Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साताको शेयर कारोबारको दोश्रो दिन सोमबार पूँजी बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार परिसूचक (नेप्से) शुन्य दशमलब १३ अंकले घटेर एक हजार २५६ दशमलब ४० अंकमा पुगेर बजार बन्द भएको छ । आजको कारोबारमा बाणिज्य बैंक समूहको परिसूचक ७ दशमलब ०२ अंक, होटल १८ दशमलब ८४ अंक, जलबिधुत १० दशमलब २८ अंक, विकास बैंक ५ दशमलब १५ अंक, बित्त २ दशमलब ४४ अंक र अन्य समूहको परिसूचक २ दशमलब ४८ अंकले घटेको छ । यधपी, निर्जीवन बीमा समूहको परिसूचक २०३ दशमलब ४६ अंक, जीवन बीमा ११९ दशमलब ७३ अंक, उत्पादन २४ दशमलब ५१ अंक र लघुवित्त ५…
मोन्टेपुज, मोजाम्बिक (एएफपी): मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र भएको बताउनुभयो । रुबीबाट धनदौलत र पुरस्कार पाउनुको साटो यहाँका गाउँलेले उत्पीडन र हिंसामात्र होइन स्थानीय प्रशासनले रुबीको प्रलोभनमा खेतीपाती गर्नबाट स्थानीयबासीलाई रोकेको छ । रुबीको भण्डार रहेको एन्थोरो गाउँ सबैजसो लडाकू समूह (ग्याङ) को पहिलो निशानामा पर्ने गरेको छ । प्रहरीको समेत संलग्नतामा यो समूहले स्थानीयका घरहरु भत्काउनुका साथै मानिसहरुलाई त्यहाँबाट लखेट्न शक्तिको प्रयोग गरेको पाइएको छ । करिब १२ हजार घरपरिवार रहेको…
काठमाडौं: ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्स बीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ । उक्त सम्झौता पत्रमा ईजी एस्योरेन्सका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गर्ने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिने कम्पनीले जनाएको छ । ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत १,००,००० रुपैयाँको दुर्घटना बीमा अन्तरगत…
काठमाडौँ :नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारवाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ । ट्राफिक प्रहरीको मुख्य काम भनेकै…
काठमाडौँ :राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप छ खर्ब रुपैयाँ लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा तीन खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताए । प्राधिकरणले पुनःनिर्माणमा पहिलो वर्ष रु २२ अर्ब, दोस्रो वर्ष रु ४९ अर्ब र तेस्रो वर्ष रु एक खर्ब १४ अर्ब खर्च गरेको थियो । पुनःनिर्माणका लागि चालू आवमा रु एक खर्ब ५१ अर्ब विनियोजन गरिएको छ ।…
टोक्यो: एएफपी) जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन् । सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ, अर्थात् यो कूल जनसंख्याको २८.१ प्रतिशत हो । राष्ट्रसंघीय तथ्याङ्कका अनुसार, विश्वमै यो अनुपात सर्वाधिक बढी हो । इटालीमा यो अनुपात २३.३ प्रतिशत, पोर्चुगलमा २१.७ प्रतिशत र जर्मनीमा २१.७ प्रतिशत रहेको छ । सरकारी विवरणमा ७० वर्ष वा सोभन्दा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन्। घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन सक्दैन भने । उनले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको…
डडेल्धुरा : डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ । असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात गोठालाले पुतनाको शव दहन गरेको पण्डित कृष्णदत्त ओझाले बताए । द्वापर युगमा विशाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दूध चुसी मारेको र भगवान श्रीकृष्ण भने बाँचेको खुशियालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइने गरिएको बताइन्छ । भाद्र सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य…
काठमाडौँ: संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् । आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी (एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ । यई भन्ने स्थानमा तैनाथ नेपाली सेनाको कम्पनी अपरेटिङ वेशबाट दैनिकरुपमा पानी ढुवानी गर्न खटिएको टोलीमाथि फर्कने क्रममा गोली प्रहार हुँदा सैनिक जवान घाइते भएको बताइएको छ । ती घाइते सैनिकको नाम भने नेपाली सेनाले उल्लेख…
काठमाडौँ:सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको प्रति महाप्रवन्धक सुगतरत्न कंशाकारले असन्तुष्टि ब्यक्त गरेका छन् । कंशाकारले सामाजिक संजाल मार्फत सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउदै आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो ।