काठमाडौँ: बिहीबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेको छ । बुधबार ४०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार १६ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ रहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३५८ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४३ पैसामा कारोबार भइरहेको छ ।
