Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गरेका छन्। बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारवाहीको दायरामा ल्याउन उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै यसका लागि प्रहरी सङ्गठनभित्र नयाँ शाखा स्थापना गर्न सुझाव दिए । उनीहरुले सिंहदरबार पश्चिम ढोकामाथि हरियाली छाएको व्यङ्ग्य गर्दै वैदेशिक रोजागारीलाई व्यवस्थित गर्न, निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न जमीन अधिग्रहण कार्य कहाँ पुग्यो ? भन्ने प्रश्न गरे । सांसदहरुले महिलाको सुरक्षा बढाउन, प्रदेशका राजधानी तोक्न पनि सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। यसरी आफ्नो भनाइ राख्नुहुनेमा विन्दा पाण्डे, विमला विश्वकर्मा, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरिताकुमारी गिरी,…
काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारबारे नेपाली कांग्रेसले गरिरहेको संसद अवरुद्ध गरेपछि भोलि सरकारले त्यसबारे जवाफ दिनेभने पछि संसद खुलेको छ । शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादलले हत्या अनुसन्धानबारे जवाफ दिने भएपछी संसद अवरोध हटेको हो। आज प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो। दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताए । उनले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको समते बताएका छन् । कानुनमन्त्री भानुभक्त ढकालको प्रतिवद्धतापछि संसद सुरु भएको…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी…
काठमाडौँ: मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर दिने भएको छ । यसका लागि आवशयक पर्ने कर तिर्ने प्रयोजनका लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश समेत दिएको छ। बैंकले हाल कायम दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँमा उक्त अनुपातको बोनस र नगद लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुनेछ । बोनसपछि यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । बैंकले गत वर्ष भने २०% बोनस र १.०५% नगद लाभांश दिएको थियो । असार…
पशुपतिनगर : केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो । इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् । विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत् प्राधिकरणले…
काठमाडौँ: कालिका पावर कम्पनीको साधारण शेयर (आइपीओ) आजबाट बिक्री खुला गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता शेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। लगानीकर्ताले छिटोमा असोज १ गतेसम्म आवेदन दिई सक्नुपर्नेछ। यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असोज २८ गतेसम्म खुला रहनेछ । यसको विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा…
बैतडी :सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण हुन नसकेको उक्त गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन । गाउँपालिकामा सुरक्षा आवश्यक परेमा मेलौलीबाट ल्याउनुपरेको छ, उनले भनिन, “बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै शाखा आउने भनेको छ” अबको एक महिनाभित्रै शाखा स्थापना गर्ने गरी सुरक्षा व्यवस्थाको प्रबन्ध भइरहेको छ । प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई…
नवलपरासी :पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ । उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग राख्दै कार्यालयमा गर्नुभएकोे तालाबन्दी र नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमविपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाएपछि दुबैपक्ष बिचको विवाद चुलिएको थियो । आर्थिक पारदर्शीता र सुशासनको माग गर्दै गँैडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको थियो । आर्थिक वर्ष २०७४÷७५ को अषाढ महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले…
परासी: पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन् र पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर केवल हेर्नका लागि मात्र । पोखरीकै छेउमा कुँवारवर्ती माईथान मन्दिर पनि छ । यही कारणले सो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा परिणत हुँदै गएको स्थानीयवासी बताउँछन् ।…
धनगढी: दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ । बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।