवक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए । संस्थानले घटस्थापनादेखि थापाथली कार्यालयबाट खसी बोका र च्याङ्ग्रा विक्री गर्नेछ। च्याङ्ग्रा मुस्ताङबाट र खसी बोका दाङ्गको तुलसीपुरबाट र मकवानपुरबाट ल्याइने उनले बताए । गत साल संस्थानले २५ सय खसी बोका र च्याङ्ग्रा राजधानीमा विक्री गरेको थियो । यो साल खसी बोका विक्री कार्यक्रमका लागि संस्थानले तीन करोड ४९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । उनले भने, ” स्थानीय…

Read More

काठमाडौँ: नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव आइतबार ९:३० बजे काठमाडौँ ल्याई पुर्याइएको । उद्धारकर्मीहरुले नुवाकोटको बिदुरबाट हेलिकप्टरमा लेराइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीका अनुसार सरकारले दुर्घटनाको अनुशन्धानका लागि आज छानविन समिति बनाउने छ । उनका अनुसार शव बिहान ९:३० बजे काठमाडौँ ल्याइपुर्याएर पोस्टमर्टमका लागि टिचिङ्ग अस्पताल लागिएको उनले बताए । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ…

Read More

जाजरकोट : यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताए । अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए । केन्द्रीय कार्यालयबाट स्तरोन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताए । भेरी नगरपालिका–६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते, स्काइको टावर र जुनिचाँदे गाउँपालिका–२ मजकोटमा रहेको…

Read More

काठमाडौँ: आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीको प्रतिरक्षा नगरी मौन बस्ने गरेका प्रचण्ड अब भुराजनीतिक निसाना लगाउँदै । एउटै हेलिकप्टरमा जनकपुर पुगेका थिए, प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ भदौमा । त्यस दिन प्रधानमन्त्री ओलीको प्रदेश २ संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो । खासगरी धनुषाको बर्मझियामा २४ बर्षअघि हत्या गरिएका माओवादी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न गएका थिए प्रचण्ड । त्यहा ओलीले प्रचण्डको प्रशंसामा केही शब्द पनि खर्चिए । उनले भने प्रचण्डजी परिआए युद्ध गर्न पछि नपर्ने, फेरि आवश्यकता अनुसार शान्तिमा पनि आउन सक्ने बहादुर नेता हो । प्रचण्डलाई पुलकित बनाउने शब्दको फुलवर्षा गरेको एक…

Read More

काठमाडौँ: पर्साको वीरगन्जमा रहेको इन्टरनेशनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा बदमासी भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्रीवितरण गरिएको भेटिएको हो । एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको पुडासैनीले बताए। बुलेटमा –पीपीसी उत्पादन गरेर ओपीसी भन्दै बिक्री –बोकाको टाउको राखेर बाख्रीको मासु बेचेजस्तै –ब्रान्ड एम्बेसडर हमाललाई…

Read More

काठमाडौँ : अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आज काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको जनाइएको छ । पोष्टमार्टमका लागि हेलिकप्टरबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सातमध्ये छजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का…

Read More