Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे ब्रिफिङ गरेको छानबिन समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन् । उनका अनुसार मन्त्रालयको ब्रिफिङ अनुसार १९ मध्ये २ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता भैसकेको पाइएको छ । ‘समस्याग्रस्त भनेर तोकिएका १९ मध्ये १७ वटा सहकारीको मात्रै अनुसन्धान गर्नुपर्ने देखियो दुईवटाले रकम फिर्ता गरेको बुझियो’, न्यौपानेले भनिन्, ‘ब्रिफिङका क्रममा कानुनी जटिलतालगायतका विषयमा पनि कुराकानी भयो ।’ बैठकमा सहकारी मन्त्री बलराम अधिकारी समेत सहभागी थिए । बैठकमा समितिका…
काठमाडौँ:सेयर कारोबारबाट प्राप्त आयमा ३९ प्रतिशत आयकर लगाउनुपर्ने सिफारिसले मंगलबारको बजार प्रभावित बनेको छ। विद्याधर मल्लिकको संयोजकत्वमा गठित करप्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर कारोबारबाट प्राप्त लाभमा लाग्दै आएको पुँजीगत लाभकर १० प्रतिशत पु¥याउनुपर्ने र व्यक्तिगत आयकरअनुरुप ३९ प्रतिशत कर लगाउन सरकारलाई सिफारिस गरेको थियो। लगानीकर्ताले हाल लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम मान्नुपर्ने माग गरिरहेका बखत व्यक्तिगत आयकर समेत लगाउन सिफारिस भएपछि त्यसको प्रत्यक्ष असर मंगलबारको धितोपत्र दोस्रो बजारमा देखिएको हो। मंगलबार १८.७६ अंकले नेप्से सूचक घट्दा लगानीकर्ताले ४ अर्ब ५ करोड रुपैयाँको मात्रै कारोबार गर्न पुगे। आइतबार मात्रै घटेको बजारमा पनि साढे ५ अर्बबराबरको कारोबार गरेका लगानीकर्ताले कर वृद्धिको…
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको जग्गा १५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । कोषले सम्झौताबमोजिम बस्ती स्थानान्तरण नगरेरै हटाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ८, तिलगंगाका स्थानीय दीपकप्रसाद गौतमले उक्त बस्तीका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको दाबी गरे । ‘पशुपति क्षेत्र विकास कोषको एकाग्रही तरिकाले १५ दिने सूचना भनेको छ, उसले ०७७ सालमा निकालेको सूचना ३५ दिने भनेर लागेको छ । त्यो बेलामा पनि हामी प्रतिनिधिसहित आउँदा कार्यान्वयन गर्छौं भनेको हो’, उनले भने, ‘यिनीहरु आफूले गरेको कुराहरु ०७१ सालदेखि विभिन्न…
काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशको पूर्वी क्षेत्रमा बाढीको जोखिम बढेको छ। पूर्वका कतिपय स्थानमा त बाढीले क्षतिसमेत पुर्याउन थालेको छ। यसैबीच आज (मंगलबार) पनि पूर्वी क्षेत्रका विभिन्न स्थानमा बाढी आउने सम्भावना रहेको उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। आज मेची, विरिङ, निन्दा, कन्काईलगायत झापा जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढी आउने सम्भावना छ। यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।
काठमाडौँ: काठमाडौँ उपत्यकामा मनसुनको प्रभाव सुरु भइसकेको छ। तर मौसम पूर्वानुमान महाशाखाले यसको औपचारिक घोषणा गरिसकेको छैन। अब निकट भविष्यमै यसको औपचारिक घोषणा गर्ने तयारी भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘काठमाडौँमा जारी वर्षामा स्थानीय वायुका साथै मनसुनको पनि प्रभाव मिसिएको छ’, उनले भनिन्, ‘मनसुन भित्रियो भन्नाका लागि यसको क्राइट एरिया फुलफिल हुनुपर्छ, हामी अध्ययन गरिरहेका छौँ, त्यो क्राइट एरिया पुग्न लागेको छ, सम्भवतः आज भोलि नै हामी काठमाडौँमा मनसुन प्रवेशको औपचारिक घोषणा गर्ने छौँ।’ गत जेठ २५ गते अर्थात् जुन १० तारिख कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन अहिलेसम्म अन्य प्रदेशमा फैलिएको औपचारिक घोषणा मौसम महाशाखाले गरेको छैन। तर…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा हुने आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्नुभएको हो । “स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धन गर्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ती राष्ट्रहरूलाई माथि उठाउने मात्र नभइ विश्वव्यापी स्थिरता…
काठमाडौँ: विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए । आकी विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् ।भेटमा मन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताए । विश्व…
नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति जुटेको छ। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो। छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी सहमति जुटेको हो। १५ दिनभित्र मागहरू पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द रहेका पेट्रोल पम्प खुल्ने जानकारी गराइएको छ। ७ बुँदे माग राखेर पेट्रोलियम ट्यांकर चालक संघका चालकहरू हड्तालमा उत्रिएका थिए। आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको माग राखेका थिए।
काठमाडौँ: नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात् निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण…
काठमाडौँ: विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ ।डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए ।उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ ।डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन् । नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र…