Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने नाममा निजी तथा कुनै पनि संघसंस्थाले एउटा बिरुवा रोपेर त्यसमाथि व्यापारिक बिज्ञापन राख्ने काम बन्द गर्न निर्देशन दिएको छ। सरकारले आगामी असोज ३ गते संविधान दिवस मनाउनका लागि कामपामा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको कार्यक्रम राखेको छ। मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले ५ फिटभन्दा कम उचाइका विरुवा नरोप्न, रोपिएका विरुवालाई रोप्ने व्यक्ति वा संस्थालाई नै हुर्काउने जिम्मा लिन र…
तनहुँ समाचारदाता बन्दीपुर: हास्य कलाकार बल्छी धु्रब्रे अर्थात मरिचमान श्रेष्ठ स्वदेश तथा विदेशमा हुने सास्कृति कार्यक्रम, मेला तथा महोत्सवमा भ्याई नभ्याई हुन्छ । हालै मात्रै अष्ट्रेलिया समाज गोरखाको नियन्त्रणमा अष्ट्रेलियमा प्रस्तुति दिएर आउनु भएका बल्छी ध्रुबेले बन्दीपुरमा आयोजना गरिएको तनहुँ पर्यटन तथा सास्कृति महोत्सव एवं बन्दीपुर भेटघाट कार्यक्रममा हस्याङ्य फस्याङ्ग गर्दै प्रस्तुति दिन आई पुगे । हतार पनि किन नहोस् अर्को ठाउँको निम्त्यो आईसकेको थियो बल्छी धु्रबेलाई । अब चाडपर्वको समयमा धेरै कार्यक्रम हुन्छन् यतीबेला चाड पर्व धेरै हुने भएकोले व्यस्तता बढेको बल्छी धु्रब्रे बताउनु हुन्छ । बन्दीपुरको कार्यक्रमा हास्यव्यङ्य प्रस्तुति दिई बल्छी ध्रुबेले दर्शक उचाले । विशेष गरी उनले…
काठमाडौँ: संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनीविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।
काठमाडौँ: प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो । कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ । त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ । कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३,…
काठमाडौँ: सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार न्यायपालिकामाथिको विश्वास अभिवृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । संसदीय सुनुवाइ विशेष समितिको आज बिहान बसेको बैठकमा आफ्ना विचार राख्दै मिश्रले आफु छोटो कार्यकालका लागि भएपनि न्यायालयको शाख अभिवृद्धि गर्नेमा आफ्नो प्रमुख ध्यान हुने बताए । ‘म लामो समय त अदालतमा रहन्न, तर जति समय रहन्छु, न्यायालयको शाख अभिवृद्धि गर्नु मेरो प्राथमिकता हुनेछ,’ मिश्रले भने । प्रधानन्यायाधीश भएमा मिश्र आगामी पुस १८ सम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् । “अदालतप्रति जनविश्वास अभिवृद्धि गर्न र भ्रष्टाचार रोक्न मेरो पूर्ण प्रयास हुनेछ,” उनले संसादहरुको प्रश्नको उत्तर दिंदै भने । आफूले १७ हजारभन्दा बढी…
काठमाडौं: द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा अदालतबाट सफाइ पाएका छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा भएका छन्। डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहाइपछि प्रतिक्रिया दिँदै पौडेलले लहडको भरमा उजुरी गर्नेलाई पछुतो हुने बताए। ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो बाेलकाे गीत उच्चारण गर्दै पौडेलले भने, ‘उहाँहरुलाई पछतो हुनेछ ।’
काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई नगरअर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ । नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ । इन्द्रजात्राको मुख्य दिन असोज ८ गते…
काठमाडौँ: बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामान गर्ने भएको छ । हिजो भएको माल्दिभ्स र श्रीलंकाबीच भएको समूह ‘बी’ को खेल बराबरीमा सकिएपछि सेमिफाइनलमा जानेको टोलिको छिनोफानो टस गरेर भाग्यको आधारमा निर्णय गर्दा माल्दिभ्सको भाग्यले साथ दियो र नेपालसंगको भेट तय भएको हो । यस्तो दोश्रो सेमिफाइनल खेल भने भारत र पाकिस्तानबीच हुनेछ। नेपालका लागि माल्दिभ्स पुरानो प्रतिद्वन्दी हो। सुरुवाती वर्षमा नेपालले माल्दिभ्सलाई सजिलै हराउने गरे पनि पछिल्लो समय भने माल्दिभ्स नेपालमाथि हावी छ। साफ च्याम्पियनसिपको इतिहाँसमा नेपालले अहिलसम्म माल्दिभ्सबिरुद्ध ६ पल्ट खेलेको मा कुनै पनि खेलमा जित निकाल्न सकेको छैन। त्यसमध्ये नेपाल…
काठमाडौँ: प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिब ४ देखि साढे ४ बजेतिर सन्दीपले घटनास्थलनजिकैको नहरमा साइकल देखेको बताए । त्यसपछि आमा जमुनाले होमवर्क गर्न छाडेर आफूहरूको पछि लागेको भन्दै छोरालाई हप्काइन् । धनाले नहरतिर हेरिन् । ‘साइकल पानीमा डुबेको अवस्थामा थियो, त्यसैले रङ त थाहा भएन । एकापट्टिको हेन्डिलको कालो भाग र आधा डुबेको सिटको कालो भागसम्म देखेकी हुँ । कसैले…
काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो। यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। ऋणको ब्याज बढाउन भने त्रैमास (तीन महिना) कुनुपर्नेछ। ‘नयाँ व्यवस्था ब्याजदर घटाउनका लागि मात्र हो। वृद्धिका लागि होइन’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘ब्याजदर बढाउनका लागि भने बैंक तथा वित्ती संस्थाले त्रैमास कुनुपर्नेछ।’ पछिल्लो समय वित्तीय प्रणलीमा तरलता(लगानीयोग्य रकम) सहज भए पनि बैंक तथा वित्तीय संस्थाले…