Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ । विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुघिजीवीहरुले सुझाव दिएका हुन् । भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव विजय केशव गोख्ले सहितका उच्च अधिकारी काठमाडौं आउँदैछन् । ‘नेपालको हितमा नरहेको कोशी उच्च बाँध…

Read More

काठमाडौँ: निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धन गर्नुपर्छ भनेर प्रहरीलाई कसैे भनिराख्नुपर्ने विषय होईन । तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् । साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो ।, बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भुमिका देखेर हामीले आन्दोलन गरेका हौँ, स्थानीय उर्मिला शाहीले भनिन् । एक महिना लामोे आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाईते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक विष्ट…

Read More

काठमाडौँ: के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र वेरोजगार सहायता संघीय कानूनबमोजिम हुनेछ । यस्तै उपधारा (२) मा लेखिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको यो विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा…

Read More

काठमाडौँ: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक ) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ । पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो । राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ ।…

Read More

धनगढी: कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीलीप चन्दका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका…

Read More

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् । उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट पारे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु पाँच करोड बजेट छुट्याइसकेको जानकारी दिँदै प्रदेश गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर अति महत्वका साथका साथ निर्माण अगाडि बढाइने बताए । पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँंग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम…

Read More

काठमाडौँ: चौंथो विम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले सम्पूर्ण निजी तथा सामुदायिक बिद्यालयहरुलाई काठमाडौँ उपत्यकाभर विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । यसबारे सरकारले सार्वजनिक रुपमा नभने पनि गृहले मातहतका मन्त्रलाय अर्थात शिक्षा मन्त्रालयलाई सम्पूर्ण बिद्यालयहरुमा यस बारेको निर्णय परिपत्र गर्न निर्देशन भैसकेको गृह प्रवक्ता तथा सह सचिव रामकृष्ण सुबेदीले जानकारी दिए । सम्मेलनको मुख्य दिन भदौ १४ र १५ गते सम्पूर्ण निजी तथा सामुदायिक बिद्यालयहरु बन्द रहने प्राय निश्चित छ, सुवेदीले भने । यसो गर्नुका कारण सडकमा गुड्ने सवारीको चाप न्यूनीकरण हो भन्नु नै हो, सुवेदीले भने । तर त्यस दिन सार्वजनिक विदाको हकमा भने अहिलेसम्म निर्णय नभएको उनले…

Read More

रसुवा: गोसाईँकुण्ड जाँदा लेक लागेर बिरामी परेका आठ यात्रुलाई नेपाली सेनाले बोकेर उद्धार गरेको छ । गोसार्इँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमका अनुसार लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणले उद्धार गरेको हो । लेक लागेर यात्रुहरु विरामी परेपछि आपत्कालीन अवस्था पार गर्न चिकित्सकको सुझावमा बोकेर बेँसीतर्फ ल्याएको र केही यात्रुलाई लौरी विनायकदेखि धुञ्चेसम्म नै सेनाले बोकेर पु¥याएको बताइएको छ । नेपाली सेनाको मेडिकल समूहले चोलाङ पाटी र चन्दनबारीमा स्थापना गरेको स्वास्थ्य शिविरबाट चार हजार १८४ जनालाई उपचार सेवा प्रदान गरेको छ । २० वर्षदेखि गोसार्इँकु्ण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हिमालय उद्धार सङ्घले ६० जना गम्भीरखालका…

Read More

पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताएका छन्। भू तथा जलाधार व्यवस्थापन कार्यालयको आज पर्वतमा उद्घाटन गर्दै उनले भने, ‘‘सङ्घीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अवरोध गरिरहेको छ ।’’ सङ्घीय सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण काम गर्न समस्या भएको समेत मन्त्री लम्सालले बताए । उनले भने , ‘‘जनतालाई केही भएन भनेर निराश बनाउने काम भैरहेको छ, ‘अब कामले गति लिन्छ । हामी मनोबल उठाउने काम गर्छौ ।’’ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले स्थानीय…

Read More

विराटनगर: श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । रथ यात्रा भव्यतापूर्ण सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । अध्यक्ष ओझाले विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट यही भदौ ं१८ गते निकालिने रथयात्राले शहरको विभिन्न भाग हँुदैे सात किलोमिटर परिक्रमा गरी पुनः मन्दिर परिसरमा आएर रथयात्रा विसर्जन हुनेछ । रथयात्रा सञ्चालनका लागि मुख्य मार्गको ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । रथयात्रा समारोह समितिका अनुसार भदौ…

Read More