Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्रियासमेत शुुरु गरिसकेको छ । देशकै ऐनाका रुपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको धावनमार्ग एक वर्षभित्र पूर्णरुपमा मर्मत (कालोपत्र) गर्ने कार्य एक नम्बर प्राथमिकतामा राखिएको बताउनुभएको…
काठमाडौँ :नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको सो आयोजनामा नबिल बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले ऋण लगानीसम्बन्धी सम्झौता गरेका हुन् । सम्झौतापत्रमा त्रिशूली जलविद्युत् कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नबिलका कर्पोरेट…
काठमाडौँ: सरकारले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज संचालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। शिक्षा मन्त्रालयले डा गोविन्द केसीसित भएको सहमतिबमोजिम कार्यदल गठन गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्षक प्रा. डा श्रीकृष्ण गिरीको संयोजकत्वमा गठन गरेको कार्यदलमा डा केसीका प्रतिनिधि डा जीवन क्षेत्री र प्रा डा केदार बराल सदस्य छन् । कर्णाली प्रदेश सरकार, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधिसमेत कार्यदलमा सदस्य रहनेछन् । यी तिनै निकायले प्रतिनिधि तोकेपछि कार्यदलले पूर्णता पाउनेछ । यसलाई तीन महिनाको म्याद दिइएको छ । डा केसीको पछिल्लो अनशनका क्रममा कर्णाली स्वास्थ्य…
काठमाडौँ: नेपालको विजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ ! यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत पसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित विजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थामा परिणत हुन धेरै बर्ष लाग्ने छैन । विमस्टेकअन्र्तगत निर्माण भनिएको क्षत्रिय प्रसारण लाईनमार्फत थाईल्यान्डसमम पुगेको विजुली आसिएन पावरग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ । हाल आसियाना पावरग्रिडमार्फत लाओस्, म्यानामारमा उत्पादित विजुली थाईल्यान्ड, मलेसिया र सिंगापुरसम्म आपुर्ति भईरहेको छ ।,यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
काठमाडौँ: रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदनले यस्तो अनुमान गरेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । प्रतिवेदनका आधारमा रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने देखिएको छ । प्रतिवेदनले रसुवागढी–काठमाडौं ७२.२५ किमि रेलमार्गमध्ये ९८ दशमलव ५ प्रतिशत पुल र सुरुङ रेलमार्गको हिस्सा हुने देखाएको छ । करिब ९ वर्षमा निर्माण सम्पन्न गर्न सकिने उक्त रेलमार्गका लागि वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने उनको भनाइ छ । रेलमार्गबारे विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न गत वैशाखमा चिनियाँसँग सम्झौता भएको थियो ।…
काठमाडौँ: वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए । टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो । नपाएपछि नियन्त्रणमा लियो । लगत्तै ब्यापारी भेला भए र विरोध गर्न थाले । त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए । तरकारी विग्रिन्छ, खुला गरिदिनुस भन्दै व्यवासयी भेला भए, टोलीका संयोजक दीपक पोखरेलले भने, कारवाही अघि बढाउँछौँ भन्दा नाराजुलुस गरे । व्यापारीहरुले अनुगमन गर्न पाइँदैन सरकारी ोली मुर्दाबाद भन्दै नारा लगाएका थिए ।, आजको कान्तिपुर दैनिकले यो खबर लाई मुख्य खबर बनाएको छ ।
काठमाडौँ: प्राइमलाइफ इन्स्योरेन्स र एनआई सी एशिया बैंकबीच बैंकासोरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनआई सी एशिया बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेको कम्पनीबाट जारी विज्ञप्तीमा जनाएको छ । उक्त सम्झौता पश्चात प्राइमलाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु एनआई सी एशिया बैंक को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने छन् । हाल प्राइमलाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्व ७८ करोड रुपैयाँ, जिवन बीमा कोष ६ अर्व ५३ करोड, कुल प्रिमियम १२ अर्व १९ करोड रुपैयाँ छ । देशभरका १३५ स्थानवाट सेवाप्रदान गरिरहेको कम्पनीले जनाएको…
काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले आज तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए । पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् । बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल,…
काठमाडौँ: रहस्यमयी तरिकाले फ्रान्सका लागि नेपालका पूर्वरादूत केशवराज झाको हत्या प्रकरणमा शंकास्पद देखिएका तीन जनालाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको छ। घटनाको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखा झाको हत्या अनुशन्धान गरिरहेको छ । झाको घरमा पछिल्लो १० वर्षभन्दा बढी समयदेखि कार्यरत कामदार सेतु तामाङ र अन्य दुई जना फुलबारीको काम गर्ने मालीलाई नियन्त्रणमा लिएर अनुसन्धन अगाडि बढाएको परिसर प्रमुख बसन्त लामाले जनाएको छ। लामाका अनुसार थप अनुसन्धानका लागि तीनजना कामदारलाई नियन्त्रणमा लिएको छ ‘शंका लागेर नियन्त्रणमा लिएका छौं, सोधपुछ भइरहेको छ।’ पूर्वराजदूत झाको बबरमहलस्थित कुरियागाउ घरमा सोमबार बिहान रक्ताम्य अवस्थामा शब भेटिएको थियो। श्रीमती र कामदार सेतुसँग बस्दै…
चितवन: सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् । उनीहरुले प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते…